लम्कीचुहा नगरपालिकाले माघ-३ गते सार्वजनिक बिदा दिने

बौनिया । कैलालीको लम्कीचुहा नगरपालिकाले एक दिन स्थानीय बिदा भनेर माघ ३ गते मंगलबार सार्बजनिक बिदा दिएको छ ।

थारु समुदायको नयाँ बर्ष तथा माघि पर्बको अवसरमा नगरपालिकाले माघ ३ गते मंगलबार स्थानिय बिदा दिएको सुचनामा उल्लेख गरेको छ ।

माघ १ गते माघिका दिन नेपाल सरकारले बिदा दिदै आएको छ । यसै गरि माघ २ गते प्रदेश सरकारले प्रदेश स्तरमा बिदा दिए संगै माघ ३ गते स्थानिय रुपमा पालिकाले बिदा दिएको हो ।

थारु समुदायको विशेष पर्व माघिको अवसरमा गाउपालिकाको कार्यालय , स्वास्थ्य संस्था ,वडा कार्यालयहरु, सरकारी तथा गैरसरकारी संघ संस्था लगाएत बिधालयमा सार्बजनिक बिदा रहने पालिकाले जारी गरेको सूचनामा उल्लेख छ ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार