मंगलबार राती आएको बाढीका कारण लम्कीचुहा-१० का ५० बढी घर डुवानमा

कैलाली । गएराति परेको अभिरल वर्षाका कारण कैलालीको लम्की चुहा नगरपालिका वडा नम्बर १० का ५० बढी घर डुवानमा परेका छ्न ।

वर्षात सङ्गै पथरैया नदिमा आएको बाढीका कारण वडाको सुतौया गाउँका ५० बढी घर डुवानमा परेका हुन ।

वस्ती डुवानमा परेपनि मानवीय क्षति भने नभएको लम्की चुहा नगरपालिका वडा नम्बर १० का वडा सदस्य सुरेन्द्र बोहराले जानकारी दिए ।

उनले भने- ‘वर्षात सङ्गै राती नदिमा आएको बाढीको पानी घरभित्र पसेको थियो । पानी घरभित्र पसेको भएपनि मानवीय क्षति भने भएको छैन । तर नदिमा आएको वाढीका कारण नदी कटान भएको छ । जसले गर्दा नदीआसपास बसोबास गर्ने स्थानीय बासिन्दाहरु नदी कटानको उच्च जोखिममा रहेको छ ।

उक्त पथरैया नदीले विगत लामो समयदेखि गर्दै आएको नदी कटानले गर्दा उक्त स्थानका वासिन्दाहरु प्रत्येक वर्ष वर्षातको समयमा चिन्तित हुने गर्दछ्न । उक्त नदीले वर्षेनी बिघौ खेतीयोग्य जमिन कटान गर्नुका साथै कयौंका घरवास समेत बघाएको र कतिपय स्थानीय वासीहरुका घरहरु नदी कटानको उच्च जोखिम रहेको स्थानीय नन्द सिह बिकले बताए । उनले भए आफ्नो खेतीयोग्य जमिन समेत वर्षेनि नदीले कटान गर्दै आएको र हिजो राति समेत नदीमा आएको बाढीले आफ्नो खेती योग्य जमीन कटान गरेको छ, जसले गर्दा सँगै जोडिएको आफ्नो घर समेत नदी कटानको उच्च जोखिम रहेको बताए । चुनावको बेला विभिन्न राजनीति दलहरु भोट माग्न घरमै आएने र उक्त समयमा नदी कटानलाई रोक्न तटबन्ध गरिदिने जस्ता विभिन्न आश्वासन दिने गरेपनि चुनाव सकेपछि कसैले उक्त नदी तटबन्धमा ध्यान नदिएको गुनासो गरे ।

यता अनुगमन गर्न गएका वडा सदस्य सुरेन्द्र बोहराले भने आफुहरु उक्त नदी कटान क्षेत्रमा बसोवास गर्दै आएका स्थानीय वासीहरु प्रति चिन्तित रहेको बताए । उनले भने आफ्नो वडाले गर्न सक्ने कुनै पनि काम बाकी नराखी विशेष गरि उक्त नदी कटानको उच्च जोखिमको मात्रा हेर्दै क्रमश रुपमा तटबन्ध कार्यका लागि नगरपालिका, प्रदेश सरकार तथा केन्द्र सरकार समक्ष पहल गर्ने बताए ।

यस्तै उक्त बाढीले गर्दा सुतैया चौराह देखि उत्तर तर्फको भर्खर मात्र बनेको पानी पिच समेत बगाएको छ ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार