आज नेपाल बन्द, बिहानै देखि बजार तथा यातायात पुर्ण रुपमा बन्द

कैलाली । आज नेपाल कम्युनिष्ट पार्टी विप्लव नेतृत्व सहितका दलले नेपाल बन्दको गरेको छ ।

नेपाल कम्युनिष्ट पार्टी विप्लव नेतृत्वको पार्टीसहितका चार राजनीतिक दलले आज मंगलबार नेपाल बन्द आह्वान गरेका छन ।

एमसीसी, एसपीसी जस्ता राष्ट्रघाती सम्झौता कार्यान्वयनमा नेकपा विप्लव र सरकारविच भएका तीन बुँदे सहमति सरकारबाटै उलङघन भएको साथै भ्रष्टचार, कालो बजारी,देशमा ब्याप्त आर्थिक मन्दी विरुद्द नेपाल बन्दको गरिएको जनाएको छ ।

त्यस्तै  नेपाल सरकारसंग को सहमति विपरीत अदालतले पार्टीका महासचिव लगायत दर्जनौँ नेता कार्यकर्तालार्ई पक्राउ पुर्जी जारी गरेर मुलुकलाई द्वन्द्वमा धकेलिरहेको उल्लेख गर्दै नेपाल बन्द गरेको छ ।

बन्दको प्रभाव आज देशैभर परेको छ । बन्दका कारण छोटो तथा लामो दुरिका सवारी साधन ठप्प रहेका छन । यस्तै कलकारखाना, व्यापार व्यवसाय, शिक्षण संस्था पनि बन्द रहेका छन ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार