अपराध खबर

भारतको महाराष्ट्रमा नेपालीले गरे आफ्नै साथीको बीभत्स हत्या

भारतको महाराष्ट्रमा नेपालीले गरे आफ्नै साथीको बीभत्स हत्या

कैलाली । भारतको महाराष्ट्रको आलिबागमा लम्कीचुहा नगरपालिका ६ बावनपुर घर भएका १८ वर्षिय कमल बिकको बावनपुरमै बस्ने उनका साथीहरु मिलेर पुस २६ गते हत्या गरेका छन् । छोराको बीभत्स तरिकाले हत्या गरेको भन्दै आमा पार्वती कामीले बावनपुरमा घरभई आलिबागमा बस्ने सागर बिक, टोपु बिक, मनोज बिक र सन्तोष बादीको नाममा किटानी जाहेरी सहित माघ १ गते भारतको महाराष्ट्र राईगढ जिल्ला आलिबाग ठाना प्रहरीमा उजुरी दिएकीछन् । हत्यामा संलग्न टोपु बिक र मनोज बिक २ जना सहोदर भाई हुन् । छोराको हत्या भएको खबर सुनेपछि पुस २७ गते नेपालबाट आफू भारत आएको र छोराको हत्या नै भएको पुष्टि भएपछि किटानी जाहेरी…
पुरा पढ्नुहाेस्
कैलालीको जोशीपुरमा हँसिया प्रहार: एक जनाको मृत्यु, एक घाइते

कैलालीको जोशीपुरमा हँसिया प्रहार: एक जनाको मृत्यु, एक घाइते

कैलाली । कैलालीको जोशीपुर गाउँपालिकामा हँसिया प्रहारबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गाउँपालिका वडा नम्बर ६ का ३३ वर्षीय पदमराज भण्डारी रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनको भिनाजु नाता पर्ने स्थानीय ५० बर्षीय गौरीलाल ढुङगानाको हँसिया प्रहारबाट मृत्यु भएको हो । यस्तै अर्का एक जना गम्भीर घाइते भएका छन्। गम्भीर घाइते हुनेमा अर्का साला ४० बर्षीय जयराज भण्डारी रहेको प्रहरीले जनाएको छ । उनलाई उपचारका लागि कोहरलपुर रिफर गरिएको छ। मंगलबार राति करिब ९ बजे भएको घटना पछि आरोपित ढुङगाना फरार छन। उनको खोजीका लागि प्रहरी परिचालन गरिएको छ।
पुरा पढ्नुहाेस्
प्रदेश सभा सदस्यका उम्मेदवार साउदले गरे मतदान

प्रदेश सभा सदस्यका उम्मेदवार साउदले गरे मतदान

बर्दगोरिया । कैलाली निर्वाचन क्षेत्र नम्बर २ (ख) का प्रदेश सभा सदस्य उम्मेदवार नन्द बहादुर साउद (राजेन्द्र ) ले बिहान ७:१५ बजे पहिलो मतदान गरेका छन । उनले बर्दगोरिया गाउँपालिका वडा नम्बर १ को बथ 'ग' बाट पहिलो मतदान गरेका हुन । देशभर आइतबार सुरु भएको प्रतिनिधि तथा प्रदेश सभा सदस्य पदको निर्वाचनमा प्रदेश सभा सदस्य पदका उम्मेदवार साउदले सर्वप्रथम भोट खसालेका हुन । मतदान केन्द्रमा उत्साहप्रदरुपमा मतदाता सहभागी छन् । बिहान ७ बजे देखि शुरु भएको मतदान प्रक्रिया आझ ५ बजे सम्म रहनेछ । प्रदेश सभा सदस्य पदका उम्मेदवार साउदले मतदान शान्ति पुर्ण भइरहेको र थप शान्ति पुर्ण तरिकाले…
पुरा पढ्नुहाेस्
कैलालीमा लागूऔषधसहित एक जना पक्राउ

कैलालीमा लागूऔषधसहित एक जना पक्राउ

काठमाडौं । कैलालीमा लागूऔषधसहित एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा टीकापुर नगरपालिका–८ वस्ने २० वर्षीय सञ्जय लुहार रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनी १४४ ट्याबलेट नाईट्रोभेट सहित पक्राउ परेका हुन । प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरीले मोहना नदी तरी भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पुरा पढ्नुहाेस्
बर्दगोरियाका एक युवक हतकडीसहित फरार

बर्दगोरियाका एक युवक हतकडीसहित फरार

कैलाली । कैलालीमा औषधसहित पक्राउ परेका एक युवक हतकडीसहित  भागेका छन् । ईलाका प्रहरी कार्यालय सडकपुरबाट साेमबार लागु औषध सहित पक्राउ परेका बर्दगाेरिया गाउँपालिका-२ का अन्दाजी २८ वर्षीय जुगराम चाैधरी हतगडीसहित भागेकाे जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार ईलाका प्रहरी कार्यालय सडकपुर बौनियाले उनलाई लागुऔषध सहित पक्राउ गरेको थियो । पक्राउ परेका उनलाई ईलाका प्रहरी कार्यालय बौनिया ल्याउने क्रममा उनी हतगडीसहित राति करिब साढे १० बजेतिर भागेर फरार भएका हुन । फरार भएका उनको उनको खोजी कार्य भइरहेकाे प्रहरीले जनाएको छ ।
पुरा पढ्नुहाेस्
दलित भनेर अपमान गर्दै ज्यान मार्ने धम्की दिनेलाई कारबाहीको माग, विज्ञप्ति सहित

दलित भनेर अपमान गर्दै ज्यान मार्ने धम्की दिनेलाई कारबाहीको माग, विज्ञप्ति सहित

२७, भाद्र २०७९, कैलाली । दलित भनेर अपमान गर्दै ज्यान मार्ने धम्की दिने भुपेन्द्र बहादुर सिंहलाई नेपाल दलित मुक्ति मोर्चाले कारबाहीको माग गरेको छ । बझाङ जिल्ला खप्तड छान्ना गाउँपालिका घर भएका सिंहले सोही गाउँपालिकामा बस्ने टंक आर्गि लाई दलित भन्दै अपमानजनक गाली बेइज्जत गर्दै ज्यान मार्ने धम्की दिएकोले कारबाहीको माग गरेको हो । दलित मुक्ति मोर्चा सुदूरपश्चिम प्रदेश कमिटी संयोजक बिनिता बिकले भदौ २७ गते प्रेस विज्ञप्ति जारी गर्दै जातीय भेदभाव तथा छुवाछूत जन्य अश्लिल गालीगलोज गर्दै फोन मार्फत ज्यान मार्ने धम्की दिएको घटना प्रति कडा आपत्ति जनाउदै तत्काल पक्राउ गरि कानुन बमोजिम कारबाही गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गरेको…
पुरा पढ्नुहाेस्
मिटरब्याजीविरुद्ध १९३७ वटा उजुरी दर्ता, कुन प्रदेशमा कति ?

मिटरब्याजीविरुद्ध १९३७ वटा उजुरी दर्ता, कुन प्रदेशमा कति ?

काठमाडौं । देशभर मिटरब्याजीविरुद्ध १ हजार ९ सय ३७ वटा उजुरी परेका छन । देशभरका स्थानीय प्रशासनमा १९ सय ३७ वटा उजुरी परेको छ । गृह मन्त्रालयले मिटर ब्याजबारे छानविन र कारबाही गर्न गठन गरेको कार्यदलले भदौ ५ भित्र उजुरी दिन आग्रह गरेको थियो । मन्त्रालयको उक्त आह्वानपछि देशभरका स्थानीय प्रशासनमा १९ सय ३७ वटा उजुरी परेका हुन । गत साउन २८ मा गठित कार्यदलमा प्रहरीका एसएसपी दिनेश आचार्य, उपसचिव श्रीकृष्ण पौडेल, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी कृष्ण कोइराला र राष्ट्रिय अनुसन्धान विभागका उप–अनुसन्धान निर्देशक मुकुन्द मरहठ्ठा सदस्य छन् । कुन प्रदेश मा कति उजुरी दर्ता भए ? मिटरब्याजबाट…
पुरा पढ्नुहाेस्
कैलालीको लम्कीचुहामा नावालिका माथी जवरजस्ती गरेको आरोपमा एक वृद्ध पक्राउ

कैलालीको लम्कीचुहामा नावालिका माथी जवरजस्ती गरेको आरोपमा एक वृद्ध पक्राउ

लम्की कैलाली । कैलालीको लम्की चुहा नगरपालिकामा नावालिका माथी जवरजस्ती आरोपमा एक वृद्ध पक्राउ परेका छन । पक्राउ पर्नेमा नगरपालिकाको वडा नम्बर ८ वस्ने वर्ष ६२ का गणेश सिंह ठकुरी रहेको प्रहरीले जनाएको छ । उनलाई २ जना नावालिका माथी जवरजस्ती करणि गरेको आरोपमा पकाउ गरेको इलाका प्रहरी कार्यालय लम्कीले जानकारी दिएको छ । प्रहरीका अनुसार गत साउन ३१ गते ७ र ९ वर्षीया २ नावालिका हरुलाई जवरजस्ती करणी गरेको जाहेरी पश्चात उनलाई पक्राउ गरिएको हो । उनलाई अदालत बाट म्याद थप गरेर अनुसन्धान सुरु गरिएको ईलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ ।
पुरा पढ्नुहाेस्