आन्दोलनरत डाक्टरहरू र सरकार बीच सहमति
काठमाडौं । आन्दोलनरत चिकित्सक र सरकार बीच सहमति जुटेको छ । चिकित्सक तथा स्वास्थ्यकर्मीहरुमाथि आक्रमणमा संलग्नहरुमाथि स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन २०६६ अनुसार कारबाही गर्ने सहमति भएको छ । मणिपाल शिक्षण अस्पताल, पोखरा लगायतका स्थानमा स्वास्थ्यकर्मीमाथि आक्रमण भएपछि चिकित्सकहरु आन्दोलनमा उत्रिएका थिए । मंगलबार आन्दोलनरत चिकित्सक र गृह मन्त्रालयमा भएको छलफलमा हरेक स्वास्थ्य सस्थामा उपचारबारे कुनै गुनासो भए उजुरी गर्ने पेटिका राख्ने र कानुन हातमा लिने प्रयास गरे हुने कारबाहीबारे सूचना राख्ने निर्णय भएको छ । साथै अहिले जहाँजहाँ घटना भएको छ, त्यसमा संलग्नहरुलाई ऐन अनुसार नै कारबाही गर्ने सहमति भएको गृह मन्त्रालय स्रोतले बताएको छ । बैठकमा उपप्रधानमन्त्री…

















