बर्दगोरियामा जारी राष्ट्र ब्यापी फुटबल प्रतियोगिताको फाइन खेल आज हुँदै

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकामा जरी पाचौं बर्दगोरिया सेती लोकमार्ग खुल्ला राष्ट्र ब्यापी फुटबल प्रतियोगिताको फाईन खेल आज हुने भएको छ ।
असोज ३० गते देखि शुरु भएको उक्त राष्ट्र ब्यापी फुटबल प्रतियोगिताको फाईन खेल आज हुने भएको हो ।

फाईन खेलमा आज कोहलपुर रेसिङ्ग युवा क्लब र नेपाल आर्मीको देविदल गण (तेघरी) भिडने भएको छ ।

प्रतियोगितामा प्रथम हुनेले नगद २ लाख २५ ह्जार सहित ट्रफी ,मेडल र प्रमाणपत्र साथै दोस्रो हुने टिमले नगद १ लाख १५ ह्जार नगद सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ ।

यसैगरी ब्यक्तिगत बिद्यातर्फ उत्कृष्ट खेलाडीले नगद १५ ह्जार प्राप्त गर्दा, उत्कृष्ट डिफेन्स्क, उत्कृष्ट गोल रक्षक, उदयिमान खेलाडी र सर्बाधिक गोल कर्ताले नगद १०÷१० ह्जार प्राप्त गर्ने छन ।
प्रतियोगिताको फाईन खेल आज दिउँसो २ बजे हुने आयोजकले जानकारी दिएको छ ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार