श्री महुन्याल मा.वि को शिक्षक अभिभावक संगठनको अध्यक्षमा चौधरी चयन

१, असोज २०७९ बर्दगोरिया (कैलाली) । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ वास्कोटीमा रहेको श्री महुन्याल माध्यामिक बिद्यालयको शिक्षक अभिभावक संगठनको अध्यक्षमा बिनोद कुमार चौधरी चयन भएका छन ।

शनिबार बिद्यालय व्यवस्थापन समिती अध्यक्ष ध्वज बहादुर सुनारको अध्यक्षतामा शिक्षक अभिभावक संगठनका लागि बसेको अभिभावक भेला बाट चौधरी चयन भएका हुन ।

यस्तै सदस्यहरुमा पदम बहादुर विश्वकर्मा, पार्वती देवि कामी, जानकी भण्डारी, कल्पना चौधरी, धना देवि चौधरी, लाली देवि भुल, रेखा देवि कठरिया, नानी कन्या सञ्चालन चयन भएका हुन । यस्तै बिधालयको शिक्षक सदस्य सचीवमा बिधालयका प्रधानाध्यापक चन्द्रीका जोशी रहेकी छन ।

कार्यक्रममा प्रमुख अतिथी बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष राम कृष्ण डगौरा थारु रहनु भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि डगौरा थारुले श्री महुन्याल मा.वि ले पछिल्लो समयमा शिक्षा क्षेत्रमा निकै फट्को मारेको बताए । शिक्षामा आधुनिकरण तथा गुणस्तरीयता लाई निरन्तरता दिएको बताउदै बिधालयले पालिकामा शिक्षा क्षेत्र तर्फ निकै फट्को मारेको बताए । बिधालयका व्यवस्थापनका अध्यक्ष तथा प्र.अ ले आफ्नो भुमिकालाई निस्वार्थ पुर्ण निर्वाह गरेकोमा बधाई तथा धन्यवाद व्यक्त गरेका हुन । बिधालयलाई वडा बाट हुने सहयोग यश अघि पनि गरेको र आगामी दिनहरुमा समेत गर्ने बताए । सोही क्रममा उनले जोडे यश अघिको शिक्षक अभिभावक संगठनले पनि यस बिधालयको समग्र बिकास तथा शिक्षामा सक्रिय भुमिका खेलेको भन्दै धन्यवाद व्यक्त गरे । साथै आउदो शिक्षक अभिभावक संगठनले पनि यस बिधालय बिकास तथा शिक्षा क्षेत्रलाई थप मजबुत बनाउने कार्यमा आफ्नो अमुल्य भुमिका खेल्न समेत अनुरोध गरे ।

कार्यक्रममा बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष ध्वज बहादुर सुनार शिक्षकहरुको अभिभावक्त ग्रहन गर्नका लागि शिक्षक अभिभावक संगठन अतिआवश्य रहेको बताए । शिक्षक र अभिभावक बिचको सम्बन्धलाई नजिक बनाउन शिक्षक अभिभावक संगठनको एक अमुल्य भुमिका रहने गर्छ । बिधालय व्यवस्थापन समितिले बिद्यालयको आर्थिक तथा भौतिक व्यवस्थापनको निम्ति काम गर्नु पर्ने हुँदा अन्य कार्यमा त्यति समय दिन नसकिने हुँदा शिक्षक र अभिभावक विचको सम्बन्धलाई गाडा बनाई बिद्यालयको स्तर उन्नति गर्नको लागि शिक्षक अभिभावक संगठनको अमुल्य भुमिका रहने बताए ।

सोही क्रममा शिक्षक अभिभावक संगठनले बिधालयले कस्तो प्रकारको शिक्षा दिइरहेको छ ? बिध्यार्थीको उपस्थिति कति हुने गर्छ? शिक्षक, विध्यार्थी र अभिभावक लाई कसरी एक अर्का सँग जोड्ने भन्ने विषयमा काम गर्ने बताए ।
कार्यक्रममा वडा नम्बर ६ का वडा सदस्यहरु, बिधालय व्यवस्थापनका पुर्व अध्यक्ष लगाएतले शुभकामना मन्तव्य राखेका थिए ।

बिधालयका प्रधानाध्यापक चन्द्रीका जोशीको स्वागत मन्तव्य सँगै शुरु भएको कार्यक्रमको संचालन बिद्यालयका सहायक प्रधानाध्यापक धनराज जोशीले गरेका थिए ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार