बर्दगोरिया कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिकामा कोभिड-१९ का लागि सामाजिक परिचालन परियोजना पालिका स्तरीय परियोजना जानकारी सम्बन्धि छलफल कार्यक्रम सम्पन्न भएको छ।
बुधबार पालिकाको वडा नम्बर २ मा (व्याकवार्ड सोसाइटी एजुकेसन) कैलालीको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । नेपाल सरकारको सम्पुर्ण नागरिकलाइ कोभिड-१९ खोपको पहुचमा सतप्रतिशत पुर्याउने लक्ष्यलाई पुर्ण गर्ने व्याकवार्ड सोसाइटी एजुकेसन (बेस) ले बर्दगोरियामा उक्त कार्यक्रम गरेको कार्यक्रमका संयोजन लक्ष्यण चौधरी जानकारी दिए । उनका हाल उक्त संस्थाले बर्दगोरिया लगाएत लम्की चुहा नगरपालिका, जानकी गाउँपालिका, टिकापुर नगरपालिका, भजनी नगरपालिका, मोहन्याल गाउँपालिकामा, जोशिपुर गाउँपालिका मा कोभिड-१९ खोपका लागि समुदाय परियोजनाको काम गर्ने जनाएको छ । कार्यक्रममा स्थानीय तहका महिला स्वयंसेविका सङ्ग सहकार्य गरि समुदायमा कोभिड-१९ सम्बन्धि जानकारी दिई कार्यक्रमलाई तिव्रता दिन कार्यक्रमको आयोजना गरिएको चौधरीले जानकारी दिए । कार्यक्रम व्याकवार्ड सोसाइटी एजुकेसन (बेस) को आर्थिक सहयोगमा, जिआईजेडको स्वास्थ्य क्षेत्र कार्यक्रम अन्तरगत उक्त कार्यक्रम भएको हो । बर्दगोरिया गाउँपालिका उपाध्यक्ष गणेश राज गिरिको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा उपाध्यक्ष गिरिले पालिकामा कोभिड-१९ संक्रमण न्यूनीकरण गर्न स्थानीय सरकार बाट कुनै पनि कुराको कमि नहुन दिने बताए । उनले भने विगतका दिनहरुमा जेजस्तो कमि कमजोरी भएपनि अब आगामी दिनहरुमा यस्ता कमि कमजोरी लाई सुधारदै सम्पूर्ण पालिका वासिलाई कोभिड-१९ को खोप पुर्ण मात्राम दिने व्यवस्था मिलाउने बताए ।
कार्यक्रममा पालिकालाई कोभिड-१९ संक्रमण बाट कसरी न्यूनीकरण गर्ने सकिन्छ? पुर्ण मातामा खोप कसरी दिने? खोप लगाउन छुटेका नागरिकलाई कसरी खोपको दायरामा ल्याउने ? यस्मा पालिका र स्वास्थ्य साखाको तर्फबाट भुमिका खेल्न सकिन्छ भन्ने बिषयमा छलफल भएको थियो ।
यस्तै कार्यक्रममा सम्पुर्ण वडाको तर्फ बाट बोल्दै बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष राम कृष्ण डगौरा थारुले कोरोना कालका बेला स्थानीय सरकारले खेलेको भुमिका र त्यसबाट आएका समस्या बारे जानकारी गराउदै आगामी दिनहरुमा कोभिड-१९ संक्रमण लाई न्यूनीकरण गर्न वडाको तर्फ बाट गर्नुपर्ने कुनै पनि कार्यमा आफुहरुको पुर्णमा साथ सहयोग रहने बताए ।
कार्यक्रम वडा नम्बर १ का अध्यक्ष मिथुन गौतम, २ का अध्यक्ष गोबिन्द बि.क, ३ का अध्यक्ष मनऋषि आचार्य, ५ क्क्क अध्यक्ष भोलेराम चौधरी ६ का अध्यक्ष रामकृष्ण डगौरा थारु, कार्यपालिका सदस्य, वडा सदस्य, स्वास्थ्यकर्मी लगाएको सहभागीता रहेको थियो । कार्यक्रममा जिल्ला भरका लक्ष्यित उमेर समुहका नागरिकहरुले पहिलो चरणमा ९३.५, दोस्रो ७९.४ र तेस्रो ३९.९ प्रतिशतलाई खोप प्रदान गरिएको छ । भने हाल सम्म बर्दगोरिया गाउँपालिकामा चरणमा ८८.३, दोस्रो ७४.२ र तेस्रो ३२.७ प्रतिशतलाई खोप प्रदान गरिएको छ । कार्यक्रमको संचालन बर्दगोरिया गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नृप बिष्ट ले गरेका थिए ।