नाैलाेप्रेस डेस्क

822 Posts
समाचारको प्रभाव, ७ वर्ष देखि साङ्लोले बाँधिएका युवकको साहारा घरले गर्‍यो उद्वार

समाचारको प्रभाव, ७ वर्ष देखि साङ्लोले बाँधिएका युवकको साहारा घरले गर्‍यो उद्वार

बर्दगोरिया (कैलाली) । कैलालीको धनगढी उपमहानगरपालिका–११, घोडसुवा गाउँका ७ वर्ष देखि साङ्लोले बाँधिएका ३० वर्षीय युवा शुकराम चौधरीको उद्वार गरिको छ । उनको भाद्र ९ गते उद्धार गरिएको हो । नौलो प्रेस लगएत विभिन्न सामाजिक माध्यमबाट समाचार प्रकाश भएपछि बिहिवार बर्दगोरिया गाउँपालिका वडा नम्बर २ मा बाट सेवा दिदै आइरहेको साहारा घरले उनको उद्वार गरेको हो । बिहिवार साहारा घरका संचालक बल बहादुर बिष्ट लगाए उनको टोलिले ती युवकको उद्वार गरेको हो ।  धनगढी उपमहानगरपालिका–११, घोडसुवा गाउँमा बस्दै आएका शुकराम बिगत ७ वर्ष देखि साङ्लोमा बाँधिका थिर।  मानसिक अवस्था कमजोर भएका शुकरामलाई उनको परिवारले उपचार गर्न नसकेपछि गोठमा 'पशु' झैँ        …
पुरा पढ्नुहाेस्
आज भाद्र १० गते, यस्तो तपाईंको आजको राशिफल

आज भाद्र १० गते, यस्तो तपाईंको आजको राशिफल

काठमाडौं । आज मिति २०७९ भाद्र १० गते, शुक्रवार, २६ अगस्ट २०२२। भाद्र कृष्णपक्ष चतुर्दशी तिथि, ११ः५० बजेदेखि औंसी। कस्तो रहला तपाईंको आजको दिन ।  हेर्नुस आजको राशिफल मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ। नयाँ काममा हात हाल्ने समय छ। केही संघर्ष गर्नुपरे पनि फाइदा उठाउन सकिनेछ। कृषिकर्म र व्यावसायिक कामको योजना प्रारम्भ गर्न सकिनेछ। उद्योग र व्यापारमा पनि फाइदा हुनेछ। साथीभाइले साथ दिनेछन्। पशुधन र जमिनबाट लाभ हुनेछ। मान्यजनको सुझाव शिरोधार्य गर्नुहोला। वृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो सहयोगीहरूले साथ…
पुरा पढ्नुहाेस्
७ वर्षदेखि साङ्लोमा बाँधिएका धनगढीका शुकरामको यस्तो छ कथा

७ वर्षदेखि साङ्लोमा बाँधिएका धनगढीका शुकरामको यस्तो छ कथा

धनराज बिक (अविरल) धनगढी (कैलाली) । कैलालीको धनगढी उपमहानगरपालिका–११, घोडसुवा गाउँको बरपिपल टोल । पुरानो कच्ची घरको अगाडि एउटा गोठ, हिलाम्मे र दुर्गन्धित । टिनको छाना र चारैतिर नाममात्रको काठपातले बेरेको गोठमा एउटा पुरानो मक्किन लागेको तखत (खाट) माथि निर्वस्त्र अवस्थामा टुक्रुक्क बसिरहेका एक युवक । उनी हुन्, ३० वर्षीय शुकराम चौधरी । पूर्ण नग्न अवस्थामा रहेका शुकरामको जीउभरि हिलो लागेको छ । मानौँ उनी हिलोमै सुत्छन् । उनको बायाँ हातमा फलामे साङ्लोले बाँधेर त्यही गोठमा राखिएको छ । शुकराम साङ्लोमा बाँधिएर गोठमा बस्न लागेको करिब ७ वर्ष भइसक्यो । मानसिक अवस्था कमजोर भएका शुकरामलाई उनको परिवारले उपचार गर्न नसकेपछि गोठमा 'पशु'…
पुरा पढ्नुहाेस्
कैलाली-कञ्चनपुरमा भाद्र १२ गते सार्वजनिक बिदा

कैलाली-कञ्चनपुरमा भाद्र १२ गते सार्वजनिक बिदा

९, भाद्र २०७९ कैलाली । सुदुरपश्चिम सरकारले भाद्र ७ गते सार्वजनिक बिदा दिने बएको छ । थारु समुदायको अटवारी पर्वको अवसरमा प्रदेश सरकारले भाद्र ७ गते कैलाली र कंचनपुरना सार्वजनिक विदा दिने निर्णय गरेको छ । यश अघि राजपत्रमा उल्लेख भए अनुसार भाद्र १९ गते सार्वजनिक बिदा दिने निर्णय गरेको भएपनी अटवारी पर्व भाद्र १२ गते परेकोले उक्त दिन सार्वजनिक बिदा दिने भएको । प्रदेश सरकारले आज एक सुचना जारि गर्दै उक्त जानकारी दिएको हो । परापूर्वकालदेखि मनाउँदै आएको अटवारी थारु समुदायको मौलिक पर्व हो । यो पर्व दुई दिनसम्म मनाइने गरेको जनाइएको छ ।  
पुरा पढ्नुहाेस्
देशभर थप ४४४ जनामा कोरोना संक्रमण पुष्टि, ३ जनाको मृत्यु

देशभर थप ४४४ जनामा कोरोना संक्रमण पुष्टि, ३ जनाको मृत्यु

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा ३ जना कोेरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा गरिएको ४ हजार ९ सय ५४ जनाको नमुना परीक्षणमा ४४४ जनामा संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा सक्रिय संक्रमितको संख्या ४१९९ पुगेको छ ।
पुरा पढ्नुहाेस्
दशकौं पछि बर्दगोरिया-४ दानुफाटामा बिजुली पुग्यो, शुक्रबार औपचारिक रुपमा उद्घाटन

दशकौं पछि बर्दगोरिया-४ दानुफाटामा बिजुली पुग्यो, शुक्रबार औपचारिक रुपमा उद्घाटन

बौनिया (कैलाली)। कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ रहेको दानुफाटा शिविरका नागरिकले बिजुली बाल्न पाउने भएका छन । बिगत डेढ दसकदेखि अध्यारोमा रहेका उक्त शिविरका नगरिकले अब बिजुली बाल्न पाउने भएका हुन ।   भौगोलिक हिसाबले समेत सुगम पालिकाभित्रै बस्ने त्यहा नागरिकहरुले हाल सम्म बिजुली बत्ति बाट बन्चित रहेका थिए ।  उनिहरुले अब भने पहिलो चरणमा बिजुली बत्ति बाट सेवा पाउने भएका छन । राज्यले विकास र समृद्धिको चर्को कुरा सुनाईरहदा ,नेताहरूले चिल्ला कुरा र आश्वासन बाडिरहदा यो शिविरमा बस्दै आएका नागरिक भने आधारभूत सेवा सुबिधाबाटै बन्चित भएका थिए । त्यस पछि नेपाल चक्र अनलाइन खबरले समाचारको माध्यमबाट आवाज उठाउदै आएको…
पुरा पढ्नुहाेस्
आज सुनको मूल्य ५ सयले वृद्धि

आज सुनको मूल्य ५ सयले वृद्धि

काठमाडौं । बिहीबार नेपाली बजारमा सुन, चाँदी मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ५०० रुपैयाँले र चाँदी १० रुपैयाँले बढेको हो । बढेको मूल्य अनुसार आज छापावाला सुन प्रतितोला ९५ हजार ८०० रुपैयाँमा र चाँदी १ हजार १७५ रुपैयाँमा कारोबार भइरहेको छ । यता, तेजाबी सुनको मूल्य समेत आज तोलामा ५०० रुपैयाँले नै बढ्दै ९५ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
पुरा पढ्नुहाेस्
ठूलो धनराशिको फुटबल प्रतियोगिता बर्दगोरियामा हुँदै, विभिन्न समितिहरु गठन

ठूलो धनराशिको फुटबल प्रतियोगिता बर्दगोरियामा हुँदै, विभिन्न समितिहरु गठन

बर्दगोरिया (कैलाली) । कैलालीको बर्दगोरिया गाउपालिकामा ठूलो धनराशिको रास्ट्र ब्यापी फुटबल प्रतियोगिता हुने भएको छ । सडकपुर बौनिया युवा क्लबको आयोजनामा बिगतका बर्षमा हुँदै आएको फुटबल प्रतियोगिताले यस बर्ष पनि निरन्तरता पाउने भएको हो । बिगत ४ संस्करण सफल रुपमा सम्पन्न गरेको क्लबले यस पटक पाँचौ बर्दगोरिया सेतिलोक मार्ग खुल्ला रास्ट्र ब्यापी फुटबल प्रतियोगिता गर्ने भएको हो । सोमबार एक पिकनिक संगै अन्तरक्रिया कार्यक्रमको आयोजना गर्दै क्लवले फुटबल संचालनका बिषयमा पुर्ब अध्यक्ष र युवाहरु संग छलफल गरेको हो । क्लबका अध्यक्ष जीवन बि सि को अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न जिम्मेवारी बाडफाड गरेको छ । क्लबले फुटबल खेल संचालनका लागि क्लबका…
पुरा पढ्नुहाेस्
नेपालमा औसतभन्दा कम पानी पर्‍यो; मौसम विज्ञान विभाग

नेपालमा औसतभन्दा कम पानी पर्‍यो; मौसम विज्ञान विभाग

काठमाडौं । नेपालको अधिकांश भूभागमा यस वर्ष औसतभन्दा कम पानी परेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । यस वर्ष मनसुन सुरु भएपछि अहिलेसम्म काठमाडौं उपत्यकासहित देशको पूर्वी क्षेत्रमा औसत वर्षा भएपनि मधेश प्रदेश र काठमाडौं उपत्यका पश्चिमतर्फको अधिकांश भूभागमा सरदरभन्दा कम वर्षा भएको छ । यसवर्ष मनसुनी न्यूनचापीय रेखा अधिकांश समय सरदरभन्दा दक्षिण कोलकोता तल रहँदा जलवाष्पयुक्त वायु पर्याप्त मात्रामा उत्तरतर्फ प्रवेश नगर्दा नेपालमा वर्षा कम भएको विभागका मौसमविद् हीरा भट्टराईले जानकारी दिए । काठमाडौं उपत्यकालगायत पहाडी क्षेत्रका केही स्थानमा सरदरभन्दा बढी वर्षा भए पनि अघिल्ला वर्षमा जस्तो देशभर चार–पाँच दिनसम्म लगातार झरी नपरेको मौसमविद् सञ्जिव अधिकारीले बताए…
पुरा पढ्नुहाेस्
देशभर थप ४८७ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु

देशभर थप ४८७ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु

काठमाडौं । देशभर थप ४८७ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशाला मा ४ हजार १७७ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट २४२ तथा एन्टीजेन विधिबाट २४५ जनामा सङ्क्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोभिड–१९ को सङ्क्रमणबाट थप १ जनाको मृत्यु भएको छ । यस्तै १६४ जना सङ्क्रमणमुक्त पनि भएका छन् । योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ४ हजार २९८ पुगेको छ । यता ३९ हजार ४४८ जनाले कोरोनाविरुद्धको खोप पनि लगाएका छन् ।
पुरा पढ्नुहाेस्