नाैलाेप्रेस डेस्क

833 Posts

यी ६ प्रदेशमा आज भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ।   जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार बिहान कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न भूभागमा वर्षा भइरहेको छ। दिउँसो सबै प्रदेशका पहाडी भू(भागमा साधारणतया बदली रही बाँकी भू(भागमा आंशिक बदली रहने पूर्वानुमान छ। दिउँसो बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू(भागका धेरै स्थानहरूमा तथा बाँकी भू(भागका केही स्थानहरूमा मेघगर्जनरचट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। त्यस्तै कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक(दुई स्थानमा भारी…
पुरा पढ्नुहाेस्
हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

काठमाडौं । हात्तीको आक्रमणबाट बिर्तामोड–७ मा एक जनाको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालयका नायब प्रहरी उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार बिहीबार बिहान शौचालय जान घरको आँगनमा निस्किएका ५९ वर्षीय लोकप्रसाद लिम्बू हात्तीको आक्रमणमा परेका हुन्। हात्तीको आक्रमण बाट गम्भीर घाइते भएका उनको घटनास्थलमा नै मृत्यु भएको हो।
पुरा पढ्नुहाेस्
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ। नेपाल राष्ट्र बैङ्कले आज (बिहीबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ८३ पैसा र बिक्रीदर १३७ रुपैयाँ ४३ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६० रुपैयाँ ९५ पैसा र बिक्रीदर १६१ रुपैयाँ ६६ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १८७ रुपैयाँ ५३ पैसा र बिक्रीदर १८८ रुपैयाँ ३५ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १७२ रुपैयाँ ६१ पैसा र बिक्रीदर १७३ रुपैयाँ ३७ पैसा कायम गरिएको छ । राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य…
पुरा पढ्नुहाेस्
रास्वपा सचिवालय बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा

रास्वपा सचिवालय बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा

काठमाडौँ । प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दै छ । बैठक आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने भएको हो । बैठकमा समसामयिक पार्टी र राजनीतिक गतिविधि, रुपन्देही क्षेत्र नम्बर ३ उपनिर्वाचन सम्बन्धमा छलफल हुनेछ । साथै बैठकमा कुलिङ पिरियडमा भइरहेको विवाद र संसद्मा आफ्नो पार्टीले गर्दै आएको विरोधको बारेमा पनि छलफल हुने बताइएको छ ।
पुरा पढ्नुहाेस्
किसानलाई २२ प्रजातिका बिरुवा निःशुल्क वितरण

किसानलाई २२ प्रजातिका बिरुवा निःशुल्क वितरण

तनहुँ । जिल्लाका किसानलाई डालेघाँसको सहज व्यवस्था होस् भन्ने उद्देश्यले डिभिजन वन कार्यालय तनहुले २२ प्रजातिका बिरुवा निःशुल्क वितरण गरेको छ । उक्त कार्यालयले यो वर्ष किसानलाई ४० हजार बिरुवा वितरण गर्ने लक्ष्य लिएको जनाएको छ । सहायक वन अधिकृत राजकुमार श्रेष्ठका अनुसार किसानलाई कार्यालयको नर्सरीमा उत्पादित चाँप, खयर, निम, चिउरी, कटहर, बकाइनो, राइखन्यु, निमारो, अमला, हर्रो, टिमुर, बडहर, तेजपात, कुरिलो, कपुर, धुपी, अशोका, बेल, वर, पिपल, म्याङ्गोस्टिक, कल्कीफूलका बिरुवा वितरण गरिएको हो । गत आर्थिक वर्षमा कार्यालयले ८२ हजार बिरुवा वितरण गरेको थियो । जिल्लाका कूल क्षेत्रफलमध्ये करीब ७२ हजार ८० हेक्टर वनले ओगेटेको छ । जिल्लाभर ६ सय…
पुरा पढ्नुहाेस्
एसईई नतिजा; नोबेल मा.बि. ले गर्‍यो उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई नगद सहित सम्मान

एसईई नतिजा; नोबेल मा.बि. ले गर्‍यो उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई नगद सहित सम्मान

बर्दगोरिय । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर १ मा सञ्चालित नोबेल माध्यमिक विद्यालयले शैक्षिकसत्र २०८१ को एसईई परीक्षामा पालिकामै सर्वोत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई नगत सहित सम्मान गरेको छ । विद्यालयले मंगलबार एक कार्यक्रमको आयोजना गर्दै शैक्षिकसत्र २०८१ को एसईई परीक्षामा पालिकामै सर्वोत्कृष्ट जिपिए ल्याउदै प्रथम,द्दितिय, तृतीय र  चौथो स्थान हासिल गर्ने भावना कुमारी बम, पुजा पुरी, धर्म सिंह शेठ्ठी र झरना भण्डारीलाइ क्रमशः जनही नगद ५०००, ४०००, ३००० र २००० सहित सम्मान गरेको हो । राष्ट्रिय परिक्षा बोर्डले गत शनिबार सार्वजनिक गरेको एसईई परिक्षाको नतिजामा भावना कुमारी बमले ३.८७ जिपिए ल्याउँदै बर्दगोरिया गाउँपालिकामा प्रथम स्थान हासिल गर्न सफल भएकी हुन…
पुरा पढ्नुहाेस्

मौसम पूर्वानुमान; देशभर मनसुनी वायुको प्रभाव, यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानबाट उत्तर तर्फ पश्चिम नेपालको केही नजिक रहेको छ। जसको प्रभावले हाल बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ । मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ । लुम्बिनी प्रदेशको एक–दुई स्थानमा भारी वर्षा पनि भइरहेको छ। आज दिउँसो देशभर साधरणतया बदली रहनेछ। बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भूभागका केही स्थानहरूमा तथा…
पुरा पढ्नुहाेस्
मंगलबार देखि लागुहुने गरि पेट्रोलियम पदार्थको मूल्यवृद्धि

मंगलबार देखि लागुहुने गरि पेट्रोलियम पदार्थको मूल्यवृद्धि

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा उच्च मूल्यवृद्धि गरेको छ । आयल निगमले साेमबार प्रेस विज्ञप्ति जारी गर्दै यसबारेमा जानकारी दिएकाे हाे । निगमले मंगलबारबाट लागू हुने गरी पेट्रोलमा ५ रुपैयाँ र डिजेल तथा मट्टितेलमा ४ रुपैयाँले मूल्य बढाइएको छ । त्यस्तै आन्तरिक हवाई इन्धनमा ७ रुपैयाँ र अन्तर्राष्ट्रिय हवाई इन्धनमा प्रति किलोलिटर ६० डलर मूल्य बढेको छ ।
पुरा पढ्नुहाेस्
एसईई नतिजाः नवलपुर बालबाटीका र आदर्श सामुदायिक विद्या मन्दिर सत प्रतिशत विद्यार्थी उत्तीर्ण  गराउन सफल

एसईई नतिजाः नवलपुर बालबाटीका र आदर्श सामुदायिक विद्या मन्दिर सत प्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल

बर्दगोरिया । शैक्षिक सत्र २०८१ को माध्यमिक शिक्षा परीक्षा (एसईई) मा कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर २ मा सञ्चालित नवलपुर बालबाटीका विद्या मन्दिर र आदर्श सामुदायिक विद्या मन्दिरले सत प्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल भएका छन । पालिकाका ६ वटा सामुदायिक र ३ वटा संस्थागत माध्यमिक विद्यालयलाई पछि पार्दै संस्थागत विद्यालयका रूपमा सञ्चालित नवलपुर बालबाटीका विद्या मन्दिर र आदर्श सामुदायिक विद्या मन्दिरले पालिकामै सत प्रतिशत विद्यार्थी उर्तिण गराउन सफल भएका हुन । नवलपुर बालबाटीका विद्या मन्दिरले विद्यालयमा अध्ययनरत १९ जना विद्यार्थी हरूलाई सत प्रतिशत उर्तिण गराउन सफल भएको हो । जसमा १ जनाले ( A+) ग्रेड, ११ जनाले (A )…
पुरा पढ्नुहाेस्
एस.ई.ई. परीक्षा; नोबेल मा.वि बन्यो उत्कृष्ट नतिजा ल्याउँदै बर्दगोरियामा प्रथम

एस.ई.ई. परीक्षा; नोबेल मा.वि बन्यो उत्कृष्ट नतिजा ल्याउँदै बर्दगोरियामा प्रथम

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर १ मा सञ्चालित नोबेल माध्यमिक  विद्यालयले शैक्षिक सत्र २०८१ को एस. ई.ई. परीक्षामा पालिकामै उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ । पालिकाका ६ वटा सामुदायिक र ४ वटा संस्थागत माध्यमिक विद्यालयलाई पछि पार्दै संस्थागत विद्यालयका रूपमा सञ्चालित नोबेल माध्यमिक विद्यालय पालिकामै उत्कृष्ट नतिजा सहित प्रथम हुन सफल भएको छ । नोबेल माध्यमिक विद्यालय अघिल्लो शैक्षिक सत्रमा पालिकामै समेत उत्कृष्ट नतिजा ल्याउन सफल विद्यालय हो । यस शैक्षिक सत्र २०८१ मा पनि ३.८७ जिपिए ल्याउँदै प्रथम, ३.८४ र ३.७८ जिपिए ल्याउँदै पालिकामै द्वितीय र तृतीय स्थान हासिल गर्न सफल भएको हो । विद्यालयमा नियमित…
पुरा पढ्नुहाेस्