
श्री मोति भागिरथी आधारभूत विद्यालयको तीन कोठे पक्की भवन शिलान्यास
बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर २ मा रहेको श्री मोति भागिरथी आधारभूत विद्यालयको तीन कोठे पक्की भवन निर्माण हुने भएको छ । विल्डअन नेपाल, बर्दगोरिया गाउँपालिका र मोति भागिरथी आधारभूत विद्यालयको त्रिपक्षीय साझेदारीमा विद्यालयको तीन कोठे पक्की भवनसहित दुई कोठे पक्की शौचालय बन्ने भएको हो । सो विद्यालयमा निर्माण हुने पक्की भवनको शुक्रबार बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुवरले शिलान्यास गर्नुभएको छ । विद्यालयको पक्की भवनको शिलान्यास भएसँगै निर्माण कार्य सुरु भएको विद्यालयका प्रधानाध्यापक टेक बहादुर बमले बताउनुभयो । विद्यार्थीहरुको पठनपाठनमा सजिलो होस् भनेर भवन निर्माण गर्न लागिएको उहाँले बताउनुभयो । तीन कोठे विद्यालय भवनको शिलान्यास गर्दै पालिका…