नाैलाेप्रेस डेस्क

833 Posts
पाकिस्तानी राजदूतको प्रतिबद्धता नेपालसँगको सहयोग र साझेदारी बढाउने

पाकिस्तानी राजदूतको प्रतिबद्धता नेपालसँगको सहयोग र साझेदारी बढाउने

काठमाडौँ । नेपालका लागि पाकिस्तानका राजदूत अब्ररर एच हास्मीले नेपालसँगको सहयोग र साझेदारी बढाउन पाकिस्तान प्रतिबद्ध रहेको बताएका छन् । पाकिस्तानको ७८ औँ स्वतन्त्रता दिवसका अवसरमा उपराष्ट्रपति रामसहायप्रसाद यादवको प्रमुख आतिथ्यमा बुधबार साँझ काठमाडौँमा आयोजित स्वागत समारोहमा उनले नेपाललाई पाकिस्तानले निरन्तर सहयोग गर्ने बताए। “शिक्षा, प्रतिरक्षा, ब्याङकिङ, स्वास्थ्यका साथै अन्य प्राविधिक क्षेत्रमा पाकिस्तान र नेपालबीचको साझेदारीले असल प्रतिफल दिएको छ । डाक्टर, इञ्जिनियर, पत्रकार, विमान चालकलगायत सात हजारभन्दा बढी पाकिस्तानमा दीक्षित नेपालीले यो देशको प्रगतिका निम्ति आ–आफ्नो क्षेत्रबाट योगदान गरिरहेका छन्”, पाकिस्तानी राजदूतले भने । पाकिस्तान र नेपाल जलवायु परिवर्तनका दुष्प्रभाव र त्यसको जोखिममा रहेका, दुवै देशका हिमालय क्षेत्र पारिस्थितिकीय…
पुरा पढ्नुहाेस्
राष्ट्रियसभा बैठक आज बस्दैः यस्तो छ कार्यसूची

राष्ट्रियसभा बैठक आज बस्दैः यस्तो छ कार्यसूची

काठमाडौँ । राष्ट्रियसभा बैठक आज बस्ने भएको छ । सङ्घीय संसद्अन्तर्गत राष्ट्रियसभा बैठक आज दिउँसो सवा १ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री, गृह, ऊर्जा र संस्कृति मन्त्रीले जवाफ दिने कार्यसूची रहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग सम्बन्धित लिखित प्रश्नको जवाफ टेबुल गर्ने सम्भावित कार्यसूची छ । बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, गृह र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । आजको बैठकमा राष्ट्रियसभा अध्यक्षले राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्रीपरिषद् दसद्ययको कार्यभार तोकिएको पत्रको व्यहोरा पनि सुनाउने कार्यसूचीमा उल्लेख छ ।
पुरा पढ्नुहाेस्
मौसम पूर्वानुमानः देशभर हल्का देखि मध्यम वर्षा

मौसम पूर्वानुमानः देशभर हल्का देखि मध्यम वर्षा

काठमाडौँ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहे सँगै हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभरको मौसम साधरणतया बदली रहेको छ। बागमती र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो देशभर साधरणतया बदली रहने छ। सबै प्रदेशका केही स्थानहरूमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। आज राति देशभर साधरणतया बदली रहने छ। सबै प्रदेशका केही स्थानहरूमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। कोशी, मधेस, बागमती…
पुरा पढ्नुहाेस्
बर्दगोरिया गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाश ढुंगानाको विदाई

बर्दगोरिया गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाश ढुंगानाको विदाई

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाश ढुंगानाको विदाई गरिएको छ । ढुंगानाको सरुवा छिमेकी जोशीपुर गाउँपालिकामा भएपछि मंगलबार फेरि भेटौला कार्यक्रम अन्तर्गत विदाई गरिएको हो । बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवरको अध्यक्षतामा भएको कार्यक्रममा जनप्रतिनिधि , विभिन्न शाखा प्रमूख तथा कर्मचारीहरुले ढुंगानालाई फूलमाला , अविर तथा दोसल्ला ओढाई विदाई गरेका थिए । अधिकृत ढुंगाना २०८० साल पुष ११ गते अछाम जिल्लाको बान्नीगढी गाउँपालिकाबाट बर्दगोरिया गाउँपालिकामा हाजिर भएका थिए । ढुंगानाको सरुवा ८ महिना पछि जोशीपुर गाउँपालिकामा भएको हो । विदाई कार्यक्रममा शिक्षा शाखा प्रमुख नन्दाकुमारी भट्टले स्वागत गरेकी थिईन् भने जनप्रतिनिधिका तर्फबाट गाउँपालिका उपाध्यक्ष गणेशराज गिरी…
पुरा पढ्नुहाेस्

आजको मौसम पूर्वानुमानः आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ । देशभर हाल मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । जसको प्रभावले हाल देशभर साधरणतया बदली रहेको छ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर साधरणतया बदली रहने छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी, कर्णाली र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। आज राति कोशी,मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही…
पुरा पढ्नुहाेस्
बर्दगोरियामा डेंगी रोग सङ्क्रमणको जोखिम उच्च, दोदोधरा अस्पतालले गर्‍यो लाम्खुट्टेको लार्भा खोज तथा नष्ट

बर्दगोरियामा डेंगी रोग सङ्क्रमणको जोखिम उच्च, दोदोधरा अस्पतालले गर्‍यो लाम्खुट्टेको लार्भा खोज तथा नष्ट

बर्दगोरिया कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर १ मा रहेको दोदोधरा अस्पतालले पालिकामा डेंगी रोग सङ्क्रमणका बिरामीहरु बढ्न थाले पछि लाम्खुट्टेका लार्भा खोज तथा नष्ट गर्ने अभियान संचालन गरेको छ । जस अनुसार सोमबार आज अस्पतालले वडा नम्बर २ मा रहेको दोघरा आधारभूत स्वास्थ्य चौकी सङ्ग सहकार्य गर्दै पालिकाको वडा नम्बर १ र २ जोड्ने बौनिया बजारमा लाम्खुट्टेका लार्भा खोज तथा नष्ट गर्ने अभियान संचालन गरेको थियो । डेंगी रोग र यसको संक्रमण बारे दोदोधरा अस्पतालका जनस्वास्थ्य निरीक्षक युजिन कुस्मीले नौलो प्रेस सङ्ग कुरा गर्दै यस्तो बताए; “बर्दगोरिया गाउँपालिकाका किट जन्य रोग तथा झाडापखाला जन्य रोगहरुको जोखिममा रहेको छ,…
पुरा पढ्नुहाेस्
बर्दगोरिया गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिकामा घोषित

बर्दगोरिया गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिकामा घोषित

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकालाई बिहिवार पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । पालिकाका भित्रका सबै बालबालिकालाई पूर्ण खोप लगाए सँगै पूर्ण खोप सुनिश्चितता पालिका तथा दिगोपना घोषणा गरिएको पालिकाको स्वास्थ्य शाखाले जानकारी दिएको छ । जन्मे देखि १५ महिनासम्म हरेक बालबालिकाले खोप लगाइ सक्नु पर्नेमा त्यसमा छुटेकाहरूलाई १६ देखि ५९ महिना भित्र सो खोप लगाउनु पर्ने हुन्छ । पालिकाको स्वास्थ्य शाखाका अनुसार चालू आर्थिक वर्ष २०८०/०८१ मा १ हजार ८ सय ६७ जनाले पूर्ण खोप लगाएका छन् । राष्ट्रिय खोप तालिकाअनुसार पालिकामा रहेका ६ वटै वडाका खोप लगाउने उमेर समूहका बालबालिकाले खोप लगाएको सुनिश्चित गरिएपछि पूर्ण खोपयुक्त…
पुरा पढ्नुहाेस्

मौसम पूर्वानुमान: यी प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ । नेपालको हाल पूर्वी भूभागमा मनसुनी प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै बाँकी भूभागमा भने स्थानीय वायु, पश्चिमी वायु तथा बिहार आसपास बनेको न्यून चापीय  क्षेत्रको आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ। जसको प्रभावले कोशी, मधेस र बागमती प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली भई बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ। कोशी प्रदेशको थोरै स्थानहरूमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ। आज दिउँसो कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेशका…
पुरा पढ्नुहाेस्
कठरिया भाषा जाेगाउन सहकार्य आवश्यक

कठरिया भाषा जाेगाउन सहकार्य आवश्यक

पहलमानपुर । कठरिया समुदायकाे भाषा, संस्कृति र माैलिक पहिचान जाेगाउन सबैकाे सहकार्य आवश्यक रहेकाे एक कार्यक्रमका बक्ताहरुले औंल्याएका छन् । एस.आई. एल ईन्टरनेशनल नेपालले कैलालीको घाेडाघाेडी नगरपालिकामा आयाेजना गरेकाे स्थानिय परियाेजना सल्लाह समितीकाे बैठकका सहभागीहरुले साे कुरा औंल्याएका हुन् । पछिल्लाे समय कठरिया समुदायको भाषा दिनानुदिन अन्य भाषीहरुकाे प्रभावमा परिरहेकाे कारणले साेकाे संरक्षण, सम्बर्द्धनका लागि मातृभाषी स्वयम्, स्थानीय सरकार, भाषा सम्बन्धि काम गर्ने संघ, संस्था र अन्य सराेकारवालहरुकाे सहकार्य र सक्रियता आवश्यक रहेकाे सहभागिहरुले बताए । कठरिया समुदायकाे बासाेबास रहेकाे १५ वटा कठरिया गाउँहरुमा कठरिया भाषा पढाई प्रवाह परियाेजना लागु गरिएकाे थियाे । परियाेजना एस.आई.एल.ईन्टरनेशल नेपाल र हिमाली आदिवासी समाज…
पुरा पढ्नुहाेस्

मौसम पूर्वानुमान: यी प्रदेशमा हावाहुरी, मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौँ । देशभर हाल स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले शनिबार आज कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै स्थानहरूमा हावा हुरीको पनि सम्भावना रहेको छ । आइतबार कोशी प्रदेश लगायत बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेश लगायत…
पुरा पढ्नुहाेस्