नाैलाेप्रेस डेस्क

648 Posts
बसन्त मुरारी नमूना मा.वि. को शिक्षक अभिभावक संगठनको अध्यक्षमा विश्वकर्मा

बसन्त मुरारी नमूना मा.वि. को शिक्षक अभिभावक संगठनको अध्यक्षमा विश्वकर्मा

बदगोरिया । श्री बसन्त मुरारी नमूना माध्यमिक विद्यालयको शिक्षक अभिभावक संगठनको अध्यक्ष मा लाल सिंह विश्वकर्मा चयन भएका छन । शुक्रबार विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टंक कुँवरको अध्यक्षतामा भएको भेलाबाट विश्वकर्मा शिक्षक अभिभावक संगठनको अध्यक्ष चयन भएका हुन । यस्तै सदस्यहरुमा अमर बहादुर बम, झिरकुल नेपाली, पार्वती देवी जैशी, नामसरा सार्की, अमर सिंह भण्डारी, सिता सुनार, कला देवी सदाशंकर, र प्रेम प्रसाद ढुंगाना चयन भएका हुन ।
पुरा पढ्नुहाेस्
बर्दगोरियाले सुरु गर्‍यो जोशीपुर, भजनी सडक खण्डको मर्मतसम्भार कार्य

बर्दगोरियाले सुरु गर्‍यो जोशीपुर, भजनी सडक खण्डको मर्मतसम्भार कार्य

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका हुँदै दक्षिण जोशीपुर, भजनी जोड्ने सडकको मर्मतसम्भार कार्य शुरु गरिएको छ । उक्त सडक खण्ड अन्तरगत बर्दगोरिया गाउँपालिकाले आफ्नो पालिका भित्र पर्ने सडक खण्डको मर्मतसम्भार कार्य शुरु गरेको हो । वर्षातको समयमा परेको पानीले गर्दा सडकमा परेका खाल्डाखुल्डीले गर्दा दैनिक रुपमा आवतजावतमा गर्ने यात्रुहरू निकै समस्या हुने गरेको थियो । सडकमा परेका खाल्डाखुल्डीले गर्दा यात्रुहरुलाई आवतजावत गर्न मात्र समस्या नभई दुर्घटनाको पनि उत्तिकै जोखिम गरेको थियो । जसलाई मध्ये नजरगर्दै बर्दगोरिया गाउँपालिकाले आफ्नो क्षेत्र भित्र पर्ने सडकमा परेका खाल्डाखुल्डी मा ग्राभेल गर्दै रोलरले पेल्दै मर्मतसम्भार कार्य अगाडि बढाएको हो । जसले गर्दा नजिकिदै गरेको चाडपर्वमा…
पुरा पढ्नुहाेस्
बर्दगोरिया- ६ मा आँखा चेकजाँच तथा रक्तदान कार्यक्रम सम्पन्न, ३ सय बढीले लिए सेवा

बर्दगोरिया- ६ मा आँखा चेकजाँच तथा रक्तदान कार्यक्रम सम्पन्न, ३ सय बढीले लिए सेवा

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ मा एक दिने नि:शुल्क आँखा चेकजाँच तथा रक्त दान कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार बर्दगोरिया ईभेण्ट एण्ड मार्केटिङ प्रा.लि. को आयोजनामा भएको उक्त एक दिने नि:शुल्क आँखा चेकजाँच तथा रक्त दान सफलता पुर्वक सम्पन्न भएको कार्यक्रम संचालक संयोजन हरेन्द्र चौधरीले जानकारी दिए । उनका अनुसार उक्त कार्यक्रम बाट ३७३ जनाले आँखा चेकजाँच गराई सेवा लिएका छन । जसमा प्रायःजसो जेष्ठ नागरिक हरु रहेको उनले नौलो प्रेस डटकमलाई जानकारी दिए । यस्तै सोही कार्यक्रम सँगै संचालन भएको रक्तदान कार्यक्रममा १४ जनाले रक्तदान गरेका हुन । कार्यक्रममा प्रमुख अतिथि बर्दगोरिया गाउँपालिका वडा नम्बर…
पुरा पढ्नुहाेस्
प्रधानमन्त्री प्रचण्ड आज बझाङ आउदै 

प्रधानमन्त्री प्रचण्ड आज बझाङ आउदै 

कैलाली । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' भूकम्प क्षतिबारे स्थलगत निरीक्षणमा गर्न आज बझाङ आउने भएका छन । प्रधानमन्त्री प्रचण्ड १८ जनाको टोली सहित शुक्रबार आज बिहान साढे १० बजे बझाङ आउन लागेका हुन । प्रधानमन्त्री प्रचण्कडको टोलीमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, परराष्ट्रमन्त्री एनपी साउद, बझाङका सांसद भानुमक्त जोशी, गृह सचिव, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण प्रमुख लगायत छन् । प्रधानमन्त्री प्रचण्डले बिहीवार नै बझाङका भूकम्पबाट पीडितलाई तत्काल राहत उपलब्ध गराउन निर्देशन दिएका थिए । उद्दार र व्यवस्थापनका लागि आवश्यक व्यवस्था मिलाउन मातहतका निकायलाई उनको निर्देशन थियो । मंगलबार गएको भूकम्पका कारण २७ जना घाइते हुँदा एक जनाको…
पुरा पढ्नुहाेस्
मौसम पूर्वानुमान: तीन प्रदेशमा बिहानैदेखि वर्षा

मौसम पूर्वानुमान: तीन प्रदेशमा बिहानैदेखि वर्षा

काठमाडौँ । हाल भारतको पश्चिम बङ्गाल र झारखण्ड आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहेको महाशाखाले जनाएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका एक दुई स्थानमा छिटपुटदेखि हल्का वर्षा भइरहेको छ। आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। आज राति कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्का वर्षाको…
पुरा पढ्नुहाेस्
पथरैया सिचाइ प्रणाली जल उपभोक्ता संस्थाको २३ औं वार्षिक साधारणसभा सम्पन्न

पथरैया सिचाइ प्रणाली जल उपभोक्ता संस्थाको २३ औं वार्षिक साधारणसभा सम्पन्न

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ५ मा रहेको श्री पथरैया सिचाइ प्रणाली जल उपभोक्ता संस्थाको २३ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । बिहिवार उपभोक्ता समुहका अध्यक्ष जङ्ग बहादुर थारुको अध्यक्षतामा भएको कार्यक्रम को प्रमुख अतिथि बर्दगोरिया गाउँपालिका उपाध्यक्ष गणेशराज गिरी (लाल्दिप) रहेका थिए । यस्तै कार्यक्रममा विशिष्ट अतिथि बर्दगोरिया गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष भोलेराम चौधरी, राष्ट्रिय सिचाइ महासंघ सुदुरपश्चिम प्रदेश अध्यक्ष दामोदर खड्का, पथरैया मोहना सिचाइ व्यवस्थापन कार्यालय धनगढी कैलालीका प्रशुराम महतौ रहेका थिए । कार्यक्रममा आर्थिक वर्ष २०७९/०८० को ९५ लाख १६ हजार ८ सय ४६ रुपैयाँ बराबरको आयव्यय उपभोक्ता समुहका कोषाध्यक्ष रेखा…
पुरा पढ्नुहाेस्
बर्दगोरिया गा.पा. कृषि विकास शाखाले सुरु गर्‍यो आफ्नै भवन बाट सेवा दिन

बर्दगोरिया गा.पा. कृषि विकास शाखाले सुरु गर्‍यो आफ्नै भवन बाट सेवा दिन

बर्दगोरिया । बर्दगोरिया कृषि विकास शाखाले बुधबार बाट आफ्नै भवन बाट सेवा दिन सुचारु गरेको छ । बर्दगोरिया गाउँपालिकाको भवन निर्माण कार्य पुरा भए सङ्गै शाखाले आज बाट पालिकाको आफ्नै निजि भवन बाट सेवा दिन सुचारु गरेको हो । विगत ६ वर्ष देखि पालिकाको आफ्नै भवन नहुदा अरुको घर घरवहाल लिएर कृषकहरुलाई सेवा दिदै आएको कृषि बिकास शाखा अधिकृत झंकर बहादुर रावत बताए । उनले भने- " बर्दगोरिया गाउँपालिकाको आफ्नै भवन नहुदा बाध्यता वस हामीहरू अरुको घर वाहलमा लिई अस्थायी रुपमा स्थानीय कृषकहरुलाई सेवा दिनु परेको थियो । तर अहिले पालिकाको आफ्नै भवन निर्माण कार्य सम्पन्न भएपछि हामीले स्थायी रुपमा…
पुरा पढ्नुहाेस्
बर्दगोरिया गा.पा. पशुसेवा शाखाले सुरु गर्‍यो आफ्नै भवन बाट सेवा दिन

बर्दगोरिया गा.पा. पशुसेवा शाखाले सुरु गर्‍यो आफ्नै भवन बाट सेवा दिन

बर्दगोरिया । बर्दगोरिया गाउँपालिका पशुसेवा शाखाले मंगलबार देखि आफ्नै भवन बाट सेवा दिन सुरु गरेको छ । बर्दगोरिया गाउँपालिकाको नव भवन निर्मित भवनको निर्माण कार्य पुरा भए सङ्गै शाखाले मङलबार बाट आफ्नै निजि भवन बाट सेवा दिन सुरु गरेको हो । विगत ६ वर्ष देखि पालिकाको आफ्नै भवन नहुदा अरुको घर घरवहाल लिएर शाखाले सेवा दिदै आएको पशुसेवा शाखाका प्रमुख जय प्रसाद कोइरालाले बताए । उनले भने- " गाउँपालिकाको आफ्नै भवन नहुदा हामीले अरुको घर वाहलमा लिई अस्थायी रुपमा स्थानीय पशुपालक कृषकहरुलाई सेवा दिनु परेको थियो । तर अहिले पालिकाको आफ्नै भवन निर्माण कार्य सम्पन्न भएपछि हामीले स्थायी रुपमा आफ्नै…
पुरा पढ्नुहाेस्
आदर्श सामुदायिक विद्या मन्दीरका स्काउटका विद्यार्थीहरुलाई दिक्षान्तर गरियो

आदर्श सामुदायिक विद्या मन्दीरका स्काउटका विद्यार्थीहरुलाई दिक्षान्तर गरियो

बर्दगोरिया । श्री आदर्श सामुदायिक विध्या मन्दीर सडकपुर बौनियाका स्काउटका विद्यार्थीहरुलाई मंगलबार दिक्षान्तर गरिएको छ । स्काउटका ३२ जना विद्यार्थीलाई मंगलबार एक औपचारिक कार्यक्रमको आयोजना सफल ग्रहण गराइ दिक्षा हस्तान्तरण गरिएको हो । कार्यक्रममा प्रमुख अतिथि बर्दगोरिया गाउँपालिका उपाध्यक्ष गणेश राज गिरी रहेका थिए । यस्तै विशिष्ट अतिथिमा बर्दगोरिया गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष गोबिन्द बि.क रहेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका उपाध्यक्ष गिरीले विद्यार्थीलाई पढाई सङ्गै जिवन उपयोगी अन्य अतिरिक्त क्रियाकलापको समेत ज्ञान हुन जरुरी रहेको बताए । मानिसको शिक्षाको त जहिले नि कमि नै हुन्छ । जति शिक्षा हासिल गर्‍यो त्यति नै हासिल गर्ने मन…
पुरा पढ्नुहाेस्
बर्दगोरिया ६ मा नव आगन्तुक वडा सचीवको स्वागत

बर्दगोरिया ६ मा नव आगन्तुक वडा सचीवको स्वागत

बौनिया । कैलालीको बर्दगोरिया गाउँपालिका ६ नम्बर को वडा सचिव पदमा मदन जोशीलाई आएका छन । बर्दगोरिया गाउँपालिकामा एम.आइ.एस. अपरेटर पञ्चिकरण शाखामा कार्यरत जोशी मंगलबार देखि पालिका बाट सरुवा हुँदै वडा सचीव भइ वडा नम्बर ६ मा हाजिर भएका हुन । वडामा मंगलबार देखि औपचारिक रुपमा हाजिर भइ आएका वडा सचीव जोशी लाई वडा कार्यालयले एक औपचारिक कार्यक्रमको आयोजना गर्दै स्वागत गरेको छ । प्रमुख अतिथिको आसनबाट कार्यक्रम लाई सम्बोधन गर्दै वडा अध्यक्ष डगौराले वडा सचीव र वडा अध्यक्षको सम्बन्ध नङ र मासु जस्तो हुनु पर्ने बताए । वडाको समग्र विकासमा वडा सचीवको प्रमुख भुमिका रहने हुँदा आफ्नो जिम्मेवारी सक्रिय…
पुरा पढ्नुहाेस्