घट्यो पेट्रोलियम पदार्थको मुल्य

काठमाडौँ । नेपाल आयल निगमले एकै पटक ५ रुपैयाँले पेट्रोल मूल्य घटाउने निर्णय गरेको छ।

निगम सञ्चालक समितिको बिहीबार बसेको बैठकले पेट्रोलमा प्रतिलिटर ५ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ मूल्य घटाउने निर्णय गरेको हो ।

भारतीय आयल कर्पोरेसनबाट मूल्य घटेर आएसँगै निगमले पनि आन्तरिक बजारमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको हो । जसअनुसार अब  पेट्रोलको मूल्य १६५ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य १५५ रुपैयाँ पर्ने भएको छ ।

घटेको मूल्य शुक्रबारदेखि लागू हुने निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार