नाैलाेप्रेस डेस्क

972 Posts
इरान–अमेरिका युद्ध अन्त्यको दिशामा, १४ बुँदे सम्झौताको तयारी

इरान–अमेरिका युद्ध अन्त्यको दिशामा, १४ बुँदे सम्झौताको तयारी

काठमाडौं । अमेरिका र इरानबीच जारी युद्ध अन्त्य गर्न एक महत्वपूर्ण सम्झौता हुन लागेको समाचार संस्था रोयटर्सले जनाएको छ ।   यसका लागि दुवै देश १४ बुँदे सम्झौतामा सहमतिको नजिक पुगेका छन् । आगामी ४८ घण्टाभित्र यसबारे पूर्ण स्पष्टता आउने समाचारमा उल्लेख छ ।   रोयटर्सका अनुसार १४ बुँदे सम्झौताका मुख्य प्रावधानहरूमा इरानले आफ्नो आणविक सम्वर्द्धन कार्यमा अस्थायी रोक लगाउने प्रतिबद्धता जनाउने, अमेरिकाले इरानमाथिका केही प्रतिबन्धहरू खुकुलो पार्ने र इरानको रोक्का गरिएको अर्बौं डलर बराबरको सम्पत्ति जारी गर्ने र होर्मुज जलमार्गमा जहाजहरूको आवागमनमा लगाइएको प्रतिबन्ध हटाउने रहेको बताइएको छ ।   सम्झौताअन्तर्गत ३० दिनको प्रारम्भिक वार्ता अवधि तय गरिनेछ ।…
पुरा पढ्नुहाेस्
सीमामा भन्सार कडाइः महेन्द्रनगरमा चहलपहल बढ्यो, वनबासा सुनसानसीमामा भन्सार कडाइः महेन्द्रनगरमा चहलपहल बढ्यो, वनबासा सुनसान

सीमामा भन्सार कडाइः महेन्द्रनगरमा चहलपहल बढ्यो, वनबासा सुनसानसीमामा भन्सार कडाइः महेन्द्रनगरमा चहलपहल बढ्यो, वनबासा सुनसान

कञ्चनपुरः पश्चिम नेपालका नेपाल–भारत सीमामा सुरक्षा संयन्त्रले भारततर्फबाट आयात हुने मालसमानमा कडाइ गरेपछि कञ्चनपुरको महेन्द्रनगर बजारमा मालवस्तु किनमेलका लागि चहल पहल बढेको छ।   भारतबाट आायत हुने सामानमा गड्डाचौकी नाकामा भन्सार कडाइ गरेपछि दैनिक उपभोेग्यदेखि मालसमान खरिदका लागि सीमावर्ती भारतीय बजार वनबासा जाने क्रम घटेको छ। यसरी हेर्दा दैनिक मालवस्तु किनमेलका लागि लाग्ने गरेको वनबासा बजार सुनसान हुँदा यता नेपालतर्फका पसलहरुमा चहलपहल बढेको हो।     गड्डाचौकी र आसपासका क्षेत्रमा केही समययता सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले भन्सार जाँचमा कडाइका साथै रु १०० भन्दा बढीको सामान आयात गर्दा भन्सार राजश्व बुझाउनुपर्ने विषयमा सतर्कता बढाएपछि महेन्द्रनगर बजारमा चहलपहल बढेको हो।…
पुरा पढ्नुहाेस्
कुटानीपिसानी गर्न पानी घट्टकै भरमा धारापानीवासी

कुटानीपिसानी गर्न पानी घट्टकै भरमा धारापानीवासी

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकाअन्तर्गत चुरे क्षेत्रको धारापानी गाउँका बासिन्दा अझै पनि परम्परागत पानी घट्टमा निर्भर छन्। यहाँ अन्न पिस्ने एकमात्र माध्यम यही घट्ट हो।   यस वर्ष गाउँमा विद्युत्का तार टाँगिए पनि सेवा सञ्चालनमा आएको छैन। दैनिक आवश्यक पिठो जुटाउन स्थानीयहरू घट्टमै भर पर्न बाध्य छन्। पिसानी गरेबापत सेवाग्राहीले केही पिठो घट्ट सञ्चालकलाई दिने प्रचलन छ। यसले सञ्चालक परिवारको खाद्यान्न आवश्यकतामा टेवा पु¥याउँदै आएको छ।   पचास वर्षीय साइमले धामीको ११ सदस्यीय परिवार पनि यही घट्टमा आश्रित छ। घट्ट धामी परिवारले चलाउदै आएका छन। कुलो मर्मत गर्ने, घट्ट व्यवस्थापनको सम्पूर्ण कार्य धामीले गर्दै आएका छन्। “घट्ट सञ्चालन गरेवाफत प्राप्त हुने…
पुरा पढ्नुहाेस्
सिजनमै  रासायनिक मल आपूर्ति नहुँदा किसान चिन्तित

सिजनमै  रासायनिक मल आपूर्ति नहुँदा किसान चिन्तित

जनकपुर। रासायनिक मलको अभाव प्रत्येक वर्ष खेती गर्ने समयमा मधेसका किसानले मलको अभाव झेल्नुपर्ने परेको छ । समयमै मल आपूर्ति नहुँदा किसानले सिजनमै मलको अभाव सामना गर्नुपर्ने नियति छ । यतिबेला मकै बालीका लागि रासायनिक मल आवश्यक पर्छ । केही महिनामै धान खेतीका लागि पनि मलको जोहो गर्नुपर्ने बाध्यतामा किसान छन् । अन्न उत्पादनको दृष्टिले महत्त्वपूर्ण मानिको मधेस प्रदेशमै रासायनिक मलको अभाव बढ्न थालेको छ । रासायनिक मल, भरपर्दो सिँचाइ र उन्‍नत बीउको सहज उपलब्धता नहुँदा कृषि उत्पादनमा ह्रास आउने कृषकको भनाइ छ । ‘एकातिर सरकारले कृषिको उत्पादन र उत्पादकत्वलाई प्राथमिकता दिएका छौँ भन्छ, तर अर्कोतर्फ कृषकलाई चाहिने मल समयमै…
पुरा पढ्नुहाेस्
मौसम पूर्वानुमान, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

मौसम पूर्वानुमान, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको साथै नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।   जसको प्रभावले बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत कोशी प्रदेशको हिमाली प्रदेशमा साधरणतया बादल तथा बाँकी भूभागमा आंशिक बादल लागेको छ।   आज दिउँसो देशका हिमाली र पहाडी भूभागमा साधरणतया बादल लाग्नेछ । तराई भूभागमा आंशिक बादल लाग्नेछ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत बाँकी प्रदेशको हिमाली र पहाडी भूभागका केही स्थानहरूमा चट्याङ्गसहित मध्यम सम्मको वर्षा र हिमपात साथै बाँकी तराई भूभागका थोरै स्थानहरूमा चट्याङ्ग सहित हल्का…
पुरा पढ्नुहाेस्
अध्यादेश जारी भएपछि एक्सनमा बालेन सरकारः बन्द भए ट्रेड युनियनका कार्यालय

अध्यादेश जारी भएपछि एक्सनमा बालेन सरकारः बन्द भए ट्रेड युनियनका कार्यालय

काठमाडौँ । सरकारले अध्यादेशमार्फत निजामती कर्मचारीहरूको ट्रेड युनियन अधिकार खारेज गरेसँगै सरकारी कार्यालयहरूमा रहेका युनियनका कार्यालयहरू बन्द गराउने प्रक्रिया सुरु गरेको छ ।   सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मंगलबार सबै मन्त्रालय, विभाग र निकायहरूलाई परिपत्र गर्दै युनियनका कार्यालयहरू तत्काल बन्द गरी सरकारी सम्पत्ति फिर्ता लिन निर्देशन दिएको हो ।   ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८३’ ले निजामती सेवा ऐनमा रहेको ट्रेड युनियन सम्बन्धी व्यवस्था खारेज गरेपछि सरकारले यो कठोर कदम चालेको हो ।   मन्त्रालयको सचिवस्तरीय निर्णयअनुसार अब कर्मचारी युनियनहरूले प्रयोग गर्दै आएका कार्यकक्ष, भवन, सवारी साधन र अन्य सरकारी सुविधाहरू सम्बन्धित कार्यालयले फिर्ता लिनुपर्नेछ…
पुरा पढ्नुहाेस्
जिप दुर्घटना परि १२ जना घाइते, ३ को अवस्था गम्भीर

जिप दुर्घटना परि १२ जना घाइते, ३ को अवस्था गम्भीर

काठमाडौं । डोल्पाको मुड्केचुलामा जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । घाइतेमध्ये तीनको अवस्था गम्भीर छ । सोमबार साँझ रुकुम पश्चिमको त्रिवेणीदेखि डोल्पाको मुड्केचुला खर्क जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ च ०४२८ नम्बरको जिप मुड्केचुला गाउँपालिका–१ भोटाऔल क्षेत्रमा दुर्घटनामा परेको हो ।   ब्रेक फेल भएर जिप दुर्घटना भएको मुड्केचुला–१ का वडाध्यक्ष पवन बुढाले जानकारी दिए । उनका अनुसार घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर छ । उनीहरूलाई थप उपचारका लागि रुकुम पश्चिमको चौरजहारीस्थित नगर अस्पताल पठाइएको छ । अन्य ९ जना घाइतेको भने स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको वडाध्यक्ष बुढाले बताए ।
पुरा पढ्नुहाेस्
बर्दगोरिया कलेजको भवनको मुख्यमन्त्री शाहद्धारा शिलान्यास

बर्दगोरिया कलेजको भवनको मुख्यमन्त्री शाहद्धारा शिलान्यास

कैलाली — बर्दगोरिया गाउँपालिकामा रहेको बर्दगोरिया कलेजको शैक्षिक तथा प्रशासनिक भवन निर्माणको शिलान्यास गरिएको छ। एक औपचारिक कार्यक्रमका बीच सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमल बहादुर शाहले उक्त भवनको शिलान्यास गर्नुभएको हो।   बहुवर्षीय योजनाअन्तर्गत निर्माण हुन लागेको उक्त भवनको कुल लागत करिब १० करोड रुपैयाँ रहने जनाइएको छ। भवन निर्माण सम्पन्न भएपछि कलेजको शैक्षिक तथा प्रशासनिक कार्यलाई थप व्यवस्थित र प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास लिइएको छ।   कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहले आफूले पाएको सेवाको जिम्मेवारीलाई सधैं इमानदारी र निष्ठाका साथ पूरा गर्ने बताउनुभयो। साथै, उहाँले यो क्षेत्र मात्र नभई समग्र सुदूरपश्चिम प्रदेशमा शिक्षाको विकास, गुणस्तरीय शिक्षा प्रदान गर्ने तथा…
पुरा पढ्नुहाेस्
सुदूरपश्चिमका ग्रामीण क्षेत्रमा सर्पदंश उपचार सेवा विस्तार गरिँदै

सुदूरपश्चिमका ग्रामीण क्षेत्रमा सर्पदंश उपचार सेवा विस्तार गरिँदै

काठमाडौँ । सुदूरपश्चिम प्रदेशका सर्पदंशको उच्च जोखिम रहेका ग्रामीण तथा दुर्गम क्षेत्रमा उपचार सेवा विस्तार गरिने भएको छ। सन् २०३० सम्ममा सर्पदंशबाट हुने मृत्युदर र अपाङ्गतालाई ५० प्रतिशतले घटाउने सरकारको राष्ट्रिय लक्ष्यअनुसार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यो योजना अघि बढाएको हो। सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा। खगेन्द्र बमका अनुसार ग्रामीण भेगका नागरिकलाई समयमै उपचार सुनिश्चित गर्न डडेल्धुराको जोगबुडा अस्पताल, बैतडीको पाटन र केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र, दार्चुलाको गोकुलेश्वर अस्पताल, बझाङको रायल प्राथमिक स्वास्थ्य केन्द्र र बाजुराको कोल्टी आधारभूत अस्पतालमा सेवा विस्तार गर्न लागिएको छ।   उपचार सेवालाई प्रभावकारी बनाउन आकस्मिक विभागमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई दुईदिने विशेष तालिम दिएर…
पुरा पढ्नुहाेस्
देशैभर बदलीः यी प्रदेशमा भारी वर्षाको चेतावनी

देशैभर बदलीः यी प्रदेशमा भारी वर्षाको चेतावनी

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आज देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारी वर्षा हुने प्रक्षेपण गरेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मुलुकभर साधारणतया बादल लाग्ने र धेरैजसो क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना छ। विशेषगरी सुदूरपश्चिम र कर्णाली प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको मौसमविद्हरूले बताएका छन्। लुम्बिनी प्रदेशलगायत देशका पहाडी तथा हिमाली भू(भागका केही स्थानमा असिनासहितको वर्षा र हिमपात हुने देखिएको छ। तराईका केही क्षेत्रमा भने तीव्र गतिको हावाहुरी चल्ने अनुमान गरिएको छ। आज राति पनि मौसममा सुधार हुने देखिँदैन। देशभर बादल लाग्ने क्रम जारी रहने र गण्डकी, लुम्बिनी, कर्णाली तथा…
पुरा पढ्नुहाेस्