घोडाघोडीमा ओझा बन्धुहरुको सेवा समाजको एकाई कमिटी गठन
सुखड । कैलाली जिल्लामा रहेका ओझा बन्धुहरुको सेवा समाज बिस्तार गरिएको छ । बिहीवार घोडाघोडी नगरपालिका १ सुखडमा भेला भई घोडाघोडी, बर्दगोरिया, लम्कीचुहा र भजनिका ओझाहरुको सेवा समाज एकाई समिती गठन गरिएको छ । अध्यक्षमा केशव राज ओझा , उपाध्यक्षमा रमेश प्रसाद ओझा, सचिवमा सिद्धराज ओझा र कोषाध्यक्षमा सीता ओझा रहेका छन । यसै गरि सदस्यहरुमा बर्दगोरिया बाट कृष्ण प्रसाद ओझा (पदम) ,भजनीबाट नारायण ओझा, अन्य घोडाघोडी बाट बोध नारायण ओझा र नरेश राज ओझा रहेका छन । भेलामा ओझा सेवा समाज जिल्ला अध्यक्ष हेमराज ओझा ,जिल्ला सचिव गिरि राज ओझा ,घोडाघोडी नगरपालिका वडा नम्वर १ का अध्यक्ष घनश्याम ओझा…
















