तिने करेला किन खाने ? यस्ता छन फाइदा

काठमाडौं । नेपाल एक कृषि प्रदान देश हो ।  यहाँ रहेक मानिसले सामान्यतया तरकारी खेती सबैले गर्दै आएका छन । ती मध्ये तितो स्वाद हुने तरकारी हो तिते करेला । करेला खाँदा निकै तितो हुन्छ तर यसका गुण निकै मिठा छन् ।

करेला स्वास्थ्यको दृष्टिकोणले निकै नै फाइदाजनक मानिन्छ । यसले मधुमेहको खतरादेखि लिएर शरीरलाई तन्दुरुस्त राख्नसमेत करेला उपयोगी मानिन्छ ।
करेला तितो हुने भएकाले अक्सर मानिसलाई मन नपर्न सक्छ । तर, मानव शरीरका लागि भने यो निकै उपयोगी मानिएको छ । करेला लाई तरकारी तथा जुस बनाएर खान सकिन्छ ।

करेला खानुको फाइदा
-कलेजोको रोगीलाई करेला सेवन लाभदायक हुन्छ ।
– करेलाले रगत सफा गर्छ । साथै हेमोग्लोबिन बढाउँछ ।
-करेलले पाचनशक्ति दुरुस्त राख्छ, भोक जगाउँछ ।
-दमको बिरामीले करेलाको सेवन गर्नु राम्रो हो ।
-करेलाको रस कागतिमा मिसाएर पानीसँग पिउदा तौल नियन्त्रण हुन्छ ।
– करेला चिसो हुन्छ । त्यसैले गर्मीबाट पैदा हुने रोगीका लागि यसले राम्रो काम गर्छ ।
-कफको रोगीले करेला सेवन गर्नुपर्छ ।
-मधुमेहका लागि पनि करेला रामबाण हुनसक्छ । यसले सुगर लेभल नियन्त्रण गर्छ ।
करेला खानुका बेफाइदाः

– करेलाको जुसमा मोमोरडिका क्यारिन्टिया नामक तत्व पाइन्छ । यसको अत्यधिक सेवनले महिनावारी चक्र बढाउँछ । गर्भावस्थाको समयमा अत्यधिक करेला सेवनले गर्भपतन हुने खतरा हुन्छ ।

– अत्यधिक करेला सेवन गर्दा ‘साइड इफेक्ट’ हुनुका साथै हिमोलाइटिक एनिमिया हुने सम्भावना पनि बढ्छ । यस्तो अवस्थामा ज्वरो आउने, पेटमा दुखाई हुने , पखाला लाग्ने, टाउको दुख्ने जस्ता समस्याहरु हुन्छन् ।

–प्रायः मधुमेहका बिरामीले रगतमा चिनिको मात्रा सन्तुलन गर्न करेला खाने गर्छन् । यस्ता बिरामीहरुले करेलाको जुस सेवन गर्दा मात्रा मिलाएर पिउने गर्नुपर्छ । अत्यधिक करेलाको जुस सेवन गर्दा कलेजो र मिर्गौलामा असर पर्छ । अत्यधिक करेलाको सेवनले कलेजोमा एन्जाइम्सको वृद्धि हुने हुँदा कलेजोमा समस्या आउँन सक्छ ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार