नाैलाेप्रेस डेस्क

972 Posts
ट्रेड युनियन अधिकार कटौती भए आन्दोलनमा आउने निजामती कर्मचारीको चेतावनी

ट्रेड युनियन अधिकार कटौती भए आन्दोलनमा आउने निजामती कर्मचारीको चेतावनी

काठमाडौँ । संघीय निजामती विधेयकमा प्रस्तावित प्रावधानप्रति असन्तुष्टि जनाउँदै निजामती क्षेत्रमा क्रियाशील विभिन्न ट्रेड युनियनहरूले अधिकार कटौती नगर्न सरकारलाई आगह गरेका छन् ।   नेपाल निजामती कर्मचारी संगठन, नेपाल निजामती कर्मचारी युनियन, नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठन, एकीकृत सरकारी कर्मचारी संगठन, नेपाल, नेपाल मधेसी निजामती कर्मचारी मञ्च तथा स्वतन्त्र राष्ट्रसेवक कर्मचारी संगठन, नेपालले आइतबार संयुक्त विज्ञप्ति जारी गर्दै संघीय निजामती सेवा विधेयकबाट ट्रेड युनियन अधिकार कटौती गर्ने प्रावधान तत्काल खारेज गर्न माग गरेका हुन् ।     साथै, नेपालको संविधान तथा अन्तर्राष्ट्रिय श्रम महासन्धिअनुसार सबै कर्मचारीले स्वतन्त्र रूपमा संगठित हुन पाउने पूर्ण ट्रेड युनियन अधिकार सुनिश्चित गर्न सरकारसँग माग गरेका…
पुरा पढ्नुहाेस्
देशका विभिन्न जिल्लामा भारी वर्षा

देशका विभिन्न जिल्लामा भारी वर्षा

काठमाडौं । मौसम बदलीसँगै आज देशका विभिन्न जिल्लामा भारी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागबाट प्राप्त अभिलेखअनुसार पछिल्लो १२ घण्टाको अवधिमै लमजुङ, रोल्पा, प्यूठान, काभ्रेपलाञ्चोकमा भारी वर्षा मापन भएको छ । प्राप्त विवरणमा सबैभन्दा बढी लमजुङमा ८७।४ मिलिमिटर ९धेरै भारी नजिक० वर्षा भएको छ भने रोल्पामा ६५।२, प्यूठानमा ७४।६ र काभ्रेमा ६३।६ मिलिमिटर वर्षा (भारी वर्षा) भएको छ । यस्तै कास्कीमा ३३, गुल्मीमा ३७ र धनकुटामा ३७ मिलिमिटर वर्षा भएको छ । विभागका मौसमविद् विनु महर्जनले आजदेखि नै देशका धेरै क्षेत्रमा वर्ष हुने भएकाले तातो लहर कम हुने बताइन्। आजदेखि वर्षा बढेको र यो क्रम अझै केही…
पुरा पढ्नुहाेस्
सुदूरपश्चिम प्रदेशसभाको बजेट अधिवेशन आव्हान गर्न सिफारिस

सुदूरपश्चिम प्रदेशसभाको बजेट अधिवेशन आव्हान गर्न सिफारिस

कैलाली : सुदूरपश्चिम प्रदेशको प्रदेशसभाको बजेट अधिवेशन आव्हान गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गरिएको छ। प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश प्रमुख नजिर मियाँलाई शनिबार भेट गरी बजेट अधिवेशनका लागि सिफारिस पत्र बुझाएका छन्। मुख्यमन्त्री शाहको सचिवालयका अनुसार नेपालको संविधानको धारा १८३ को उपधारा (१० बमोजिम बैशाख १७ गते बिहिबार अपराह्न ४ बजे प्रदेशसभाको आठौं अधिवेशन आव्हान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गरिएको छ। सिफारिस पत्र बुझाउन मुख्यमन्त्री शाह प्रदेश प्रमुख निवासमा पुगेका थिए। सो क्रममा समसमायिक राजनीति विषयमा पनि कुरा भएको सचिवालयले जनाएको छ।
पुरा पढ्नुहाेस्
शुक्लाफाँटाबाट विस्थापितका समस्या समाधानको प्रयासमा सरकार

शुक्लाफाँटाबाट विस्थापितका समस्या समाधानको प्रयासमा सरकार

कञ्चनपुरः कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट विस्थापित परिवारहरूको समस्या समाधानका लागि सरकार वास्तविक पीडितको पहिचान गरी प्रक्रिया अगाडि बढाउने भएको छ। निकुञ्ज विस्थापित परिवारको अभिलेख सङ्कलन, जग्गा पहिचान तथा विवरण प्रमाणीकरण प्रक्रियालाई अघि बढाउने विषयमा सरकार गम्भीर हुँदै वास्तविक पीडित पहिचान गर्न लागेको हो। वन तथा वातावरण र कृषि तथा पशुपन्छी विकासमन्त्री गीता चौधरीले निकुञ्ज प्रभावित परिवारको दीर्घकालीन व्यवस्थापनलाई प्राथमिकतामा राख्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका उच्चपदाधिकारीसँग छलफल गरेका छन्। उनले वास्तविक पीडितको पहिचान गरी दीर्घकालीन पुनस्र्थापना सुनिश्चित गर्न आवश्यक रहेको बताए। मन्त्री चौधरीका अनुसार विगतमा विभिन्न आयोगबाट सिफारिस भएका विवरण, जग्गाधनी प्रमाणपत्र वितरण तथा अन्य आधारलाई समेत मूल्याङ्कन…
पुरा पढ्नुहाेस्
शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर

शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ २८ पैसा र बिक्रीदर १५० रुपैयाँ ८८ पैसा तोकिएको छ । यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर १०७ रुपैयाँ ३१ पैसा र बिक्रीदर १०७ रुपैयाँ ७४ पैसा, क्यानेडियन डलर एकको खरिददर १०९ रुपैयाँ ९३ पैसा र बिक्रीदर ११० रुपैयाँ ३७ पैसा, तोकिएको छ । युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ५६ पैसा र बिक्रीदर १७६ रुपैयाँ २६ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर २०२ रुपैयाँ ८० पैसा र बिक्रीदर २०३ रुपैयाँ ६१ पैसा, कायम गरिएको छ ।…
पुरा पढ्नुहाेस्
सुदूरपश्चिम प्रदेश सरकारको बजेट खर्च; ९ महिनामा २४ प्रतिशत

सुदूरपश्चिम प्रदेश सरकारको बजेट खर्च; ९ महिनामा २४ प्रतिशत

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष (२०८२/०८३) को बजेट खर्चमा सुधार गर्न सकेको देखिएको छैन । चालु आर्थिक वर्षको ९ महिनासम्म प्रदेश सरकारले जम्मा २४.२४ प्रतिशतमात्र बजेट खर्च गरेको छ । प्रदेश लेखा नियन्त्रक कार्यालयका सूचना अधिकारी बलदेव कपाडीका अनुसार प्रदेश सरकारले चैत मसान्तसम्म जम्मा ७ अर्ब ७६ करोड ४२ लाख १६ हजार रुपैयाँमात्रै खर्च गरेको छ । चालु आर्थिक वर्षका लागि प्रदेश सरकारले ३३ अर्ब ४ करोड ६८ लाख ९८ हजार रुपैयाँको बजेट विनियोजन गरेको थियो । सूचना अधिकारी कपाडीका अनुसार आर्थिक वर्ष सकिन ३ महिनामात्र बाँकी रहँदा सरकारको ढुकुटीमा २४ अर्ब ३७ करोड ६९ लाख २५…
पुरा पढ्नुहाेस्
कैलालीमा ट्याक्टरको ठक्करबाट बालिकाको मृत्यु

कैलालीमा ट्याक्टरको ठक्करबाट बालिकाको मृत्यु

बर्दगोरिया। कैलालीको लमकीचुहा नगरपालिकामा ट्याक्टरको ठक्करबाट बालिकाको मृत्यु भएको छ । बुधबार राति लम्कीचुहा नगरपालिका – ५ को चौरीस्थित भित्री सडकखण्डमा से १ त ८७५८ नम्बरको ट्याक्टरको ठक्करबाट ६ वर्षीया बालिका डिनल चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । चौधरीलाई राति पौने ९ बजेतिरघर नजिकै सडकमा खेलिरहेकी अवस्थामा ठक्कर दिएको थियो । ट्याक्टरको ठक्करबाट गम्भीर घाइते भएको डिनललाई तत्काल उपचारका लागि बर्दगोरिया अस्पताल लगिएको थियो । उनको उपचारकै क्रममा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । दुर्घटनामा संलग्न ट्याक्टर र चालक लम्कीचुहा नगरपालिका–५ कै ३७ वर्षीय राम बहादुर चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान…
पुरा पढ्नुहाेस्
कर्मचारी झैँ सेवा प्रवाहमा समर्पित टिकापुर एकका वडा अध्यक्ष 

कर्मचारी झैँ सेवा प्रवाहमा समर्पित टिकापुर एकका वडा अध्यक्ष 

बिहान ठिक १० बज्छ । कैलालीको टीकापुर नगरपालिका वडा नम्बर १ को कार्यालयमा सेवाग्राहीको चाप बढ्न थाल्छ। कोही नागरिकताको सिफारिस लिन हतारिएका देखिन्छन् त कोही व्यक्तिगत घटना दर्ताका लागि फाइल बोकेर पालो पर्खिरहेका देखिन्छन् । यही भिडभाडका बिच एउटा कुर्सीमा एक व्यक्ति निकै व्यस्त देखिन्छन्, जो कहिले कम्प्युटरमा डाटा इन्ट्री गर्दै छन् । उनी कहिले कागजात रुजु गर्छन् कहिले किबोर्डमा औँला चलाउँदै नागरिकताको विवरण सच्याउँछन्। ​हेर्दा उनी कुनै तालिमप्राप्त कर्मचारी जस्तै लाग्छन् तर उनी त्यहाँका कर्मचारी होइनन् । उनी त ४६ हजार जनताले विश्वास गरेर जिताएका वडा अध्यक्ष मोहन बिक हुन्। ​सामान्यतया, हाम्रा समाजमा वडा अध्यक्ष भन्ने बित्तिकै एउटा छुट्टै…
पुरा पढ्नुहाेस्
अबदेखि सातामा दुई दिन बिदा: कार्यालय समय बिहान ९ देखि साँझ ५ बजेसम्म

अबदेखि सातामा दुई दिन बिदा: कार्यालय समय बिहान ९ देखि साँझ ५ बजेसम्म

२२ चैत, काठमाडौं । सरकारले सरकारी कार्यालयको समय बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म हुने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले शैक्षिक संस्थाबाहेकका कार्यालयहरूको कार्यालय समय ९ देखि ५ बजेसम्म कायम गर्ने निर्णय गरेको हो । सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलका अनुसार, उक्त समय शैक्षिक संस्थाबाहेकका सरकारी कार्यालयका हकमा लागू हुनेछ । ‘शैक्षिक संस्थाबाहेक उल्लेखित कार्यालयहरूको कार्यालय समय ९ देखि ५ बजेसम्म कायम गरिएको छ,’ पोखरेलले भने । त्यस्तै, सरकारले भोलि ( २३ चैत) बाट लागू हुनेगरी शनिबार र आइतबार सरकारी कार्यालय र शैक्षिक संस्थामा बिदा दिने निर्णय पनि गरेको छ । पेट्रोलियम पदार्थको आपूर्तीमा देखिएको समस्याका…
पुरा पढ्नुहाेस्
बर्दगोरिया कलेजको प्रथम वार्षिक साधारणसभा सम्पन्न; अध्यक्षमा पुन: कुँवर निर्विरोध चयन

बर्दगोरिया कलेजको प्रथम वार्षिक साधारणसभा सम्पन्न; अध्यक्षमा पुन: कुँवर निर्विरोध चयन

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकास्थित बर्दगोरिया कलेजको प्रथम वार्षिक साधारणसभाबाट सञ्चालक समितिमा चार सदस्यीय नयाँ नेतृत्व सर्वसम्मत (निर्विरोध) रूपमा चयन गरिएको छ। साधारणसभाले भिम बहादुर कुँवरलाई पुनः अध्यक्षमा चयन गरेको छ भने जितेन्द्र राज न्यौपाने, सरस्वती बिक र मिरा आले सदस्यमा निर्विरोध चयन भएका छन्। नवनिर्वाचित समितिले कलेजको शैक्षिक गुणस्तर अभिवृद्धि, व्यवस्थापन सुधार तथा विद्यार्थीमैत्री वातावरण निर्माणमा केन्द्रित भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। साधारणसभामा सहभागी वक्ताहरूले नयाँ नेतृत्वले कलेजको समग्र विकासमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्। कलेज प्रशासनले पनि नयाँ समितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै संस्थाको प्रगतिका लागि सहकार्य गर्ने प्रतिबद्धता जनाएको छ। कलेज संचालक…
पुरा पढ्नुहाेस्