“जनतासँग माओबादि बिशेष रुपान्तरण अभियान” बर्दगोरिया र घोडाघोडी स्वागत

बर्दगोरिया । नेकपा माओवादी केन्द्रको “जनतासँङ्ग माओबादि बिशेष रुपान्तरण अभियान” आज बाट देशभर शुभारम्भ भएको छ।
जस अनुसार कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिकामा रहेको नेकपा ( माओबादी केन्द्र) गाउँ कमिटीले पनि आज एक औपचारिक कार्यक्रमको आयोजना गर्दै अभियानको शुभारम्भ भएको जनाएको छ ।

कार्यक्रममा प्रमुख अतिथि पार्टीका सुदुरपश्चिम प्रदेश अध्यक्ष तथा बर्दगोरिया गाउँपालिकाका लागि मनोनीत अभियानका संयोजक हरि चौधरी (उत्सव) रहेका थिए । कार्यक्रम लाई सम्बोधन गर्दै प्रमुख अतिथि चौधरीले अब पार्टीलाई बलियो मजबुत बनाउने जिम्मा सबैको रहेको बताए । उनले भने पार्टी कसरी बिग्रन पुग्यो? कस्को कारण बिग्रीयो? किन बिग्रीयो ? भन्ने कुरा सहायक राख्दै पार्टी केन्द्रको निर्देशन अनुसार सबैले आआफ्नो जिम्मेवारी निर्वाह गर्न अनुरोध गरे । आफु पार्टी कमिटी कमजोर भएको ठाउँमा एक सहजीकरणको मुख्य भुमिकामा मात्र रहेको बताए । पार्टी कमिटी मजबुत बनाउन त विशेष गरि यही क्षेत्रका पार्टी का नेताहरुको हातमा रहने गर्छ । त्यसमा मेरो होइन ? उसको हो ? भन्ने जस्ता कुराहरु नभई पार्टीको सेल कमिटी देखी सम्पुर्ण नयाँ कमिटी गठन तथा गठित कमिटीको शुद्धीकरणमा सबैले आआफ्नो स्थान बाट हुने सर-सहयोग गर्नु पर्छ । पार्टीको तिन महिने अभियान नकुन्जेल आफु यहीँ पालिकामा रहने हुँदा २४ सै घण्टा साथमा रहने हुँदा उक्त अवधि सम्म आफुलाई सबैको साथ बराबर रुपमा आवश्यकता पर्ने उनके बताए ।

पार्टी गाउँ कमिटी अध्यक्ष राम बहादुर साउद ( आएम) को अध्यक्षतामा भएको कार्यक्रममा पार्टी प्रदेश कमिटी सचिवालय सदस्य, प्रदेश कमिटी सदस्य लगाएका नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।

घोडाघोडी नगर कमिटीको पनि …

यस्तै आज नै कैलालीको घोडाघोडी नगरपालिकामा रहेको घोडाघोडी नगर कमिटीले पनि एक भव्य कार्यक्रमको आयोजना गर्दै अभियानको शुभारम्भ भएको जानकारी दिएको छ ।

नगर कमिटीले पार्टीको तिन महिने अभियानको स्वागत स्वरुप सुखड् बजारमा पञ्चेबाजा सहित र्‍याली निकाल्दै अभियानको शुभारम्भ गरेको हो ।


र्‍यालीमा “अघि बढ प्रचण्ड जनता तिम्रो साथमा छ, भ्रष्टाचारी हरुलाई कानुनी दायरामा ल्याई कारवाही गर, प्रचण्ड पथ जिन्दावाद” लगाएतका नारा लगाइएको थियो ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार