प्रदेश ब्यापी बिधालय स्तरीय फुटबल प्रतियोगिता : छात्र/छात्राको क्वाटर फाईनल समीकरण पूरा
बर्दगोरिया । कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिकामा जारि बिधालय स्तरीय प्रदेश व्यापी छात्र/छात्रा फुटबल प्रतियोगिताको क्वाटर फाईनल समीकरण पूरा भएको छ । बर्दगोरिया स्पोर्ट्स एण्ड इभेन्टसको आयोजनामा मंसिर २ गते देखि संचालन भएको प्रतियोगितामा सोमबार छात्र र छात्रा तर्फको क्वाटरफाइनल समीकरण पूरा भएको हो । क्वाटरफाईनलका खेलहरु मंगलबार बाट सुरु हुनेछन । जसमा बिहान छात्रा तर्फको पहिलो खेलमा खडक मेमोरियल का विरुद्ध राष्ट्रिय माध्यामिक बिधालय देवकलिया बीचको खेल बिहान ८ बजे हुने छ , भने बिहान १० बजे छात्र तर्फको पहिलो क्वाटरफाईनल खेलमा कर्णाली माध्यामिक बिधालय सत्तीका विरुद्ध हेबन गार्डेन जोशिपुर बिच खेल हुने छ । यसै गरि दिउँसो…
















