नाैलाेप्रेस डेस्क

822 Posts
आज भाद्र १३ गते साेमवार,  तपाईंको आजको राशिफल

आज भाद्र १३ गते साेमवार,  तपाईंको आजको राशिफल

आज २०७९ भाद्र १३ गते, साेमवार, २९ अगस्ट २०२२। भाद्र शुक्लपक्ष द्वितीया तिथि । कस्तो छ  त ? तपाईंको आजको राशिफल । मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ भौतिक साधन जुट्नाले दिगो काम प्रारम्भ हुनेछ। साहसी काम गरेर प्रशस्त लाभ उठाउन सकिनेछ। नयाँ योजनातर्फ अग्रसर भइनेछ। नयाँ काम प्रारम्भ हुनेछ भने मिहिनेतले आयस्रोत सबल बनाउन सकिनेछ। व्यापारमा फाइदा हुनेछ। विगतका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। प्रतिस्पर्धाको दौडमा अग्रस्थान हासिल हुनेछ। दिगो काम हातलागी हुने समय छ। वृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो अवसरले पछ्याए पनि फाइदा उठाउन चुनौतीहरूसँग जुध्नुपर्नेछ। प्रतीक्षा…
पुरा पढ्नुहाेस्
साथी पार्टी जिल्ला सदस्य, म क्लबको अध्यक्ष !

साथी पार्टी जिल्ला सदस्य, म क्लबको अध्यक्ष !

सुनिल भण्डारी १२, भाद्र २०७९ कैलाली । सानै उमेरमा समाजमा केही फरक गर्ने हुटहुटि चलिरहन्थ्यो । बालक्लब गठन गरेर देउसी खेल्थ्यौ । देउसी बाट कति नै रकम संकलन हुन्थ्यो र त्यही १२/१३ सय रुपैया । त्यहिबाट आधा रकम पिकनिक खाइन्थ्यो अनि आधा रकम सामाजिक कार्यमा खर्च गर्थ्यौ । हामिभन्दा दाइदिदीहरुले युवा क्लब गठन गरेर हाम्रो क्षेत्रमै फरक पहिचान बनाइसकेका थिए । मलाई पनि त्यस्तै बन्न इक्षा लग्थ्यो । कहिले काहीँ उहाहरुले आयोजना गर्ने सास्कृतिक कार्यक्रम को रिहर्सल गर्ने कोठामा हेर्न जादा हामी लखेटिन्थ्यौ । खरको भित्ता च्यातेर कुनाबाट दाइदिदीहरुले रिहर्सल गर्दै गरेको हेर्थ्यौ । कहिले ठूलो भैएला र यो क्लबमा…
पुरा पढ्नुहाेस्
पहिरोका कारण अवरुद्ध दार्चुला गोकुलेश्वर सडकखण्ड सञ्चालनमा

पहिरोका कारण अवरुद्ध दार्चुला गोकुलेश्वर सडकखण्ड सञ्चालनमा

कैलाली । आइतबार दिउँसो भएको वर्षात पछि आएको पहिरोका कारण अवरुद्ध दार्चुला गोकुलेश्वर सडकखण्ड सुचारु भएको छ। आज (आइतबार) दिउसोदेखि भएको वर्षाका कारण महाकाली नगरपालिका ८ अतिकाडामा पहिरो आएर सडक अवरुद्ध भएको थियो। अवरुद्ध सडक पहिरो पन्छाएपछी पुन सञ्चालनमा प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।
पुरा पढ्नुहाेस्
गाउँपालिका अध्यक्ष सहितको टोलिले गर्‍यो नदि कटान क्षेत्रको स्थलगत अवलोकन

गाउँपालिका अध्यक्ष सहितको टोलिले गर्‍यो नदि कटान क्षेत्रको स्थलगत अवलोकन

१२, भाद्र २०७९, बर्दगोरिया (कैलाली) । बर्दगोरिया गाउपालिकाका अध्यक्ष कर्ण कुँवर र उपाध्यक्ष गणेश राज गिरि वडा अध्यक्ष सहितको टोलिले गए राती आएको बाढिले कटान गरेको वडा नम्बर ४ नौनिया नजिक अवलोकन गर्नु भएको छ । गए राती आएको बाढिले स्थानीयको जमिन बगाएर बगरमा परिणत गरेको छ । अनुगमन गर्दै बर्षातको समयमा हुने नदि कटानका कारण बस्ती र जमिन जोखिममा पर्न सक्ने भन्दै तत्कालका लागि धार परिवर्तन गरिने अध्यक्ष कुँवरले बताए । नदि कटानबाट परेको समस्यालाई ध्यानमा राखी जोखिम न्यूनीकरण गर्न तत्काल अस्थायी रुपमा बास र बोरा लगाएर रोकथाम र धार परिवर्तन गरिने बताए । उक्त ठाउँमा केही समय पछि तटबन्धन…
पुरा पढ्नुहाेस्
देशभर थप २०२ जनामा कोरोना संक्रमण पुष्टि

देशभर थप २०२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप २०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशाला ३८३३ जनामा गरिएको नमूना परीक्षणपछि २०२ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार सो समयावधिमा ४६२ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् भने १ जनाको मृत्यु भएको छ । अहिले देशभर ३ हजार ३ सय १३ जना सक्रिय संक्रमित रहेका छन् ।
पुरा पढ्नुहाेस्
चाड पर्वलाई मौलिक परम्परा अनुसार बचाउनु हाम्रो कर्तव्य हो; नगरप्रमुख शाही

चाड पर्वलाई मौलिक परम्परा अनुसार बचाउनु हाम्रो कर्तव्य हो; नगरप्रमुख शाही

१२, भाद्र २०७९, लम्की (कैलाली) । कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर  ६ मा शनिबार वडा स्तरीय खुल्ला एकल तिज नृत्य प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ ।  “महिला एकता आजको आवश्यकता, हरेक निकायमा महिला समानुपातिक सहभागिता“ कला, सस्कृति र साहित्यको जगेर्ना गारौं भन्ने मुल नाराका साथ शनिबार वडा स्तरिय खुल्ला एकल तिज नृत्य प्रतियोगिता कार्यक्रम भएको हो ।              लम्की चुहा नगरपालिका वडा नं ६ को आयोजनामा शनिबार उक्त वडा स्तरिय खुल्ला एकल तिज नृत्य प्रतियोगिता सम्पन्न भएको हो । कार्यपालिका सदस्य दिपा देवी रावतको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथी लम्की चुहा नगरपालिका नगरप्रमुख शुशिला शाही रहेनु…
पुरा पढ्नुहाेस्
एमाले निर्वाचन परिचालन कमिटीको बैठक आज बस्दै

एमाले निर्वाचन परिचालन कमिटीको बैठक आज बस्दै

काठमाडौं । मंसिर ४ गते हुन लागेको प्रदेश र संघको निर्वाचनलाई लक्षित गर्दै नेकपा (एमाले)को निर्वाचन परिचालन कमिटीको बैठक आज बस्ने भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा गठित केन्द्रीय निर्वाचन परिचालन कमिटीको बैठक आज विहान ११ बजे पार्टी केन्द्रीय कार्यालय, च्यासलमा बस्न लागेको हो । कमिटीमा केन्द्रीय कमिटीका सदस्यहरु, केन्द्रीय निकाय (परिषद् र आयोग) का पदाधिकारीहरु, प्रदेश कमिटीका अध्यक्षहरू, जनसंगठनका अध्यक्ष र महासचिवहरू र पार्टीका केन्द्रीय विभागका सचिवहरु सदस्य रहेका छन् । बैठकमा नजिकिँदै गरेकाे  संघ र प्रदेश निर्वाचनलाई लक्षित गरी विभिन्न योजना तय गर्ने तयारी छ ।
पुरा पढ्नुहाेस्
भाद्र १३ देखि १५ गते सम्म मतदाता नामावलीमा रहेको त्रुटि सच्याउन मिल्ने

भाद्र १३ देखि १५ गते सम्म मतदाता नामावलीमा रहेको त्रुटि सच्याउन मिल्ने

काठमाडौं । निर्वाचन कार्यालयले मतदाता नामावलीमा रहेको त्रुटि सच्याउन तीन दिनको समय दिने भएको छ । भाद्र १२ गते सम्बन्धित वडा कार्यालय र निर्वाचन कार्यालयमा मतदाता नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको छ । जस अनुसार नामावलीमा रहेको त्रुटि सच्याउन, नामावलीमा प्रकाशित कुनै व्यक्तिको विवरणको विरोधमा उजुरी दिन एवम् कुनै मतदाताको एकभन्दा बढी स्थानमा नाम समावेश भएमा एक स्थानमा मात्र नाम कायम राख्न भदौ १३ देखि १५ सम्म सम्बन्धित निर्वाचन कार्यालयमा निवेदन दिन सकिनेछ । यसै गरी मृत्यु भएका एवम् नागरिकता त्याग गरेका मतदाताको नाम मतदाता नामावलीबाट हटाउनको लागि भदौ १३ देखि १६ सम्म सम्बन्धित निर्वाचन कार्यालयमा निवेदन दिन सकिनेछ ।…
पुरा पढ्नुहाेस्
आज थारु समुदायको अटवारी पर्व, सुदुरपश्चिमका २ जिल्लामा सार्वजनिक बिदा

आज थारु समुदायको अटवारी पर्व, सुदुरपश्चिमका २ जिल्लामा सार्वजनिक बिदा

१२, भाद्र २०७९ कैलाली । आज सुदुरपश्चिम सरकारले सार्वजनिक बिदा दिएको छ । थारु समुदायको अटवारी पर्वको अवसरमा प्रदेश सरकारले भाद्र १२ गते कैलाली र कंचनपुरना सार्वजनिक विदा दिएको हो । यश अघि राजपत्रमा उल्लेख भए अनुसार भाद्र १९ गते सार्वजनिक बिदा दिने निर्णय गरेको भएपनी अटवारी पर्व भाद्र १२ गते परेकोले उक्त दिन आज प्रदेश सरकारले सार्वजनिक बिदा दिएको हो । परापूर्वकालदेखि मनाउँदै आएको अटवारी थारु समुदायको मौलिक पर्व हो । यो पर्व दुई दिनसम्म मनाइने गरेको जनाइएको छ । भाद्र शुक्ल पक्षको पहिलो आइतबार अर्थात श्रीकृष्ण जन्माष्टमीपछिको दोस्रो आइतबारलाई अट्वारी पर्वको रुपमा मनाउने चलन छ। द्वापर युगमा पाँच पाण्डवमध्येका…
पुरा पढ्नुहाेस्
यस्तो छ आजको मौसम पूर्वानुमान

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही उत्तरतर्फ रहेकाले छ । जसनुसार हाल देशैभरिको मौसममा सामान्य देखि पूर्ण बदली रही अधिकांश स्थानमा चट्याङसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशहरूका केही स्थानहरुमा चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। आज राती गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूर पश्चिम प्रदेशमा चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ। प्रदेश १, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा सोमबार पनि मेघ गर्जन/चट्याङ सहित भारी वर्षाको सम्भावना…
पुरा पढ्नुहाेस्