किन फरक छ तराई र पहाडको होली ?
काठमाडौँ । नेपाल विविधता साँस्कृतिले भरीएको देश हो । यहाँ भूगोल, जात, धर्म, समुदायका अनुसार फरक–फरक सँस्कृति पाइन्छ । यसमध्ये होली पर्व पनि हो, जुन देशैभरि मनाइन्छ । तर, पहाडमा एकदिन अघि र तराईमा एकदिन पछि मनाउने गरिन्छ । कतिपय यस्ता पर्वहरू छन् जुन फरक भुगोल, जात, धर्म, समुदायका भएपनि साझा रुपमा एकै दिन मनाइन्छ । जस्तै–दशैं, तिहार, छठ, रक्षाबन्धन, तीजलगायतका पर्वहरु हिमाल, पहाड तराईमा एकै दिन मनाइन्छ । तर, होलीचाहिँ देशैभरि मनाइने पर्व भएपनि तराई र पहाडमा फरक–फरक दिन मनाउने गरिन्छ । तराई र पहाडमा फरक–फरक दिनमा मनाइने होलीका आ–आफ्नै दन्त्यकथा, मान्यता एवं परम्परा छन् । ‘विष्णुपुराण’ अनुसार, ‘दैत्यराज’…

















