पोखरामा पनि गोली प्रहार: एक जना घाइते
२३ भदौ, पोखरा । जेन–जी प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर कास्कीमा एक जना घाइते भएका छन् । गोली लागेर घाइते भएका युवालाई उपचारका लागि अस्पतालतर्फ लगिएको प्रहरी स्रोतले जानकारी दियो । प्रहरीले गोली चलाएर काठमाडौं जेनजीहरूको मृत्यु भएपछि पोखरामा प्रदर्शनकारीले प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकविरूद्ध नारा लगाइरहेका छन् । उनीहरूले प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग गर्दै नारा लगाइरहेका छन् । पोखराको मुख्य बजार क्षेत्रमा प्रदर्शनकारी र प्रहरीबीच हानाहान चलिरहेको छ । प्रहरीले अश्रुग्यास प्रहार गरेर स्थिति नियन्त्रणको प्रयास गरिरहेको छ तर आन्दोलन झनै उग्र बनिरहेको छ । जिल्ला प्रशासन कार्यालय कास्कीले शहीद चोक क्षेत्रको चार किल्ला…

















