बर्दगोरिया गाउँपालिका उपाध्यक्ष गिरिद्वारा पालिकामा संचालित विभिन्न योजनाको अनुगमन
बर्दगोरिया । बर्दगोरिया गाउपालिकाका उपाध्यक्ष गणेश राज गिरिले पालिकामा संचालित बिकास निर्माण कार्यको अनुगमन गर्नु भएको छ । बुधबार उपाध्यक्ष गिरिले सहित प्राबिधिकको टोलिले वडा नम्बर ६ को जोकाही- पृथ्वीपुर कालोपत्र सडकको अनुगमन गर्नु भएको हो । बुधबारनै उपाध्यक्ष गिरि संगै ईन्जिनियर टंक प्रसाद ओझा र वडा नम्बर १ का अध्यक्ष मिथुन गौतमले कुईरा नदिमा बनेको तटबन्धको अनुगमन समेत गरेका छन । यसै गरि झगडापुर देखि रानिकुण्डा हुँदै खैरेनी सम्म निर्माण भइ रहेको पानी पिच बाटोको समेत अनुगमन गरिएको छ । दिगो बिकास र समृद्धिको मार्ग द्रुत गतिमा अगाडि बढाउदै गएको पालिकले यतिबेला सडक मर्मत तथा सुधार सहित विभिन्न बिकास…

















