ब्वाइज युनियन लम्कीलाई १/० गोलले हराउँदै रेसिङ्ग युवा क्लब कोहलपुर, फाइनलमा प्रवेश

बर्दगोरिया । बर्दगोरिया गाउँपालिकामा जरी पाचौं बर्दगोरिया सेती लोकमार्ग खुल्ला राष्ट्र ब्यापी फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरणका खेल हरु पुरा भएका छन ।

आज भएको अन्तिम सेमिफाइनलको खेलमा कोहलपुर रेसिङ्ग युवा क्लब फाइनमा प्रवेश गरे सङ्गै सेमिफाइनल समीकरणका खेल हरु पुरा भएका हुन ।

रेसिङ्ग युवा क्लब कोहलपुर र ब्वाइज युनियन लम्की बिच भएको अन्तिम खेलमा रेसिङ्ग युवा १/० गोलले जित हासिल गर्दै फाइनलमा प्रवेश गरेको छ ।

प्रतियोगितामा प्रथम हुनेले नगद २ लाख २५ ह्जार सहित ट्रफी ,मेडल र प्रमाणपत्र साथै दोस्रो हुने टिमले नगद १ लाख १५ ह्जार नगद सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ ।

यसैगरी ब्यक्तिगत बिद्यातर्फ उत्कृष्ट खेलाडीले नगद १५ ह्जार प्राप्त गर्दा,उत्कृष्ट डिफेन्स्क,उत्कृष्ट गोल रक्षक, उदयिमान खेलाडी र सर्बाधिक गोल कर्ता ले नगद १०/१० ह्जार प्राप्त गर्ने छन ।

प्रतियोगिता कार्तिक ६ गतेसम्म चल्नेछ ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार