
नमुना ग्रामीण विद्युत सहकारी संस्था लि.को १९ औं बार्षिक साधारण सभा सम्पन्न
बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ मा रहेको नमुना ग्रामीण बिधुत सहकारी संस्थाको १९ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । सहकारी संस्थाका अध्यक्ष भिम बहादुर जाब्लिको सभापतित्वमा शनिबार सम्पन्न भएको कार्यक्रमका प्रमुख अतिथि बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष जगत बहादुर शाही रहेका थिए । कार्यक्रमका प्रमुख अतिथी शाहिले वडा नम्बर ४ को बिकास र समृद्धिका लागी आफू दिनरात नभनी लागी रहेको बताए । संस्थाले राम्रो काम गरेको छ ,अझै प्रगती गरोस भन्ने शुभकामना ब्यक्त गरे । वडा अध्यक्ष शाहिले आफुले कसैलाई पाखा र काखा नगरी काम गरि रहेको बताउदै आगामी दिनमा थप नमुना ग्रामीण…