नाैलाेप्रेस डेस्क

822 Posts
श्री शुभशान्ती महिला समिति बेलुवाले मनायो तिज विशेष कार्यक्रम २०७९

श्री शुभशान्ती महिला समिति बेलुवाले मनायो तिज विशेष कार्यक्रम २०७९

१४, भाद्र २०७९ बर्दगोरिया (कैलाली) ।  कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ५ रहेको श्री शुभशान्ती महिला विकास समितिले हरितालिका तिज विशेष कार्यक्रम मनाएको छ ।  मंगलबार पर्न गएको हिन्दु महिलाहरुको महान् चार्ड हरितालिका तिजको अवसरमा वडा नम्बर ५ बेलुका गाउँमा रहेको श्री शुभशान्ती महिला समुहले तिज विशेष कार्यक्रम २०७९ मनाएको हो ।  कार्यक्रममा प्रमुख अतिथि बर्दगोरिया गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष भोलेराम चौधरी रहनु भएको थियो । कार्यक्रममा प्रमुख अतिथिको आसन बाट बोल्दै चौधरीले हरितालिका तिजको अवसरमा श्री शुभशान्ती महिला समूहले आयोजना गरेको कार्यक्रमको प्रशासन गर्दै शुभकामना व्यक्त गर्नु भएको थियो । उनले भने यस्ता कार्यक्रमले आफ्नो कला संस्कृति…
पुरा पढ्नुहाेस्
महालक्ष्मी आदर्श युवा क्लवले मनायो तिज विशेष कार्यक्रम २०७९

महालक्ष्मी आदर्श युवा क्लवले मनायो तिज विशेष कार्यक्रम २०७९

१४, भाद्र २०७९ बर्दगोरिया (कैलाली) ।  कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ५ हरितालिका तिज विशेष कार्यक्रम मनाएको छ ।  मंगलबार पर्न गएको हिन्दु महिलाहरुको महान् चार्ड हरितालिका तिजको अवसरमा वडा नम्बर ५ बैदीपुर गाउँमा संचालित महालक्ष्मी आदर्श युवा क्लवले तिज विशेष कार्यक्रम मनाएको हो । कार्यक्रममा प्रमुख अतिथि बर्दगोरिया गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष भोलेराम चौधरी रहनु भएको थियो । कार्यक्रममा प्रमुख अतिथि को आसन बाट बोल्दै चौधरीले हरितालिका तिजको अवसरमा यो महालक्ष्मी आदर्श युवा क्लबले आयोजना गरेको कार्यक्रमको प्रशासन गर्दै शुभकामना व्यक्त गर्नु भएको थियो । उनले भने यस्ता कार्यक्रमले आफ्नो कला संस्कृति बचाउन सकिने बताए । तर…
पुरा पढ्नुहाेस्
मालिका दन्त सेवाले गर्‍यो लम्की चुहा-६ गुलरामा नयाँ शाखा बिस्तार

मालिका दन्त सेवाले गर्‍यो लम्की चुहा-६ गुलरामा नयाँ शाखा बिस्तार

१३, भाद्र २०७९ कैलाली । कैलालीको बर्दगोरियामा बिगत लामो समय देखि सेवा दिदै आईरहेको मालिका दन्त सेवाले आफ्नो नयाँ शाखा बिस्तार गरेको छ । बिगत डेड दशक देखि बर्दगोरिया गाउँपालिका वडा नम्बर १ बाट सेवा दिदै आएको उक्त दन्त सेवाले आज देखि लम्की चुहा नगरपालिका वडा नम्बर ६ गुलरा बजार बाट पनि सेवा दिने भएको हो । मालिक दन्त सेवा प्रा.लि का संचालक केशव शाहीले सोमबार आज देखि लम्की चुहा नगरपालिका वडा नम्बर ६ गुलरा बाट रामारोशन डेन्टल क्लिनिक सेवा दिने भएको बताए । उनले भने बिगत करिब १५/१६ वर्ष देखि सडकपुर बौनिया बाट सेवा दिदै आएको बताउदै लम्की चुहा…
पुरा पढ्नुहाेस्
कञ्चनपुरमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

कञ्चनपुरमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

कैलाली । कञ्चनपुरमा हात्ती धपाउन खोज्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको शुक्लाफाँटा नगरपालिका वडा नम्बर ७ सिमलफाँटाकी २२ वर्षीया मीना जोशी रहेको प्रहरीले जनाएको छ । सोमबार बेलुकी हात्तीका बथान गाउँ पसेपछि उनी धपाउन गएकी थिइन्। हात्तीको आक्रमणबाट उनको मृत्यु भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
पुरा पढ्नुहाेस्
आज भाद्र १४ मंगलवार,  तपाईंको राशिफल

आज भाद्र १४ मंगलवार, तपाईंको राशिफल

आज २०७९ भाद्र १४ गते, मंगलवार, ३० अगस्ट २०२२। भाद्र शुक्लपक्ष तृतीया तिथि । कस्तो रहला तपाईंको आजको दिन । मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । रमणीय र टाढाको यात्रा फलदायी हुँदैन । आकस्मिक धन लाभ हुनेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज प्रतिकूल समयले घेरेको छ, संयम रहनु होला । बोलीको विपरीत अर्थ लाग्न सक्नेछ । नियमित खर्चसमेत बढ्ने योग रहेको छ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज अतिथिका रूपमा सम्मान पाइनेछ ।…
पुरा पढ्नुहाेस्
डुंगा पल्टिदा पाकिस्तानमा ७ जनाको मृत्यु, १३ जना बेपत्ता

डुंगा पल्टिदा पाकिस्तानमा ७ जनाको मृत्यु, १३ जना बेपत्ता

१४, भाद्र २०७९ काठमाडौं । पाकिस्तानमा डुंगा पल्टिदा ७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा महिला र बालबालिका रहेका छन । यस्तै दक्षिणी सिन्ध प्रान्तमा भएको उक्त दुर्घटनामा अन्य १३ जना बेपत्ता भएका छन् । उक्त डुंगा सिन्धु नदी हुँदै प्रान्तको सेहवान सरिफ क्षेत्रमा पल्टिएको थियो । डुंगामा करिब दुई दर्जन यात्रु सवार रहेको प्राप्त विवरणहरूमा जनाइएको छ । उद्धारकर्ताहरूले महिला र बालबालिका गरि ७ जनाको शव फेला पारेका थिए । नदीमा बेपत्ता भएका अन्यको खोजी भइरहेछ । यसैबीच, पाकिस्तानमा पछिल्लो समयमा आएको बाढीले लाखौँ मानिस विस्थापित भएका छन् । बाढीपछि सरकारले आपत्काल घोषणा गरेको छ ।
पुरा पढ्नुहाेस्
आज हरितालिका तीज पर्व, देशभर हर्षल्लासका साथ मनाइँदै, महिला कर्मचारीलाई बिदा

आज हरितालिका तीज पर्व, देशभर हर्षल्लासका साथ मनाइँदै, महिला कर्मचारीलाई बिदा

१४, भाद्र २०७९, काठमाडौं । आज हरितालिका तीज पर्व । हरेक वर्ष भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज पर्व आज देशभर हर्षल्लासका साथ मनाइँदैछ । हिन्दु नेपाली महिलाहरूले महादेवको पूजा आराधना गरी तीज मनाउने गर्छन् । आजको दिन व्रत बसी शिव–पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र परिवारको कल्याण हुने धार्मिक विश्वास छ। शिव–पार्वतीको पूजा गरेपछि नाचगान गर्ने चलन पनि छ। कोरोना भाइरस संक्रमणको जोखिमका कारण विगत दुई वर्षमा सामूहिक भेला यो पर्व मनाउन रोक लगाईएको थियो । तर यस वर्ष भने कोरोनाको जोखिम केहि न्यून रहेकोले देशभर हर्षल्लासका साथ मनाइँदैछ । दुई वर्षपछि आज तिजको अवसरमा देशभरका शिवालयहरु…
पुरा पढ्नुहाेस्
राष्ट्रिय युवा संघ नेपाल बर्दगाेरियाकाे तेस्रो सम्मेलन सम्पन्न; अध्यक्षमा रावल

राष्ट्रिय युवा संघ नेपाल बर्दगाेरियाकाे तेस्रो सम्मेलन सम्पन्न; अध्यक्षमा रावल

१३, भाद्र २०७९ बर्दगोरिया (कैलाली) । " न्याय प्रेमि युवाहरु राष्ट्रिय युवा संघमा सामाजिक परिवर्तन युवाको काधमा " भन्ने मुल मर्म बाेकेकाे राष्ट्रिय युवा संघ नेपाल बर्दगाेरियाकाे तेस्रो सम्मेलन सम्पन्न भएको छ । देशकै सबैभन्दा ठुलो युवाहरुकाे संगठनकाे रुपमा परिचित रहेको राष्ट्रिय युवा संघ नेपालले बर्दगाेरिया गाउपालिकामा समेत फरक छाप छाेड्दै आइरहेको छ । । राष्ट्रिय युवा संघ केन्द्रीय आयाेजक कमिटी सदस्य एवम् शुदुरपश्चिम प्रदेश आयाेजक कमिटि संयाेजक बिनय शाहकाे प्रमुख आथित्यतामा भएको कार्यक्रमका विशिष्ट अतिथि नेकपा एमाले शुदुरपश्चिम प्रदेश सचिवालय सदस्य कर्ण बहादुर कुवर, नेकपा एमाले कैलाली जिल्ला सचिव डेजि पाण्डे , राष्ट्रिय युवा संघ नेपाल कैलाली जिल्ला आयाेजक…
पुरा पढ्नुहाेस्
यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान

यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान

काठमाडौं । सुदुरपश्चिम प्रदेश लगाएत आज देशैभरि आंशिकदेखि सामान्य बदली रही हल्कादेखि मध्यम वर्षा भइरहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हाल हल्कादेखी मध्यम वर्षा भइरहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ अवस्थित रहेकोले सोमबार देशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। त्यस्तै मंगलबार पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका  केही स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी र सुदूर-पश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको…
पुरा पढ्नुहाेस्
हरितालिका (तिज) व्रतको आज अघिल्लो दिन; दर खाएर मनाईदै

हरितालिका (तिज) व्रतको आज अघिल्लो दिन; दर खाएर मनाईदै

१३, भाद्र २०७९ काठमाडौं । हरितालिका (तिज) व्रतको तयारी स्वरुप आज दर खाने तयारीमा नेपाली महिलाहरू छन्। दर खाने दिनसँगै चार दिने तिज पर्व आजदेखि सुरु हुँदैछ। विशेषगरी नेपाली नारीले मनाउने हरितालिका अर्थात् तिजको पहिलो दिन आज दर खाइन्छ। माइतीले चेलबेटीलाई बोलाई दर खुवाउने परम्परा छ। दरका रुपमा विशेषगरी दुधबाट बनेका शुद्ध परिकार खाइन्छ। जसले व्रतका दिन आडिलो बनाउँछ। दर नीराहार व्रतका लागि तीजको व्रत सक्नेले निराहार बस्ने भएकाले आज वर्तालुहरुले शक्ति प्राप्तिका लागि मीठा मीठा एवं आडिलो परिकार दरका रुपमा खाई मङ्गलबारको व्रतका लागि पूर्व तयारी गर्छन्। माइती एवं दाजुभाईले छोरी, चेली, दिदी बहिनीलाई बोलाई दर खुवाउने गर्दछन्। दर…
पुरा पढ्नुहाेस्