राजेन्द्र रावल
बर्दगोरिया । बर्दगाेरिया स्पाेर्टस एण्ड इभेन्टसकाे आयाेजनामा यहीँ मंसिर २१ गते बाट सुरु हुन लागेको कैलाली जिल्ला स्तरिय छात्र तथा छात्रा फुटबल प्रतियोगिता २०८१ मा सहभागी बिद्यालय हरुकाे समूह बिभाजन भाेलि साेमबार बेलुकी ६ बजे हुने आयाेजकले जानकारी दिएको छ ।
आयाेजकले दिएको जानकारी अनुसार प्रतियोगितामा जिल्ला भित्रका करिब १६ छात्रा र ३२ छात्र टिमको सहभागिता रहने निश्चित भएको छ । प्रतियोगितामा सहभागी छात्र टिमलाई ४ समुहमा बिभाजन गरि नक आउट पद्धतिमा खेल हुने र समुहको बिजेताले सेमिफाइनलमा स्थान बनाउनेछ । यस्तै उता लिककम नकआउटका आधारमा हुने छात्रातर्फ समेत समूह विजेताले सेमिफाइनलमा स्थान बनाउनेछन् ।
प्रतियोगिताकाे उद्धघाटन एक भव्य समारोहबीच मंसिर २१ गते बिहान ११:३० बजे शुदरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमल बहादुर शाहले बर्दगाेरिया गाउपालिका वडा नम्बर ४ काेटागढि खेल मैदानमा गर्ने कार्यक्रम यश अगाडि नै तय भएको छ ।
प्रतियोगितामा प्रथम हुने टिमले नगद रु. ५१ हजार, ट्रफी, मेडल र प्रमाण पत्र पुरस्कार स्वरूप प्राप्त गर्ने छ । यस्तै द्धितिय हुने टिमले नगद रु. ३१ हजार, ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्दा प्रतियोगिताको उत्कृष्ट खेलाडीले पुरस्कार स्वरुप नगद रु ५ हजार ५ सय प्राप्त गर्नेछन ।
यस्तै प्रतियोगितामा सबै भन्दा बढी गोल गर्ने खेलाडी, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट गाेल रक्षक, उत्कृष्ट प्रशिक्षक र उदयमान खेलाडी हरुले समेत पुरस्कार स्वरुप नगद रु. ३ हजार १ सय रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ ।
यस्तै प्रतियोगिताको दोस्रो चरणका खेलहरुमा प्लेयर अफ द म्याच हुने खेलाडी लाई नगद रु. ५ सय रुपैयाँ प्रदान गरिने भएको छ । उल्लेखित सम्पूर्ण पुरस्कार हरु छात्र तथा छात्रा दुवै बिधामा प्रदान आयोजक बर्दगोरिया स्पोर्टस एण्ड इभेन्टसका अध्यक्ष प्रमोद मल्लले जानकारी दिनु भएको छ ।