नाैलाेप्रेस डेस्क

972 Posts
नेपाली कम्युनिस्ट पार्टीले दियो घरदैलो कार्यक्रमलाई तीव्रता

नेपाली कम्युनिस्ट पार्टीले दियो घरदैलो कार्यक्रमलाई तीव्रता

बौनिया । प्रतिनिधि सभा सदस्य पदको निर्वाचन नजिकिँदै गएसँगै नेपाली कम्युनिस्ट पार्टी कैलाली क्षेत्र नम्बर २ ले प्रचारप्रसार तथा घरदैलो कार्यक्रमलाई तीव्रता दिएको छ। नेपाली कम्युनिस्ट पार्टीबाट कैलाली क्षेत्र नं २ को प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार नन्दबहादुर साउद ले आफ्नो चुनावी प्रचारप्रसारलाई तीव्रता दिने क्रममा आइतबार कैलाली बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ मा चुनावी प्रचार तथा घरदैलो कार्यक्रम सम्पन्न गरेका हुन् । घरदैलो कार्यक्रममा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार साउदले प्रत्येक वडाबासीको घरघरमा पुगी आफ्नो एजेन्डासहित फागुन २१ गते हुने निर्वाचनमा आफ्नो चुनाव चिन्ह तारामा मतदान गरी निर्वाचित गराइदिन आम जनताहरूमा अनुरोध गरेका थिए। सोही क्रममा उनले २०७५ सालमा भएको…
पुरा पढ्नुहाेस्
न्यू साहारा बचत तथा ऋण सहकारी संस्थाको १३ औं वार्षिक साधारण सभा सम्पन्न

न्यू साहारा बचत तथा ऋण सहकारी संस्थाको १३ औं वार्षिक साधारण सभा सम्पन्न

बर्दगोरिया । कैलालीको बर्दगोरिया बर्दगोरिया गाउँपालिका वडा नम्बर १ मा सञ्चालित न्यु सारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ। शनिबार संस्थाका अध्यक्ष ज्योति टमटाको अध्यक्षतामा भएको वार्षिक साधारणसभाको प्रमुख अतिथि बर्दगोरिया गाउँपालिका का अध्यक्ष कर्णबहादुर कुँवर रहेका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष कर्णबहादुर कुँवरले केही व्यक्तिको आफ्नो आन्तरिक स्वार्थका कारण संस्था धरापमा राखेको भएपनि पछिल्लो कार्यसमितिले संस्थालाई पुन संस्थालाई क्रमश रुपमा माथि उचालेको छ। संस्थाले आगामी दिनमा निरन्तर उन्नति प्रगति गर्दै जाओस् भन्ने शुभकामना सहित पालिकाको तर्फबाट हुने सहयोगमा आफू निरन्तर अग्रसर रहेको बताए। सोही क्रममा उनले यदि संस्थाले आफ्नो भवन…
पुरा पढ्नुहाेस्
ट्रम्पले भने क्युबालाई तेल उपलब्ध गराउने देशमाथि भन्सार दर बढाउने 

ट्रम्पले भने क्युबालाई तेल उपलब्ध गराउने देशमाथि भन्सार दर बढाउने 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पल क्युबालाई तेल उपलब्ध गराउने देशमाथि भन्सार दर बढाउने धम्की दिएका छन्। बिहीबार ह्वाइट हाउसमा पत्रकारहरूसँगको कुराकानीमा ट्रम्पले क्युबालाई तेल दिने देशहरूमाथि भन्सार बढाउने चेतावनी दिएका हुन्। उनले कुन देशलाई कति प्रतिशत भन्सार बढाउने भन्न चाहिँ नखुलाएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ। क्युबालाई मुख्यगरी भेनेजुएलाले तेल आपूर्ति गर्दै आएको थियो। रूस र मेक्सिको पनि क्युबाको तेल आपूर्तिकर्ता हो। पछिल्लो महिना अमेरिकाले भेनेजुएलामा हमला गरी त्यहाँका राष्ट्रपति निकोलस मदुरोलाई अपहरण गरेर न्युयोर्क ल्याएको थियो।  त्यसअघि नै भेनेजुएलाको अर्थतन्त्र खराब हुँदै गएपछि उसले क्युबालाई पर्याप्त मात्रामा तेल निर्यात गर्न सकेको थिएन। मदुरोको सरकार ढालेपछि अमेरिकी राष्ट्रपति ट्रम्पले क्युबाको…
पुरा पढ्नुहाेस्
नयाँ रेकर्ड सहित २० हजारले घट्यो सुनको मूल्य सुनको

नयाँ रेकर्ड सहित २० हजारले घट्यो सुनको मूल्य सुनको

काठमाडौँ । नेपाली बजारमा आज (शुक्रबार) सुनचाँदीको मूल्य घटेको छ। बिहीबार प्रतितोला २० हजार पाँच सय रूपैयाँ बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको सुनको भाउ आज (शुक्रबार) प्रतितोला २० हजार पाँच सय रूपैयाँ नै घटेको हो। उक्त दिन सुन प्रतितोला तीन लाख ३९ हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख १८ हजार आठ सय रूपैयाँ पुगेको छ। यस्तै, बुधबार चाँदीको मूल्य पनि घटेको छ। बिहीबार तोलामा सात हजार पाँच सय पाँच रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार सात हजार ६५ रूपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला चार सय…
पुरा पढ्नुहाेस्
सहिद दिवसको अवसरमा प्रचण्डले भने सहितका सपना अझै अधुरा छन्

सहिद दिवसको अवसरमा प्रचण्डले भने सहितका सपना अझै अधुरा छन्

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहिद दिवसको अवसरमा शुभकामना दिदै सहिदका सपना अझै पूरा नभएको बताएका छन्। उनले राष्ट्र, राष्ट्रियता, लोकतन्त्र र सामाजिक न्यायका लागि जीवन आहुति दिने सम्पूर्ण ज्ञात–अज्ञात सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै यस्तो धारणा राखेका हुन्। प्रचण्डले नेपालको परिवर्तनको इतिहास सहिदहरूको रगतले लेखिएको बताए। उनले सन्देशमा सामन्ती राणा शासनविरुद्ध लड्ने लखन थापा, बाँकाबीर र चार सहिद (शुक्रराज, धर्मभक्त, दशरथ, गंगालाल) देखि पञ्चायती काल, जनयुद्ध, जनआन्दोलन तथा मधेस र थारू आन्दोलनको स्मरण गरे। विशेष गरी उनले पछिल्लो समयको जेनजी आन्दोलनका सहिदहरूको बलिदानलाई समेत समेट्दै यी सबै संघर्षको साझा उद्देश्य सामन्तवाद र विभेद अन्त्य गरी लोकतन्त्र…
पुरा पढ्नुहाेस्
नेपाली कम्युनिस्ट पार्टी बर्दगोरिया ६ को निर्वाचन पार्टी सम्पर्क कार्यालयको नन्द बहादुर साउँदले गरे उद्घाटन

नेपाली कम्युनिस्ट पार्टी बर्दगोरिया ६ को निर्वाचन पार्टी सम्पर्क कार्यालयको नन्द बहादुर साउँदले गरे उद्घाटन

बौनिया । नेपाली कम्युनिस्ट पार्टी नेकपाले कैलाली क्षेत्र नं २ मा चुनावी प्रचार प्रसारलाई तीव्रता दिएको छ । आसन्न फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा निर्वाचनको समय नजिकिँदै गर्दा नेपाली कम्युनिस्ट पार्टी नेकपाले कैलाली क्षेत्र नं २ मा चुनावी प्रचार प्रसारलाई तीव्रता दिएको हो ।   चुनावी प्रचार प्रसारलाई तीव्रता दिने क्रममा पार्टीले निर्वाचन क्षेत्र का विभिन्न वडा तथा पालिकामा निर्वाचन पार्टी सम्पर्क कार्यालयको समेत उद्घाटन गर्दै आएको छ । सोही अनुसार बिहीबार बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ मा निर्वाचन पार्टी सम्पर्क कार्यालयको उद्घाटन गरेको । कार्यालयको कैलाली क्षेत्र नं २ प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार नन्द बहादुर साउँद…
पुरा पढ्नुहाेस्
विभिन्न ठाउँमा हिमपातसहित वर्षाको सम्भावना

विभिन्न ठाउँमा हिमपातसहित वर्षाको सम्भावना

काठमाडौँ । मंगलबार रातिदेखि बुधबार दिउँसोसम्म विभिन्न ठाउँमा हिमपातसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। आज राती गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा मध्यम हिमपात र वर्षाको सम्भावना छ । भोलि सबै प्रदेशका उच्च पहाडी तथा हिमाली भू‍–भागका केही स्थानहरूमा मध्यम हिमपातरवर्षाको सम्भावना रहेको छ।   साथै गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका बाँकी भू–भागका केही स्थानहरूमा मध्यम वर्षा तथा बागमती प्रदेश, मधेस प्रदेश र कोशी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा र कोशी प्रदेशको तराईको एक–दुई स्थानमा हल्का वर्षाको पनि सम्भावना रहेको छ ।  
पुरा पढ्नुहाेस्
माघ २५ भित्र बजेटको अर्धवार्षिक समीक्षाः आकार घटाउने तयारी

माघ २५ भित्र बजेटको अर्धवार्षिक समीक्षाः आकार घटाउने तयारी

काठमाडौँ । अर्थ मन्त्रालयले चालु आर्थिक वर्षको बजेटको अर्धवार्षिक समीक्षा माघ २५ गतेभित्र सार्वजनिक गर्ने तयारी गरेको छ । मन्त्रालयले पुस दोस्रो सातादेखि बजेट अर्धवार्षिक समीक्षा सुरु गरिरहेको छ । बजेट तथा कार्यक्रम महाशाखा प्रमुख सुमन दाहाललाई संयोजक तोकेर मन्त्रालयले काम गरिरहेको हो । मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेयले मन्त्रालयले बजेटको अर्धवार्षिक समीक्षा तथा बजेट कार्यान्वयनका क्रममा देखा परेका समस्या समाधानका लागि भएका पहल समेतको विश्लेषण गरिरहेको बताए । उनका अनुसार समितिले तीव्र रुपमा बजेट अर्धवार्षिक समीक्षाको तयारी गरिरहेको छ । मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेयले बजेट समीक्षाको काम तीव्र गतिमा भइरहेको र माघ २० देखि २५ गतेभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको…
पुरा पढ्नुहाेस्
बर्दगोरिया-६ स्थित जगतपुर गाउँमा भलमन्सा (बडघर) चयन

बर्दगोरिया-६ स्थित जगतपुर गाउँमा भलमन्सा (बडघर) चयन

कैलाली । जिल्लाको बर्दगोरिया गाउँपालिका -६ जगतपुर गाउँमा आज भलमन्सा (बडघर) चयन गरिएको छ । भलमन्सामा जीवन डगौरा निर्वाचित भएका छन् जीवन अघिल्लो वर्ष पनि लोकप्रिय मत सहित निर्वाचित भएका थिए यस्तै  चौकीदारमा अनिता चौधरी निर्वाचित भएकी छन अनिता पनि अघिल्लो वर्ष पनि चुनाव जितेरै चौकिदारमा निर्वाचित भएकी थिइन् । आज भएको (खोज्नी बोज्नी) भलमन्सा र चौकीदार चयन प्रकृया सर्वसम्मतरूपमा गर्ने प्रयास गरिएपनि एक पदमा २/२ जना उम्मेदवार तयार भएपछि निर्वाचन मार्फत चयन गरिएको जनाइएको छ । थारु बाहुल्य क्षेत्रमा हरेक वर्ष थारु समुदायको नयाँ वर्षको रूपमा मनाइने माघको अवसरमा महिनाभरि सर्वसम्मत रूपमा भलमन्सा, चौकीदार र गुरुवा चयन गर्ने प्रचलन…
पुरा पढ्नुहाेस्
सेवा निवृत्त हुनुभएका जन स्वास्थ्य अधिकृत जोशीको विदाई 

सेवा निवृत्त हुनुभएका जन स्वास्थ्य अधिकृत जोशीको विदाई 

बौनिया । सेवा निवृत्त हुनुभएका जन स्वास्थ्य अधिकृत कृष्णदेव जोशीको बिहीबार एक औपचारिक कार्यक्रमका बीच विदाई गरिएको छ । २०५२ सालदेखि साविक कोटातुल्सीर स्वास्थ्य केन्द्रबाट स्वास्थ्य सेवा दिदै आएका जोशीको बिहिबार एक औपचारिक कार्यक्रम बीच विदाई गरिएको हो। आफ्नो कार्यकालमा आफ्नो व्यक्तिगत स्वार्थभन्दा पनि आफू कार्यरत रहेको स्थानका नागरिकको स्वास्थ्यप्रति निकै नै जिम्मेवारी रही आफ्नो कार्यकुशलता निर्वाह गरेका थिए। साविक कोटा तुल्सीपुर स्वास्थ्य चौकीबाट आफ्नो स्वास्थ्यकर्म सुरु गरेका जोशी विभिन्न स्वास्थ्य संस्थाबाट सेवा प्रभाव गर्दै हाल पुन बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ मा रहेको कोटातुल्सीपुर स्वास्थ्यचौकी स्वास्थ्य प्रमुख पदमा रहेका थिए। बिहीबार जनस्वास्थ्य अधिकृत जोशीको एक औपचारिक कार्यक्रमका बीच ससम्मानसहित…
पुरा पढ्नुहाेस्