मुख्य समाचार

एसईईको नतिजा आज सार्वजनिक हुँदै; कसरी हेर्ने नतिजा ?

एसईईको नतिजा आज सार्वजनिक हुँदै; कसरी हेर्ने नतिजा ?

रासस २१ असार, भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज सार्वजनिक गर्ने भएको छ । बोर्डले नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुर्‍याएको र आज साँझसम्म नतिजा सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ । परीक्षा नियन्त्रणा कार्यालय कक्षा १० का परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले उत्तरपुस्तिका परीक्षणको काम सकिएपछि प्राविधिक काम पनि करिब सम्पन्न भइसकेको, नम्बर कम्प्युटरमा चढाउने, सम्परीक्षण गर्ने, रुजु गर्नेलगायतका प्राविधिक कार्य भइसकेको जानकारी दिए । उनले भने, ‘एसईईको नतिजा आज साँझसम्ममा सार्वजनिक गर्ने अन्तिम तयारीमा पुगेका छौँ, प्राविधिक समस्या नआए आजै नतिजा सार्वजनिक हुन्छ । प्राविधिक समस्या आए मात्रै भोलि पुग्ने हो…
पुरा पढ्नुहाेस्
पाटेबाघको छाला र हड्डीसहित कोहलपुरबाट चार जना पक्राउ

पाटेबाघको छाला र हड्डीसहित कोहलपुरबाट चार जना पक्राउ

२१ असार, बाँके। पाटेबाघको छाला र हड्डीसहित बाँकेको कोहलपुर बाट चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दैलेखको भगवतीमाई गाउँपालिका-५ का ३३ वर्षीय प्रवीणकुमार केसी, दैलेखकै ठाँटीकाँध गाउँपालिका-४ का ३० वर्षीय सुनिल चुनारा, अछामको पञ्चदेवल गाउँपालिका-२ का ३६ वर्षीय लोकेन्द्र शाही र जाजरकोटको बारकोट गाउँपालिका-३ का ५२ वर्षीय कर्णबहादुर रोकाय  रहेका इलाका प्रहरी कार्यालय कोहलपुर ले जनाएको छ । उनीहरुलाई प्रहरीको लुम्बिनी प्रदेश अनुसन्धान ब्यूरो र इलाका प्रहरी कार्यालय कोहलपुरको टोलीले कोहलपुर-११ हाम्रो बजारबाट पाटेबाघको एक थान छाला र छ किलो ८१८ ग्राम हड्डीसहित पक्राउ गरेको हो । उक्त छाला र हड्डी वयस्क पोथी बाघको रहेको डिभिजन वन कार्यालय…
पुरा पढ्नुहाेस्
राष्ट्रियसभा बैठक आज दिउँसो १ बजे बस्दै

राष्ट्रियसभा बैठक आज दिउँसो १ बजे बस्दै

काठमाडौँ । राष्ट्रियसभा बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ । यसअघि हिजो दिउँसो २ः३० बजे बोलाइएको बैठक आधा घण्टा स्थगित गरी ३ः०० बजेलाई बोलाइएको थियो । तर, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा नदिएसम्म संसद् चल्न नदिने प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले अडान कायम राखेका कारण  बैठक पनि सञ्चालन हुन नसकेपछि आजका लागि बैठक बोलाइएको हो । भारतले नेपालको प्रधानमन्त्री बनाउने आशयको अभिव्यक्ति दिएको भन्दै प्रतिपक्षी दलहरूले सदन अवरुद्ध गरेका थिए । उनीहरुले प्रधानमन्त्रीले राजीनामा नदिएसम्म सदन चल्न नदिने अडान राखेका छन् ।
पुरा पढ्नुहाेस्

मौसम पूर्वानुमान; सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । जसको प्रभनवले हाल देशभर  सामान्य देखि पूर्ण बदली रही अधिकांश प्रदेशमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।  साथै कोशी र सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।  कोशी  र मधेस प्रदेशका तराईका थोरै स्थानहरूमा हावा हुरीको समेत सम्भावना रहेको छ। आज राति भने देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी,…
पुरा पढ्नुहाेस्

कैलालीको जोशिपुरमा ४५ दिने आधारभुत बारबर अपग्रेड  तालिम सम्पन्न

बौनिया । कैलालीको जोशिपुर गाउँपालिकामा ४५ दिने आधारभुत बारबर अपग्रेड  तालिम  आज सम्पन्न  भएको छ । व्यावसायिक तथा सीप विकास तालीम केन्द्रको आयोजना र जोशीपुर गाउँपालिकाको सहकार्यमा २०८० जेठ १  देखि सुरु भएको उक्त तालीम असार १५ गते सम्म सञ्चालन भएको थियो । उक्त तालिमको आज एक कार्यक्रमका विच समापन गरिएको हो । जोशिपुर गाउँपालिकाका अध्यक्ष चित्र बहादुर चौधरीको सभाध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अथिती सुदुरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मान्त्रलायका उप-सचिव गणेश बहादुर सिह रहेका थिए । यस्तै विशिष्ट अतिथी सीप विकास केन्द्रका प्रमुख भुवन पन्त, जोशीपुर गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत  मर्शाल पन्त, प्रशासन सहायक अधिकृत मीन राज कठरिया रहेका थिए ।  अबिनाश…
पुरा पढ्नुहाेस्
बढ्यो मदिराजन्य वस्तुको उत्पादक देखि बिक्रेताको इजाजतपत्र र लाइसेन्स नवीकरणको दस्तुर 

बढ्यो मदिराजन्य वस्तुको उत्पादक देखि बिक्रेताको इजाजतपत्र र लाइसेन्स नवीकरणको दस्तुर 

काठमाडौ । सरकारले आर्थिक मदिरा र सूर्तीजन्य वस्तुको उत्पादक, वितरक तथा बिक्रेताको इजाजतपत्र (लाइसेन्स) र नवीकरण दस्तुर बढाएको छ । आर्थिक विधेयक २०८० मार्फत अन्तःशुल्क नियमावली, २०७९ मा भएको संशोधन तथा परिमार्जनबारे आन्तरिक राजस्व विभागले शुक्रबार सार्वजनिक गरेको विवरणअनुसार स्प्रिट, बियर, इथानोल र अन्य मरिदा उत्पादन गर्ने प्रतिष्ठानको लाइसेन्स र नवीकरण दस्तुर रू ५५ हजारले बढेको हो । यसअघि यस्तो शुल्क रू एक लाख ९५ हजार बराबर रहेकामा त्यसलाई बढाएर रू दुई लाख ५० हजार पुर्‍याइएको छ । यस्तै वाइन, ब्रान्डीजस्ता फलफूलमा आधारित मदिरा बनाउने प्रतिष्ठानको लाइसेन्स र नवीकरण शुल्क रू चार हजारले बढाएर रू एक लाख पुर्‍याइएको छ ।…
पुरा पढ्नुहाेस्
एसईई काे नतिजा पुरानै ग्रेडिङ पद्धति अनुसार सार्वजनिक हुने

एसईई काे नतिजा पुरानै ग्रेडिङ पद्धति अनुसार सार्वजनिक हुने

काठमाडौँ । माध्यमिक शिक्षा परिक्षा कक्षा १० को नतिजा पुरानै ग्रेडिङ पद्धति अनुसार सार्वजनिक गरिने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले गत वर्ष अनुसार नै यस वर्ष पनि नतिजा सार्वजनिक गर्ने निर्णय गरेको हो। बोर्डले यस पटकका लागि पुरानो निर्देशिकाअनुसार नतिजा सार्वजनिक गर्ने निर्णय गरेको राष्ट्रिय परीक्षा बोर्डले जानकारी दिएको छ । बोर्डले २०७९ को कक्षा १० को नतिजा शुक्रबारभित्रमा सार्वजनिक गर्ने तयारी गरेको छ। लेटर ग्रेडिङ अनुसार सबै विषयमा ३५ प्रतिशत नतिजा नआउने विद्यार्थीको नन ग्रेडेड हुने भन्ने छ। तर, बोर्डले यो वर्ष उक्त निर्णय कार्यान्वयन नगर्ने भएको हो।
पुरा पढ्नुहाेस्
नव बालबाटिका बिद्या मन्दिरका विद्यार्थीले मनाए भव्य रुपमा गुरु पुर्णिामा

नव बालबाटिका बिद्या मन्दिरका विद्यार्थीले मनाए भव्य रुपमा गुरु पुर्णिामा

बर्दगोरिया । आज गुरु पूर्णिमा पर्व । बर्दगोरिया गाउँपालिका वडा नम्बर २ स्थित नव बालबाटिका बिद्या मन्दिर एक औपचारिक कार्यक्रमको आयोजना गर्दै शुभकामना आदानप्रदान गरि मनाएको छ । नव बालबाटिका बिद्या मन्दिरका विद्यार्थी रोहन साउदको अध्यक्षतामा उक्त गुरु पुर्णिामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अतिथि बर्दगोरिया गाउँपालिका शिक्षा शाखा प्रमुख नन्दा कुमारी भट्ट रहनु भएको थियो । यस्तै विशिष्ट अतिथि बिधालयका सस्थापक प्रमोद मल्ल रहनु भएको थियो । कार्यक्रममा प्रमुख अतिथिको आसन बाट बोल्दै शिक्षा शाखा प्रमुख नन्दा कुमारी भट्टले गुरु पुर्णिामा को अवसर पारी शिक्षक तथा गुरु प्रति विध्यार्थिहरुले गरेको सम्मान प्रति आफु खुसी भएको बताउनु भयो…
पुरा पढ्नुहाेस्
बर्दगोरिया गाउँपालिका पूर्ण खोप सुनिश्चितता पालिका घोषित

बर्दगोरिया गाउँपालिका पूर्ण खोप सुनिश्चितता पालिका घोषित

१७, असार २०८० । बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको छ । खोप लगाउने उमेर समूहका सबै बालबालिकाले खोप लगाएको सुनिश्चित भएपछि पालिकालाई पूर्ण खोपयुक्त पालिका सुनिश्चितता घोषणा गरिएको हो । स्थानीय स्वामित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता-हाम्रो प्रतिबद्धता भन्ने मुल नाराका साथ बर्दगोरिया गाउँपालिका खोप समन्वय समितिले आइतबार सरोकारवाला निकायको उपस्थितिमा एक कार्यक्रमको आयोजना गर्दै पुर्ण खोप सुनिश्चितता पालिका घोषणा गरेको हो । गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवरकाे अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि स्वास्थ्य कार्यालय कैलाली प्रमुख लाल बहादुर धामी रहेका थिए। कार्यक्रममा प्रमुख अतिथिको आसन बाट बोल्दै धामीले यस वर्ष पुर्ण खोप अन्तरगत…
पुरा पढ्नुहाेस्
कैलालीको बर्दगोरियामा भुमिहीनहरुलाई जग्गा धनी पुर्जा वितरण कार्यको शुभारम्भ

कैलालीको बर्दगोरियामा भुमिहीनहरुलाई जग्गा धनी पुर्जा वितरण कार्यको शुभारम्भ

बर्दगोरिया । कैलाली जिल्लाको बर्दगोरिया गाउपालिका वडा नम्बर ३ बाट भूमिहीन दलित, भुमिहिन सुकुम्बासीलाई जग्गाधनी लालपुर्जा वितरण कार्य सुरु भएको छ । शनिवार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रन्जिता श्रेष्ठ, कैलाली भुमी आयोगका अध्यक्ष यज्ञराज उपाध्याय ,प्रतिनिधि सभा सदस्य अरुण चौधरी ,प्रदेश सभा सदस्य रामेश्वर चौधरी र बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवरले वडा नम्बर ३ का ३ जना भुमिहिन दलित र २ जना भुमिहिन सुकुम्बासीलाई जग्गा धनी लालपुर्जा बितरण गर्नु भएको हो । कार्यक्रममा बोल्दै मन्त्री रन्जिता श्रेष्ठले आगामी ६ महिना भित्र कैलाली जिल्लामा नाप नक्साको काम सक्ने गरि अगाडी बढ्न जिल्ला भुमी आयोगलाई निर्देशन दिनुभएको छ ।…
पुरा पढ्नुहाेस्