सुनिल भण्डारी
१२, भाद्र २०७९ कैलाली । सानै उमेरमा समाजमा केही फरक गर्ने हुटहुटि चलिरहन्थ्यो । बालक्लब गठन गरेर देउसी खेल्थ्यौ ।
देउसी बाट कति नै रकम संकलन हुन्थ्यो र त्यही १२/१३ सय रुपैया । त्यहिबाट आधा रकम पिकनिक खाइन्थ्यो अनि आधा रकम सामाजिक कार्यमा खर्च गर्थ्यौ । हामिभन्दा दाइदिदीहरुले युवा क्लब गठन गरेर हाम्रो क्षेत्रमै फरक पहिचान बनाइसकेका थिए । मलाई पनि त्यस्तै बन्न इक्षा लग्थ्यो ।
कहिले काहीँ उहाहरुले आयोजना गर्ने सास्कृतिक कार्यक्रम को रिहर्सल गर्ने कोठामा हेर्न जादा हामी लखेटिन्थ्यौ । खरको भित्ता च्यातेर कुनाबाट दाइदिदीहरुले रिहर्सल गर्दै गरेको हेर्थ्यौ । कहिले ठूलो भैएला र यो क्लबमा आबद्ध हुन पाइएला भन्ने लाग्थ्यो ।
म जस्तै मेरो साथी पनि थियो । एउटै सपना अनि एउटै लक्ष्य । तर एउटा कुरा फरक थियो हाम्रो , उ बढी बोल्ने अनि म एकदम कम बोल्ने ।
कक्षा १० मा पढदा उ एउटा राजनीतिक दलको बिध्यालय इकाइ कमिटीको अध्यक्ष बन्यो । हामिलाइ यो बिध्यार्थी सङ्गठन भनेको के हो भन्ने नि चेतना खासै थिएन । त्यतिकै नाम टिपाइदिएछ । एस एल सि पछि हामी छुट्टियौ । म घर नजिकै पढ्न थाले अनि उ बाहिर गयो । मैले क्लब दर्ता गरे । क्लब कै तर्फबाट थुप्रै सामाजिक काम गर्यौ । हामी सानो हुदा दाइदिदिहरु ले जस्तो सास्कृतिक कार्यक्रम गर्थे त्यो भन्दा भब्य कार्यक्रम गर्यौ । अलि अलि मानीस हरु सङ्ग परिचय हुन थाल्यो । उता मेरो साथी भने राजनीतिमा होमियो ।
स्वबियु सभापति सम्म भयो । कलेजमा उस्को भनेको चल्न थाल्यो। कलेजमा मात्र होइन बाहिर पनि उस्को प्रभाव राम्रै पर्न थाल्यो । बिचबिचमा घर आउथ्यो । भेट्थ्यो अनि राजनीतिका कुरा गर्न थाल्थ्यो ।एकदिन चिया पिएर सकिएपछी उस्ले भन्यो ” तेरो क्लबलाइ यो बर्ष टन्न बजेट हाल्न लगाइदिन्छु ” हेल्मेट पुछ्दै उस्ले फेरि थप्यो “यस्पाली पाटिको जिल्ला सदस्यमा मनोनीत भएको छु यति पावर त लाग्छ मेरो ” ।
म केही बोलेन किनकी उस्को अगाडि बोल्न लायक छु कि छैन जस्तो लाग्यो आफुलाइ । उस्को त्यो महङ्गो बाइक , जुत्ता , घडी , खल्तिमा पैसा … अनि म त्यही उहीँ पुरानो उस्को साथी !
उ पार्टिको जिल्ला सदस्य । अनि म क्लबको अध्यक्ष !!