नाैलाेप्रेस डेस्क

655 Posts
आज महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६औँ जन्मजयन्ती मनाइँदै

आज महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६औँ जन्मजयन्ती मनाइँदै

काठमाडौं । नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६औँ जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । महाकवि देवकोटाको जन्म विसं १९६६ मा कात्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन काठमाडौंको डिल्लीबजारमा भएको थियो । दश वर्षको उमेरमा कविता लेख्न सुरु गरेका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प्रकाशित छन् । उनले नेपाली साहित्यलाई सयभन्दा बढी कृति दिएका छन् । यी कृतिका माध्यमबाट देवकोटाले नेपाललाई अन्तर्राष्ट्रियस्तरमा समेत चिनाएका छन् । नेपाली साहित्यमा आधुनिक महाकाव्य लेखनको थालनी गरेका उनको ‘मुनामदन’ खण्डकाव्य नेपाली भाषामा प्रकाशित हालसम्म सबैभन्दा बढी बिक्री भएको पुस्तक हो…
पुरा पढ्नुहाेस्
धनधान्य एवं ऐश्वर्यकी देवी लक्ष्मीपूजा आज मनाइँदै

धनधान्य एवं ऐश्वर्यकी देवी लक्ष्मीपूजा आज मनाइँदै

काठमाडौं । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइँदै छ । सफासुग्घर र लिपपोत गरिएको घरमा मात्र लक्ष्मीले बास गर्छिन् भन्ने मान्यता छ । यसै आधारमा आज बिहानै घर सफा सुग्घर र गाईको गोबर एवं रातोमाटोले लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ । आज विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, संघार, कौसी, अटाली र भर्‍याङलगायत स्थानमा सरसफाइ गरी दीपावली गरिन्छ । यस पर्वलाई दीपमालिका पनि भनिन्छ । लक्ष्मीपूजा गरिने कात्तिक कृष्ण औँसीको रातलाई सुखरात्रि पनि भनिन्छ । वर्षभर मनाइने चार प्रमुख रात्रिमध्ये यो पनि एक हो…
पुरा पढ्नुहाेस्
आज कुकुर तिहार मनाइँदै

आज कुकुर तिहार मनाइँदै

काठमाडौँ । नेपालीको दोस्रो ठूलो चाड तिहारको आज तेस्रो दिन । आज घर घरमा सुरक्षा गर्ने कुकुरलाई पूजा आराधनासहित मीठामीठा खानेकुरा खान दिएर सम्मान गरी मनाइँदैछ । कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भए पनि यसवर्ष तिथिको घटबढका कारण तेस्रो दिन पर्न गएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । समितिका सदस्य एवं वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका अध्यक्ष प्राडा देवमणि भट्टराई नरके चतुर्दशी र कुकुर तिहार सूर्योदय कालमा चतुर्दशी भएको दिन मनाउनुपर्ने बताउँछन् । कात्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई मीठा मीठा परिकार खान दिए यमराजको ढोकामा द्वारपालका रूपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा…
पुरा पढ्नुहाेस्
मौसम पूर्वानुमानः पश्चिमी वायुको प्रभाव कायमै, यी प्रदेशमा हुनेछ वर्षा

मौसम पूर्वानुमानः पश्चिमी वायुको प्रभाव कायमै, यी प्रदेशमा हुनेछ वर्षा

काठमाडौँ । देशभर पश्चिमी वायुको साथै पहाडी भूभागमा स्थानीय वायुको समेत आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले बिहीबार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रहेको छ । आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोशी, बागमती, गण्डकी प्रदेशका पहाडी भूभागका थोरै तथा बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू‍–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ आज…
पुरा पढ्नुहाेस्
आइसीसी विश्वकप लिग–२, स्कटल्याण्डसँग नेपालले आज खेल्दै

आइसीसी विश्वकप लिग–२, स्कटल्याण्डसँग नेपालले आज खेल्दै

काठमाडौँ । जारी आइसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिज अन्तर्गत स्कटल्याण्डसँग नेपालले आफ्नो दोस्रो खेलमा आज खेल्दैछ। खेल नेपाली समय अनुसार राति ९ः १५ बजेदेखि डल्लासस्थित ग्राण्ड प्रेरी स्टेडियममा शुरु हुनेछ। यस सिरिजको पहिलो खेलमा स्कटल्याण्डले अमेरिकालाई १० विकेटले पराजित गर्दै विजयी शुरुवात गरेको छ भने नेपाल आफ्नो पहिलो खेलमा अमेरिकासँग पराजित भएको छ। नेपाल र स्कटल्याण्डबीच अहिलेसम्म ६ एकदिवसीय खेल भएका छन्। जसमा नेपालले ३ र स्कटल्याण्डले ३ खेल जितेका छन्। दुवैबीच पछिल्लो खेल २०२३ को फेब्रुअरीमा भएको थियो। क्यानले यस सिरिजका लागि रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टिमको घोषणा गरेको हो। नेपाली टिममा देव खनाल र…
पुरा पढ्नुहाेस्
कैलालीमा लागूऔषधसहित ५ जना पक्राउ

कैलालीमा लागूऔषधसहित ५ जना पक्राउ

कैलाली । कैलालीमा विभिन्न स्थानबाट ३३ ग्राम दुई सय ७० मिलिग्राम खैरी हेरोइनसहित ५ जनालाई पक्राउ परेका छन । पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–१ साथी होटल पछाडीको गल्लीबाट वडा नम्बर २ बस्ने २४ वर्षीय उमेश चौधरी र लखिमपुर पलिया भारत बस्ने २५ वर्षीय प्रदिप मौरे रहेका छन । उक्राउ परेका उनीहरूको साथबाट १० ग्राम लागूऔषध बरामद गरिएको छ। यस्तै अछाम चौरपाटी गाउँपालिका–१ स्थायी घर भई हाल कैलालीको धनगढी उपमहानगरपालिका–४ बस्ने प्रियंका होटेल संचालक ३६ वर्षीय बिजय साउँदलाई पनि पक्राउ गरिएको छ। उनको साथ बाट तीन ग्राम तीन सय ८० खैरो हेरोइन बरामद गरिएको हो। यस्तै कैलाली टिकापुर नगरपालिका–९ खग्रौला चेक पोष्ट…
पुरा पढ्नुहाेस्
चाडपर्व लक्षित बजार अनुगमनः खसीको भन्दै बाख्राको मासु बिक्री गरेपछि

चाडपर्व लक्षित बजार अनुगमनः खसीको भन्दै बाख्राको मासु बिक्री गरेपछि

सिरहा । चाडपर्वको बेलामा सिरहामा खसीको भनेर बाख्राको मासु बिक्री गरेको पाइएको छ । चाडपर्व लक्षित बजार अनुगमनलाई तीब्र बनाएको लहान नगरपालिकाले अनुगमनको क्रममा खसीको भनेर बाख्राको मासु बिक्री गरेको पाएको हो। समाचार स्रोतका अनुसार उपप्रमुख रामचलितर महतोको संयोजकत्वमा भएको बजार अनुगमनका क्रममा खसीको भनेर बाख्राको मासु बेच्ने पसलेलाई रु. पाँच हजार जरिवाना समेत गरिइएको छ। तर, पसलेको विवरण भने खुलाइएको छैन। यसैगरी ग्राहकको भीडभाड हुने लहान बर्गर हाउसले खानेतेल गुणस्तरहीन प्रयोग गरेको भनी रु ११ हजार जरिवान गरिएको उपप्रमुख महतोले जानकारी दिएका छन्। अनुगमन टोलीमा इलाका प्रशासन, घरेलु, प्रहरी, पत्रकारलगायतको सहभागिता थियो। उपभोक्ताबाट बजारमा ठगी भइरहेको भन्ने गुनासोपछि बजार…
पुरा पढ्नुहाेस्
यस्तो छ आजको मौसम पूर्वानुमान

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर पश्चिमी वायुको साथै पहाडी भू(भागमा स्थानीय वायुको समेत आंशिक प्रभाव रहेकाले पहाडी भूभागमा आंशिक आंशिक बदली रही बाँकी भू(भागहरूमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको जनाएको छ। आज दिउँसो देशका पहाडी भू(भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू(भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ। त्यस्तै कोशी प्रदेश लगायत देशका पहाडी भू(भागका एक(दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। मंगलबार राति कोशी प्रदेश लगायत देशको पहाडी भू(भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू(भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ।
पुरा पढ्नुहाेस्
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । मङ्गलबार आजको लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २३ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८३ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४५ रुपैयाँ २१ पैसा र बिक्रीदर एक सय ४५ रुपैयाँ ८६ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७४ रुपैयाँ २१ र बिक्रीदर एक सय ७४ रुपैयाँ ९९ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५४ रुपैयाँ ९६ पैसा र बिक्रीदर एक सय ५५ रुपैयाँ ६५ पैसा कायम गरिएको छ । अष्ट्रेलियन…
पुरा पढ्नुहाेस्
आजदेखि यमपञ्चक अर्थात तिहार सुरु

आजदेखि यमपञ्चक अर्थात तिहार सुरु

काठमाडौँ । हिन्दूहरुको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि विधिवत् रुपमा आरम्भ हुँदैछ । बिहान ११ः०१ बजेसम्म द्वादशी र त्यसपछि त्रयोदशी तिथि लाग्ने भएकाले आजदेखि तिहार सुरु भएको हो । बिहान ११ः०१ बजेपछि कार्तिक कृष्ण त्रयोदशी तिथि परेकाले आज धनतेरस अर्थात् धनत्रयोदशी पर्व मनाउनुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । यस वर्ष यमदीपदान भने बुधबारदेखि सुरु हुनेछ । काग तिहार पनि कात्तिक १४ गते बुधबार नै परेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए । बिहान त्रयोदशी परेका दिन धनतेरस अर्थात धनत्रयोदशी र बेलुकी त्रयोदशी तिथि परेका दिन यमदीपदान सुरु हुने शास्त्रीय नियम छ । यमपञ्चकका अवसरमा…
पुरा पढ्नुहाेस्