नाैलाेप्रेस डेस्क

644 Posts
विश्व शिक्षक महासंघले जनायो नेपालका आन्दोलनप्रति शिक्षकहरुसँग ऐक्यबद्धता

विश्व शिक्षक महासंघले जनायो नेपालका आन्दोलनप्रति शिक्षकहरुसँग ऐक्यबद्धता

काठमाडौँ । आन्दोलित शिक्षकहरुको आन्दोलनप्रति विश्व शिक्षक महासंघले ऐक्यबद्धता जनाएको छ। विद्यालय शिक्षा ऐनमा आफूहरुका माग समेटी छिटो जारी गर्नुपर्ने भन्दै आन्दोलित भएका नेपालका शिक्षहरुको आन्दोलनप्रति विश्व शिक्षक महासंघले ऐक्यबद्धता जनाएको हो। महासंघले आइतबार विज्ञप्ति जारी गर्दै शिक्षकहरुको आन्दोलन एक्लो नभएको बताएको हो। ‘नेपालका शिक्षकहरूको आन्दोलन एक्लो छैन,’ विज्ञप्तिमा भनिएको छ, ‘तपाईंको संघर्ष हाम्रो संघर्ष हो।’ गुणस्तरीय, समान र पहुँच योग्य शिक्षा को लागि आवाज उठाएको भन्दै महासंघले शिक्षकहरुको प्रशंसा समेत गरेको छ। ‘नेपालका शिक्षकहरूको व्यावसायिक प्रतिष्ठा, राम्रो कार्यस्थितिहरूको लागि संघर्ष र सामाजिक न्यायका लागि शैक्षिक परिवर्तनको लडाइँ हाम्रो अन्तर्राष्ट्रिय आन्दोलनका लक्ष्यहरूसँग मजबुत रूपमा मेल खान्छ,’ विज्ञप्तिमा भनिएको छ। सरकारलाई…
पुरा पढ्नुहाेस्
नयाँ वर्ष २०८२ः बौनियाँ जेसिजको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

नयाँ वर्ष २०८२ः बौनियाँ जेसिजको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

बर्दगोरिया । बौनिया जेसिजले नयाँ बर्ष २०८२ सालको शुभकामना आदानप्रदान सँगै चियापान कार्यक्रम आईतवार सम्पन्न गरेको छ । बौनिया जेसिज बर्ष २०२५ का अध्यक्ष मिलन ओलिको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि बर्दगोरिया गाउँपालिकाका उपाध्यक्ष गणेश राज गिरि रहेका थिए। यसै कार्यक्रममा बर्दगोरिया गाउँपालिका वडा नम्बर २ का अध्यक्ष गोविन्द बि क , बौनिया जेसिजका संस्थापक अध्यक्ष लिला राज शाही र ईलाका प्रहरी कार्यालय बौनियाँका प्रहरी निरीक्षक वीर बहादुर थापा रहेका थिए । बौनिया जेसिज बर्ष २०२५ का कोषाध्यक्ष थिरेन्द्र गडशिलाको आस्थापाठ संगै सुरु भएको कार्यक्रममा बौनिया जेसिज बर्ष २०२२ का अध्यक्ष कृष्ण प्रसाद ओझा, बर्ष २०२३ का अध्यक्ष चक्र बहादुर…
पुरा पढ्नुहाेस्
बैतडीमा जीप दुर्घटना; एक जनाको मृत्यु तीन जना घाइते 

बैतडीमा जीप दुर्घटना; एक जनाको मृत्यु तीन जना घाइते 

२३ चैत, कैलाली । बैतडीमा गएराती जीप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएको छन् । शुक्रबार राति पौने ९ बजे जिल्लाको दशरथचन्द नगरपालिका–११ नानीगाडस्थित देहीमाण्डौ– गिरेगडा भित्री सडक खण्डमा बीएसी ५६५९ नम्बरको बोलेरो जीप अनियन्त्रि भएर दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परेर जीपमा सवार पञ्चेश्वर गाउँपालिका–५ बस्ने ५४ वर्षीय चंचले दयालको मृत्यु भएको छ । गम्भीर घाईते अवस्थामा जिल्ला अस्पताल पुगाइएका दयाललाई चिकित्सकले चेकजाँच गर्दा मृत घोषणा गरेका थिए । जीप चालकसहितका अन्य चार जना भने घाइते भएका छन् । घाइते हुनेमा चालक पञ्चेश्वर गाउँपालिका–६ बिजुल बस्ने ३५ वर्षीय राकेश कोली, रोडीदेवल…
पुरा पढ्नुहाेस्
आज चैते दसैं पर्व मनाइँदै

आज चैते दसैं पर्व मनाइँदै

२३ चैत, काठमाडौं । प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन मनाइने चैते दसैँ पर्व आज नेपालीले घर घरमा नव दुर्गा भगवतीको पूजा आराधना गरी मनाउँदैछन् । वर्षमा चार नवरात्र पर्छन् । आषाढ र पौष शुक्ल पक्षमा पर्ने नवरात्र धेरै प्रचलनमा छैन । केही साधकले भने आषाढ र पौष शुक्ल पक्षको नवरात्रमा पनि शक्ति स्वरूपा देवीको आराधना गर्छन् । आश्विन शुक्ल पक्षको नवरात्रमा प्रतिपदाका दिनदेखि नै घटस्थापना गरेर जमरा राखिन्छ । यसैले आश्विन शुक्ल पक्षको दसैँलाई बडादसैँ भनिन्छ । बडादसैँमा दशमी तिथिका दिन मान्यजनबाट टीका र जमरा लगाउने गरिन्छ । यो क्रम आश्विन शुक्ल पूर्णिमासम्म चल्छ । रासस
पुरा पढ्नुहाेस्
कैलाली जिल्ला न्यायाधीश द्वारा बर्दगोरियामा न्यायिक समितिको गतिविधिबारे छलफल तथा अनुगमन 

कैलाली जिल्ला न्यायाधीश द्वारा बर्दगोरियामा न्यायिक समितिको गतिविधिबारे छलफल तथा अनुगमन 

बर्दगोरिया । कैलालीका जिल्ला न्यायाशीध दण्डपाणि लामिछानेले बर्दगोरिया गाउँपालिकाको न्यायिक समितिले गरेको कामकारबाहीको अनुगमन गरेका छन् । साथै न्यायाधीस लामिछानेले न्याय सम्पादन र अदालत बाट प्रभाह हुने सेवा सुबिधाका बारेमा जानकारी गराउनु भएको थियो । पालिकामै आएर न्यायाधीश लामिछानेले न्यायिक समितिले गरेका कामकारबाहीका बारेमा अनुगमन गरेका हुन् । हरेक वर्ष जिल्ला न्यायाधीशले स्थानीय पालिकाको न्यायिक समितिले गरेका कामकारबाहीका विषयमा अनुगमन गर्ने गरेका छन । संविधानले नै व्यवस्था गरेको छ । अनुगमका क्रममा उनले पालिकाको न्यायिक समितिले गरेका काम सन्तोषजनक रहेको बताए । न्यायाधीश लामिछानेले न्यायिक समिति मिनी अदालत नै भएकाले निषपक्ष रुपमा कार्यसम्पादन गर्न आग्रह समेत गरे । सो क्रममा…
पुरा पढ्नुहाेस्
रास्वपा सभापति लामिछाने पक्राउ

रास्वपा सभापति लामिछाने पक्राउ

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई प्रहरीले पक्राउ गरेको छ । लामिछानेलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बुढानीलकण्ठ स्थित हेपाली हाइटबाट पक्राउ गरेको हो । शुक्रवार आज उच्च अदालत तुलसीपुरको बुटवल इजलासले उनलाई सहकारीको रकम ठगेको कसुरमा पुर्पक्षका लागी थुनामा पठाउन आदेश गरेको थियो । न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीले सो आदेश गरेका हुन् । उच्चको आदेशसँगै यसअघि लामिछानेलाई जिल्ला अदालत रुपन्देहीले १ करोड धरौटीमा छाड्ने आदेश बदर भएको छ । बुटवलको सुप्रिम सहकारी प्रकरणमा रुपन्देही जिल्ला अदालतले १ करोड धरौटी रकम मागेको आदेशमा चित्त नबुझाएर लामिछानेले उच्च अदालतमा निवेदन दिएका थिए । उच्चले जिल्लाको आदेश…
पुरा पढ्नुहाेस्
रास्वपा सभापति रविलाई थुनामा पठाउने उच्च अदालतको आदेश

रास्वपा सभापति रविलाई थुनामा पठाउने उच्च अदालतको आदेश

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेलाई उच्च अदालत तुलसीपुरको बुटवल इजलासले थुनामा पठाउने आदेश गरेको छ । जिल्ला अदालत रुपन्देहीको आदेश बदर गर्दै उच्च अदालतले लामिछानेलाई थुनामा पठाउने आदेश गरेको हो । जिल्ला अदालतले दिएको आदेशविरुद्ध उनीहरूले उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा पुनरावेदन निवेदन दिएका थिए । न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले रविलाई जिल्ला अदालत रुपन्देहीको आदेश बदर गर्दै थुनामा पठाउने आदेश जारी गरेको हो । बुटवलको सुप्रिम सहकारी ठगी र संगठित अपराधको मुद्दामा यसअघि रुपन्देही जिल्ला अदालतले रविलाई १ करोड धरौटीमा छाडेको थियो । सुप्रिम सहकारीमा रवि, छवि र जीबी राईसहित ४२ जनालाई प्रतिवादी बनाइएको छ।…
पुरा पढ्नुहाेस्
जाजरकोटमा ३ मिनेटको फरकमा लगातार दुई भूकम्प

जाजरकोटमा ३ मिनेटको फरकमा लगातार दुई भूकम्प

कैलाली । शुक्रबार साँझ जाजरकोट केन्द्रबिन्दु भएको लगातार दुईवटा भूकम्प गएको छ । पहिलो भूकम्प साँझ ८ बजेर ७ मिनेटमा गएको थियो भने दोस्रो भूकम्प तीन मिनेटपछि गएको थियो । राष्ट्रिय भूकम्प मापन केन्द्रले दिएको जानकारी अनुसार भूकम्पको केन्द्रबिन्दु पैंक क्षेत्र आसपास रहेको थियो । पहिलो भूकम्पको तीव्रता ५.२ म्याग्निच्युडको रहेको थियो । दोस्रो भूकम्पको तीव्रता ५.५ म्याग्निच्युड थियो । भूकम्पको धक्का आसपासका जिल्लाहरूमा पनि महसुस भएको थियो ।
पुरा पढ्नुहाेस्
काठमाडौंको तीनकुने क्षेत्रमा कुनै पनि विरोध, प्रदर्शन र सभा गर्न अनुमति नदिन संसदीय समितिको निर्देशन

काठमाडौंको तीनकुने क्षेत्रमा कुनै पनि विरोध, प्रदर्शन र सभा गर्न अनुमति नदिन संसदीय समितिको निर्देशन

काठमाडौँ । काठमाडौँको तीनकुने आसपासका क्षेत्रमा अब कुनै पनि प्रकारका सभा, विरोध प्रदर्शन, धर्ना, लगायतका कार्यक्रम गर्न अनुमति नदिन संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ । शुक्रवार सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले काठमाडौंको तीनकुने आसपासका क्षेत्रमा अब कुनै पनि प्रकारका सभा, विरोध प्रदर्शन, धर्ना, लगायतका कार्यक्रम गर्न अनुमति नदिन सरकारलाई निर्देशन दिएको हो । समितिको निर्णय जानकारी गराउँदै समिति सभापति रामहरि खतिवडाले काठमाडौँको तीनकुनेमा गत चैत्र १५ गते शुक्रवारको दिन राजावादीहरूले गरेको विरोध प्रदर्शन गर्दा भएको घटनाको भर्त्सना गर्ने निर्णय भएको बताए ।  उक्त घटनामा दोषी उपर आवश्यक छानबिन गरी कानुनी कारबाही अघि बढाउन नेपाल सरकार…
पुरा पढ्नुहाेस्
नेपाल उत्पीडित जातीय मुक्ति समाज बर्दगोरियाको दोस्रो सम्मेलन सम्पन्न; अध्यक्षमा नवराज टमट्टा

नेपाल उत्पीडित जातीय मुक्ति समाज बर्दगोरियाको दोस्रो सम्मेलन सम्पन्न; अध्यक्षमा नवराज टमट्टा

बर्दगोरिया । नेकपा एमालेको भातृ संगठन नेपाल उत्पीडित जातीय मुक्ति समाज बर्दगोरिया गाउँ कमिटीको दोस्रो सम्मेलन सम्पन्न भएको छ । संगठनको गत चैत्र २० गते बर्दगोरियामा सम्पन्न सम्मेलनले नवराज टमट्टाको अध्यक्षतामा २१ सदस्यीय नयाँ कमिटी गठन गरेको थियो । जसको उपाध्यक्षमा मान बहादुर बिक, विर्मादेवि विस्वकर्मा, सचीवमा प्रकाश नेपाली , उपसचिवमा बबिता सुनार, हिरा सिंह भुल, कोषाध्यक्षमा विर्मादेवी भुललाई चयन भएका छन । यसैगरी सदस्यतर्फ पदम तिरुवा, धौली देवि विक, दल बहादुर भुल, पहल सिंह नेपाली, चेतमान भुल, कालाराम टमट्टा, रतन बिक, प्रताप बिक, बिमला देवि भुल, पुष्कर बिक, जङ्ग बहादुर भुल, रविन बिक र शेर बहादुर बिकलाइ चयन गरेको…
पुरा पढ्नुहाेस्