राशिफल अनुसार तपाईंको आजको दिन कस्तो रहला ?

आज २०७९ कार्तिक ६ गते, आइतवार, २३ अक्टोबर २०२२। कार्तिक कृष्णपक्ष त्रयोदशी तिथि । राशिफल अनुसार तपाईंको आजको दिन कस्तो रहला ?

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज लामो समयदेखि रोकिएका अधुरा कार्यहरू पुरा हुनेछन् । पारिवारिक सहयोग मिल्नेछ । कुनै कुराले मनमा शान्ति छाउनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज तीर्थाटनको योग छ । नयाँ कार्यको थालनी हुनेछ । धर्म कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । आत्मिक सन्तुष्टि मिल्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आजको दिन मध्यम नै रहनेछ । मिहिनेत अनुसारको फल राम्रै पाइनेछ । वैदेशिक कामहरू सहजै अघि बढ्नेछन् , तर स्वादिष्ट भोजन पाइनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । आकस्मिक धन लाभ हुनेछ , तर टाढाको यात्रा फलदायी हुँदैन ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
शुभकार्यको चर्चा चल्नेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यमा अधिक सफलता मिल्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
अतिथिका रूपमा सम्मान पाइनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । ठूला व्यक्तिले तपाईँका मेहनतको प्रशंसा गर्नेछन् ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज पारिवारिक समस्या आइपर्ला । आफैले गरेको काममा ढिलासुस्ती हुनेछ । नयाँ ठाउँमा आर्थिक लगानी गर्नु उपलब्धीमूलक हुँदैन ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
रमणीय र सुखद् यात्राको योग छ । नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ । जोशजाँगर र हिम्मत बढ्नेछ । दैनिक कार्यहरूमा प्रगति हुनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आज नयाँ र शुभ समाचार सुन्न पाइनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन पनि सकिनेछ । बजार भ्रमणको विशेष योग रहेको छ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
आज धर्म संस्कृति तथा रीतिरिवाजमा तपाईँको सहभागिता हुनेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिन सफल भइनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । झुटा आरोप आइपर्दा समस्या खेप्नुपर्नेछ । स्वास्थ्य तथा सौन्दर्यतामा धन खर्च हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आज भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ। व्यापारमा प्रशस्त फाइदा हुनेछ । प्रतिष्ठित काम गर्ने मौका समेत मिल्नेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् । – ज्यो.प. नारायणप्रसाद दुलाल

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार