सहज युवा क्लब लम्कीचुहा-५ को ५ औं चुनावी वार्षिक साधारण सभा सम्पन्न

लम्की । कैलालीको लम्कीचुहा नगरपालिका वडा नं. ५ मा रहेको सहज युवा क्लबको ५ औ चुनावी वार्षिक साधारण सभा सम्पन्न भएको छ । सुरज रावलको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन गर्दै क्लबको ५ औ वार्षिक साधारण सभा सम्पन्न भएको हो ।

क्लबका अध्यक्ष पदम बहादुर तिरुवाको अध्यक्षतामा आयोजित ५ औ वार्षिक साधारण सभाका प्रमुख अतिथि वडा नं.५ की वडाअध्यक्ष माया बिष्ट रहेकी थिइन् ।कार्यक्रममा बोल्दै अध्यक्ष बिष्टले सहज युवा क्लबले गर्दै आएको कामको प्रशंसा गरेकी छन । वडा सँगको सहकार्यमा बिभिन्न खेलकुद गतिविधि ,सांस्कृतिक कार्यक्रम, क्लब भवन निर्माण ,सिलाइकटाइ तालिम तथा मेसिन बितरण ,वृक्षारोपण जस्ता कामहरू गर्न सफल भएको उनले बताइन ।

यस्तै कार्यक्रममा बोल्ने वक्ताहरूले यदि क्लब चलायमान हुन सके सभ्य समाज निर्माण गर्न सक्षम र स्वस्थ खेलाडी उत्पादन गर्ने सकिने कुरामा जोड दिएका थिए ।

कार्यक्रमको अतिथिमा साबिक बलिया गा.बि.स अध्यक्ष तथा नगर उद्यान मोहनलाल सामुदायिक बनका अध्यक्ष बखत बिष्ट,वडा सदस्य भक्त बहादुर बुढा,पदम परियार,श्री जन जागृति मावि चौधरी अध्यक्ष रन सिह विश्वकर्मा ,समाजसेवी टेक थापा लगायतका अतिथिहरू रहेका थिए ।

५ औ वार्षिक साधारण सभाबाट पदम बहादुर तिरुवाको कार्य अवधि सकिए सँगै नयाँ कार्य समिति चयन गरिएको हो । अध्यक्षमा सुरज बहादुर उपाध्यक्ष समिर बिक ,सचिवमा धाङ्ग्रे टमट्टा, कोषाध्यक्ष निर्मल राना, सहसचिवमा कृष्ण चौधरी रहेका छन । सदस्यमा सुरेश बि.क ,मुकेश रेउले ,मेनुका न्यौपाने जैसी, लक्ष्मी टमट्टा लगायत ९ जना निर्विरोध निर्वाचित भएका हुन भने २ जना मनोनित ल्याइने छ ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार