भारतको महाराष्ट्रमा नेपालीले गरे आफ्नै साथीको बीभत्स हत्या

कैलाली । भारतको महाराष्ट्रको आलिबागमा लम्कीचुहा नगरपालिका ६ बावनपुर घर भएका १८ वर्षिय कमल बिकको बावनपुरमै बस्ने उनका साथीहरु मिलेर पुस २६ गते हत्या गरेका छन् ।

छोराको बीभत्स तरिकाले हत्या गरेको भन्दै आमा पार्वती कामीले बावनपुरमा घरभई आलिबागमा बस्ने सागर बिक, टोपु बिक, मनोज बिक र सन्तोष बादीको नाममा किटानी जाहेरी सहित माघ १ गते भारतको महाराष्ट्र राईगढ जिल्ला आलिबाग ठाना प्रहरीमा उजुरी दिएकीछन् । हत्यामा संलग्न टोपु बिक र मनोज बिक २ जना सहोदर भाई हुन् । छोराको हत्या भएको खबर सुनेपछि पुस २७ गते नेपालबाट आफू भारत आएको र छोराको हत्या नै भएको पुष्टि भएपछि किटानी जाहेरी दिएको उनले बताईन् ।

छोरा संगै होटेलमा काम गर्ने नातामा मामा पर्ने सागर बिकले छोराको हत्या भएको जानकारी दिएपछि हामीले थाहा पायौं । केही समयपछि सामाजिक संजालमा छोराको फोटा र भिडियो पनि बाहिरिएको थियो । फोटा र भिडियोमा पनि प्रष्ट रुपमा हत्या गरेको देखिन्छ । नेपाल घरमा फोन गरेर हत्या भएको जानकारी दिने सागर बिकनै हत्यामा संलग्न रहेको बताएको छ ।
उनले भनिन् “ जुनदिन रातीको समयमा हत्या भयो त्यहीदिन दिउँसो घरमा छोराले फोन गरेको थियो । आफू सन्चै रहेको र तलब आएपछि पैसा पठाई दिन्छु भनेको थियो । अर्कोदिन त छोराको हत्या भएको खबर सुनियो ।” एउटा मात्र छोराको विभत्स तरिकाले हत्या गरेकोले दोषीलाई कारबाही गरि न्याय दिलाई दिन उनले नेपाल सरकार संग अनुरोध गरेकीछन् ।
हत्या भएको भनिएको दिन सबै केटाहरु छोरा कमलकै कोठामा बसेका रहेछन् । एकआपसमा संगै खानपिन गरेको र विवाद पनि भएको भन्ने सुनिएको छ । तर रातीको समयमा उसका साथीहरुले नै हत्या गरि फरार भएको घटनाले देखाएको छ । एकवर्ष अगि काम गर्न भनेर सिमला पहाड गएको भाई आलिबाग गएको करिब २ महिना पछि हत्या भएको दिदी सपना बिकले बताईन् ।

आफूले छोराको शव राम्ररी हेरेको र बीभत्स तरिकाले हत्या गरेको अवस्थामा शव भेटिएको थियो । शरीर पुरै चिरिएको र शरीरमा पंचिङका निशानहरु देखिन्थे । ठाउँठाउँमा शरीरमा रगत र जताततै निलडाम देखिन्थ्यो । शरीरको माथिल्लो भागको कपडा निकालेर खुट्टा उल्टा पारेर मुख र घाँटी च्यापेर, सेतो कपडाको रसीले घाँटी कसेर हत्या गरेको शव नजिकबाट देखेका एकजनाले बताए । घाँटीमा गहिरो घाउपनि देखिन्थ्यो ।

हत्या गरिसके पछि आफै आत्महत्या गरेको हो भन्ने देखाउनका लागि कोठाको पंखाको एउटा पातामा मात्र डोरी बाँधिएको थियो । जसबाट आत्महत्या गर्न सम्भव छैन् । हत्या र गरेर कोठाबाट बाहिर निस्केर फरार हुनेबेलामा उनीहरुले ढोका आफै बन्द गरेको प्रष्ट देखिन्छ । त्यो ढोकामा इन्टर लक भएकोले हत्या गर्नेहरुले नै ढोका बन्द गरेको बुझिन्छ ।

प्रहरी घटनास्थलमा पुग्दा ढोकाको इन्टरलक तोडेको र ढोका बाहिर ताला लागेको भिडियोबाट देख्न सकिन्छ । शव उल्टो अवस्थामा दुबै खुट्टा खुम्चेको थियो । शरीरमा जताततै निलडाम हुनाले पनि हत्या भएको प्रष्ट भएको र कमलकै कोठामा बसेका साथीहरुले नै हत्या गरेको बुझिएकोले उनीहरुको नाममा जाहेरी दिएको आमा पार्वती बिकले बताइन् । न्यायको लागि भारतमा सजिलो अवस्था नेपालीका लागि रहेन छ । दोषीलाई पक्राउ गरि कारबाही गर्न र पीडित म एकल महिला र मेरो छोराको न्यायको लागि सहयोग गरिदिन भारतमा रहेका नेपाली दाजुभाई, संघसंगठन, भारत सरकार र नेपाल सरकार संग अनुरोध गर्दछु ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार