बर्दगोरिया -५ को टोल भेलाको समय तालिका सार्वजनिक, कुन दिन कुन ठाउँमा हुदैछ?

बर्दगोरिया । आर्थिक वर्ष ०८०/०८१ को नीति तथा कार्यक्रम संचालनका लागि बर्दगोरिया गाउपालिकामा टोल भेला सुरु हुने भएको छ ।

पालिकाले बिकास निर्माण संगै जनताको आयस्तर बढाउनका लागि टोल टोल बाट योजना छनौट गर्नका लागि टोल भेला गर्न लागेको हो । यस पटक केही नयाँ विषयले पनि नीति तथा कार्यक्रममा प्रवेश पाउने यश क्षेत्रका जनताले आस लिएका छन ।

पालिकाका ६ वटै वडाका टोलबस्ती बाट प्रारम्भिक चरणमा योजना छनौटका लागि टोल भेला गर्न लागिएको बर्दगोरिया गाउँपालिकाले जनाएको छ ।

टोलभेलाबाट आवश्यक सल्लाह सुझाव र योजना, कार्यक्रमलाई पालिका स्तरमा लगेर दीर्घकालीन योजनालाई प्राथमिकतामा राखेर अघि बढ्ने उनले बताए ।

टोल बस्ती बाट राम्रा र दीर्घकालीन योजना आउन भन्ने उद्देश्यले सबै वडाले जेष्ठ महिना भित्र सम्बन्धित टोल टोलमा सल्लाह सुझावका लागि सुचना समेत निकालेका छन ।
सोही अनुसार वडा नम्बर ५ ले आफ्नो वडामा हुने टोलभेलाको समत तालिका सार्वजनिक गरेको छ।

यस्तो छ समय तालिका

मिति २०८० जेष्ठ ७ गते बिहान ८ बजे कोइलीभुरुवा भलमन्साको घरमा र साझ ४ बजे रामपुर शिव मन्दिरमा रहेको छ ।

यस्तै मिति २०८० जेष्ठ ८ गते बिहान ८ बजे रामजानकी मन्दिर बेलुवा, बिहान ११ बजे बेलुवा चौधरी टोल क्लबको भवनमा र साझ ४ बजे ठाकुरद्वारा प्रगतिशील कृषि समुहको भवनमा बस्ने भएको छ ।

‌यस्तै मिति २०८० जेष्ठ ९ गते बिहान ८ बजे छराही रानिवन कृषि समुहको भवनमा र साझ ४ बजे बैदिपुर महालक्ष्मी आदर्श युका क्लबको भवनमा बस्ने भएको हो ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार