अन्तर्राष्ट्रिय

भारतको केरलामा पर्यटकहरु चढेको डुंगा दुर्घटना

२५ वैशाख, काठमाडौं । भारतको केरलामा पर्यटकहरु चढेको डुंगा दुर्घटना भएको छ । दुर्घटना बाट २१ जनाको मृत्यु भएको छ । मलमपुरम जिल्लाको तानुर इलाकामा थुवलथिरम समुद्री तट नजिक गएराति डुंगा दुर्घटना भएको हो । सो डुंगामा ४० जना सवार थिए । मृत्यु हुनेमा धेरैजसो बालबालिकाहरु छन् । छुट्टीमा घुम्न आएकाहरु दुर्घटनामा परेको र दुर्घटनास्थलबाट २१ वटा शव बाहिर निकालिएको समाचार स्रोतमा उल्लेख छ । दुर्घटनास्थलमा गएरातिदेखि आज बिहानसम्म पनि खोज तथा उद्धार कार्य जारी छ । प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह र केरलाका मुख्यमन्त्री पिनराई विजयनले घटनाप्रति दुःख व्यक्त गरेका छन् । साथै सरकारले मृतकका परिवारलाई दुई लाख…
पुरा पढ्नुहाेस्
वैदेशिक रोजगारीमा गएका थप १४७९ जनाले गुमाए अकालमै ज्यान

वैदेशिक रोजगारीमा गएका थप १४७९ जनाले गुमाए अकालमै ज्यान

काठमाडौं । रोजगारीमा गएका थप १४७९ जनाले ज्यान गुमाएका छन् । गत आर्थिक वर्ष २०७८–७९ मा वैदेशिक रोजगारीका लागि विभिन्न देश पुगेका १४७९ जनाले आफ्नो अकालमै ज्यान गुमाएका छन् । बिरामी, आत्महत्या, सडक दुर्घटना लगायतका कारणबाट उनीहरूको ज्यान गएको मानव अधिकार आयोगले जनाएको छ । आयोगको तथ्यांकअनुसार मलेसिया र खाडी मुलुकमा अधिक नेपालीको मृत्यु हुने गरेको पाइएको छ । यी मुलुकमा मृत्युदर झण्डै ७५ प्रतिशतको हाराहारी रहेको तथ्यांकमा उल्लेख छ । कुल संख्यामध्ये वैदेशिक रोजगारीमा गएका १०५ जनाले आत्महत्या गरेकोसमेत तथ्यांकमा उल्लेख छ । –न्युज कारखाना
पुरा पढ्नुहाेस्
डुंगा पल्टिदा पाकिस्तानमा ७ जनाको मृत्यु, १३ जना बेपत्ता

डुंगा पल्टिदा पाकिस्तानमा ७ जनाको मृत्यु, १३ जना बेपत्ता

१४, भाद्र २०७९ काठमाडौं । पाकिस्तानमा डुंगा पल्टिदा ७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा महिला र बालबालिका रहेका छन । यस्तै दक्षिणी सिन्ध प्रान्तमा भएको उक्त दुर्घटनामा अन्य १३ जना बेपत्ता भएका छन् । उक्त डुंगा सिन्धु नदी हुँदै प्रान्तको सेहवान सरिफ क्षेत्रमा पल्टिएको थियो । डुंगामा करिब दुई दर्जन यात्रु सवार रहेको प्राप्त विवरणहरूमा जनाइएको छ । उद्धारकर्ताहरूले महिला र बालबालिका गरि ७ जनाको शव फेला पारेका थिए । नदीमा बेपत्ता भएका अन्यको खोजी भइरहेछ । यसैबीच, पाकिस्तानमा पछिल्लो समयमा आएको बाढीले लाखौँ मानिस विस्थापित भएका छन् । बाढीपछि सरकारले आपत्काल घोषणा गरेको छ ।
पुरा पढ्नुहाेस्
भारतको हिमाचल प्रदेशमा भारी वर्षा, बाढी र पहिरोमा परी २२ जनाको मृत्यु

भारतको हिमाचल प्रदेशमा भारी वर्षा, बाढी र पहिरोमा परी २२ जनाको मृत्यु

काठमाडौं । भारतको हिमाचल प्रदेशमा भारी वर्षाका कारण आएको बाढी र पहिरोमा परी २२ जनाको मृत्यु भएको छ। सबैभन्दा बढी मण्डी जिल्लामा १३ जनाको मृत्यु भएको छ। राज्यमा मनाली–चण्डिगढ राष्ट्रिय राजमार्गसहित ७४३ सडक बन्द भएका छन्। शिमला–चण्डीगढ राजमार्ग शोगी नजिक बन्द भएको छ। बाढीका कारण पछिल्लो २४ घण्टामा २२ जनाको मृत्यु भएको राज्य विपद् व्यवस्थापन प्राधिकरणले जनाएको छ। नौ जना घाइते भएका छन् भने ६ जना बेपत्ता छन्। मण्डीका उपायुक्तले जिल्लामा १३ जनाको मृत्यु भएको र पाँच जना बेपत्ता रहेको बताए। समाचार एजेन्सी एएनआईका अनुसार हिमाचल प्रदेशका मुख्यमन्त्री जयराम ठाकुरले मृतकका परिवारलाई सरकारका तर्फबाट क्षतिपूर्ति दिने घोषणा गरेका छन्। #बीबीसी…
पुरा पढ्नुहाेस्