जसपा तत्काल सरकारमा नजाने

काठमाडौं । नयाँ सरकार निमार्ण संगै जनता समाजवादी पार्टी (जसपा)ले भने तत्काल सरकारमा नजाने निर्णय गरेको छ । पार्टीले सरकारमा जाने या नजाने विषय राजनीतिक समितिको बैठकपछि मात्र टुंगो लगाउने जानकारी दिएको छ।

पुस १८ र १९ गते बस्ने राजनीतिक समितिको बैठकले जसपा सरकारमा सहभागी हुने या नहुने विषय तय गर्ने बताइएको छ । त्यसवेलासम्म पार्टीको संसदीय दलको नेता चयनको प्रक्रिया पनि टुंगो लाग्ने पार्टीले जनाएको छ ।

जसपाले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई समर्थन गरेको छ। सरकारलाई समर्थन गरेकामध्ये तीन दल तत्काल सरकारमा सामेल नहुने भएका हुन् । राप्रपा र नागरिक उन्मुक्ति पार्टीले पनि तत्काल सरकारमा सहभागी नहुने निर्णय गरेका छन् ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार