कैलालीको लम्कीमा भाद्र ३० देखि लम्की सांगितीक महोत्सव २०७९ हुँदै

लम्की (कैलाली) । कैलालीको लम्की चुहा नगरपालिकामा लम्की सांगितीक महोत्सव हुने भएको छ । लम्की एफ.एम.को आयोजनामा यहि भाद्र ३० गते देखि   असोज ९ गते सम्म लम्की सांगितीक महोत्सव २०७९ हुने भएको छ ।

आज पत्रकार सम्मेलन गर्दै हाईबे मिडिया प्रा.लि. द्धारा सञ्चालित लम्की एफ.एम. ९२.१ मेघाहर्जको आयोजनामा भदौ ३० गते दखि असोज ९ गते सम्म महोत्सव सञ्चालन  गरीने महोत्सव मुल समिति संयोजक दिपक सुनारले सम्मेलन मार्फत जानकारी दिनु भयो ।

पत्रकार सम्मेलन गर्दै महोत्सव मुल समिति संयोजक  सुनारले उक्त महोत्सव बौनियामा रहेको सहारा घरको सहयोगार्थ महोत्सव गर्न लागिएको बताउदै महोत्सवमा यस क्षेत्रका सांस्कृति भेषभुसा झल्कीने स्थानिय कलासंस्कृतिको पर्दशन गरिनुका साथै ब्यापारीक, ब्यावसायिक र कृर्षि स्टल समेत रहने बताएको छ ।

महोत्सव अवधिभर स्थानिय तथा राष्ट्रिय कलाकारको समेत प्रस्तुति रहने आयोजक लम्की एफ.एम.ले जनाएको छ । महोत्सव बाट उठेको आम्दानीले लम्की एफ.एम.को विकासका साथै यस क्षेत्रको सामाजिक विकासमा सहयोग गर्ने लक्ष्य रहेको र बौनियामा रहेको सहारा घरको सहयोगका लागि प्रति टीकट बाट ५ रुपैयाँ छुट्याउने महोत्सव मुल समिति संयोजक दिपक सुनारले बताउनु भयो । १० दिन सम्म सञ्चालन गरीने महोत्सबमा करीब २०/२५ लाख खर्च र सोही अनुसारको आम्दानी रहने अनुमान गरेको आयोजकको दावी छ । उक्त महोत्सवलाई सहयोग गरी दिन समेत आयोजकले सबैलाई आग्रह गरेको छ ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार