ठूलो धनराशिको फुटबल प्रतियोगिता बर्दगोरियामा हुँदै, विभिन्न समितिहरु गठन

बर्दगोरिया (कैलाली) । कैलालीको बर्दगोरिया गाउपालिकामा ठूलो धनराशिको रास्ट्र ब्यापी फुटबल प्रतियोगिता हुने भएको छ ।

सडकपुर बौनिया युवा क्लबको आयोजनामा बिगतका बर्षमा हुँदै आएको फुटबल प्रतियोगिताले यस बर्ष पनि निरन्तरता पाउने भएको हो । बिगत ४ संस्करण सफल रुपमा सम्पन्न गरेको क्लबले यस पटक पाँचौ बर्दगोरिया सेतिलोक मार्ग खुल्ला रास्ट्र ब्यापी फुटबल प्रतियोगिता गर्ने भएको हो ।

सोमबार एक पिकनिक संगै अन्तरक्रिया कार्यक्रमको आयोजना गर्दै क्लवले फुटबल संचालनका बिषयमा पुर्ब अध्यक्ष र युवाहरु संग छलफल गरेको हो । क्लबका अध्यक्ष जीवन बि सि को अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न जिम्मेवारी बाडफाड गरेको छ ।

क्लबले फुटबल खेल संचालनका लागि क्लबका अध्यक्ष जीवन बि सि को संयोजकत्वमा २१ सदस्यिय मुल आयोजक समिती गठन गरेको छ । यसै गरि पुस्प भण्डारीको संयोजकत्वमा आर्थिक समिती गठन गरिएको छ भने रबि कुँवरलाई खेल संयोजकको जिम्मेवारी प्रदान गरिएको छ । क्लबका महासचिव पदम राज ओझाको संयोजकत्वमा प्रचारप्रसार समिती गठन गरिएको छ । यसै गरि क्लबका पुर्ब अध्यक्ष टेकराज जोशिलाई सुरक्षा व्यवस्थापनको जिम्मेवारी प्रदान गरिएको छ । यस्तै क्लबका उपाध्यक्ष निर्प साउदको संयोजकत्वमा टिम व्यवस्थापन समिती गठन गरिएको छ । क्लबका सदस्य हितेस ताम्राकारको संयोजकत्वमा सास्कृतिक समिती गठन गरिएको छ ।

यस्तै नवीन थापालाई स्वयंसेवक ब्यवस्थापनको जिम्मेवारी प्रदान गरिएको छ । क्लबका वरिष्ठ उपाध्यक्ष धिरज शाहिलाई मंच व्यवस्थापन तथा अतिथि सत्कारको जिम्मेवारी प्रदान गरिएको छ ।

कार्यक्रममा प्रमुख अतिथिको आसन बाट बोल्दै कैलाली उधोग बाणिज्य संघका निवर्तमान उपाध्यक्ष शिवराज कुँवरले यस्ता क्रियाकलाप संचालनले बौनिया बजारको पहिचान हुने बताए । फुटबल खेल हामी सबैको भएकोले यसलाई सफल पार्न आफ्नो व्यक्तिगत र संस्थागत सहयोग रहने कुँवरले बताए । फुटबल खेल आगामी असोज ३ गते देखि असोज १५ गते सम्म संचालन हुने भएको छ ।

कार्यक्रममा पुर्ब अध्यक्ष द्वय टेकराज जोशी र प्रकाश साउदले फुटबल खेललाई सबैले मिलेर सफल पार्नु पर्ने बताए । कार्यक्रमको संचालन महासचिव पदम राज ओझाले गर्नु भएको थियो । खेल मुडा बजारको खेल मैदानमा संचालन हुने छ । यस सम्बन्धि थप जानकारी केही दिनमा पत्रकार सम्मेलन गरि गराउने महासचिव ओझाले बताए ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार