सुदुरपश्चिम विशेष

बर्दगोरिया-५ मा १ दिने नि:शुल्क स्वास्थ्य परिक्षण शिविर मंगलबार सम्पन्न; २१६ जनाले लिए सेवा

बर्दगोरिया-५ मा १ दिने नि:शुल्क स्वास्थ्य परिक्षण शिविर मंगलबार सम्पन्न; २१६ जनाले लिए सेवा

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ५ मा रहेको कोइलीभुरुवा आधारभूत स्वास्थ्य चौकिमा मंगलबार सम्पन्न १ दिने निशुल्क स्वास्थ्य शिविरबाट २१६ जना सेवाग्राहीले स्वास्थ्य परिक्षण गरि सेवा लिएका छन । जिल्ला स्वास्थ्य कार्यालय धनगढीको आर्थिक सहयोग र बर्दगोरिया गाउँपालिका कार्यालय मुडा कैलाली समन्वयमा उक्त १ दिने निशुल्क स्वास्थ्य शिविर मंगलबार सम्पन्न भएको हो । शिविरबाट १२८ महिला र ८७ पुरुष गरि जम्मा २१६ जना सेवाग्राहीले सेवा लिएको स्वास्थ्य चौकी प्रमुख देवकुमार चौधरीले जानकारी दिए । चौधरीका अनुसार २१६ जनाको रगतको सोलुबिलेटी टेष्ट गर्दा २७ जनामा सिकलसेल ट्रेट पोजेटिभ देखिएको हो । जसबारे थप परिक्षण गर्न प्रदेश स्वास्थ प्रयोगशाला धनगढी…
पुरा पढ्नुहाेस्
बर्दगोरिया गा.पा. ले ल्यायो आ.व. २०८२/०८३ का १ अर्ब बाढी बजेट

बर्दगोरिया गा.पा. ले ल्यायो आ.व. २०८२/०८३ का १ अर्ब बाढी बजेट

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ को लागि १ अर्व दुई करोड ९१ लाख रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । सोमबार सम्पन्न पालिकाको १६औ गाउँसभामार्फत बजेट सार्वजनिक गरिएको हो । पालिका अध्यक्ष कर्ण बहादुर कुवरको सभाध्यतामा भएको कार्यक्रममा उपाध्यक्ष गणेश राज गिरिले आर्थिक बर्ष २०८३/०८३ को लागि निति तथा कार्यक्रमसहित १ अर्व दुई करोड ९१ लाख रुपैयाँको बजेट सार्वजनिक गरेका हुन । जसमा चालुतर्फ ३४ करोड ३९ लाख र पुजिगततर्फ ४१ करोड ५२ लाख रुपैयाँ र सामाजिक सुरक्षातर्फ २७ करोड रुपैयाँ रहेको छ । सभामा आन्तरिक आयतर्फ ३ करोड ६९ लाख ५३ हजार ५ सय ८१, राजश्व…
पुरा पढ्नुहाेस्
बर्दगोरिया-१ लाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना वडा घोषणा

बर्दगोरिया-१ लाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना वडा घोषणा

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नं १ लाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना वडा घोषणा गरिएको छ । बर्दगोरिया गाउँपालिका वडा नम्बर १ का अध्यक्ष तथा सामाजिक बिकास समिती संयोजक मिथुन गौतमको उपस्थितिमा शुक्रबार पूर्णखोप सुनिश्चितता तथा दिगोपना वडा घोषणा गरिएको हो । पूर्णखोप सुनिश्चितताका लागि स्वास्थ्यकर्मी तथा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकामार्फत घरधुरी सर्वेक्षणसमेत गरिएको वडा अध्यक्ष गौतमले बताएका छन् । कार्यक्रममा “खोप नि:शुल्क पाईन्छ”, “खोप सुरक्षित हुन्छ” र “खोपले जीवन रक्षा गर्छ” जस्ता नारासहित खोपको महत्वबारे जानकारीमूलक सन्देश प्रस्तुत गरिएको थियो । कार्यक्रममा वडा अध्यक्ष मिथुन गौतमले वडा नम्बर १ ले आफ्ना सबै बालबालिकालाई खोपको माध्यमबाट सुरक्षित गरेर एक…
पुरा पढ्नुहाेस्
कैलालीमा १८ वर्षीया किशोरीमाथि करणी, एक जना पक्राउ

कैलालीमा १८ वर्षीया किशोरीमाथि करणी, एक जना पक्राउ

कैलाली । कैलालीमा जबरजस्ती करणीको अभियोगमा प्रहरीले पक्राउ गरेको छ। पत्राउ पर्नेमा टीकापुर नगरपालिका–१, वनगाउँ दक्षिण पुरूवाका २३ वर्षीय ओमप्रकाश घर्ती मगर रहेका छन घर्ती मगर १८ वर्षीया किशोरीमाथि करणी गरिएको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले सोमवार बिहान उनलाई नियन्त्रणमा लिएको हो। हाल मगरलाई हिरासतमा राखेर घटनासम्बन्धी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले बताएको छ। पीडित किशोरीको स्वास्थ्य परीक्षण समेत गराइएको छ। घटनाको थप विवरण सङ्कलन भइरहेको छ।
पुरा पढ्नुहाेस्
अछाममा जङ्गली च्याउ खाँदा तीन बालबालिका बिरामी

अछाममा जङ्गली च्याउ खाँदा तीन बालबालिका बिरामी

कैलाली । अछाममा जङ्गली च्याउ खाँदा तीन जना बिरामी परेका छन्। सोमबार विषालु च्याउ खाएपछि जिल्लाको रामारोशन गाउँपालिका–७ सुतार निवासी तारा भण्डारीका दुई वर्षीय छोरा युवराज भण्डारी, चार वर्षीया छोरी रितिका भण्डारी र सोही ठाउँका चेतमान भण्डारीका चार वर्षीय छोरा जीवन भण्डारी बिरामी परेको प्रहरीले जनाएको छ। उनीहरुले आफ्नो घर नजिकै रहेको जङ्गलमा खेल्ने क्रममा उक्त विषालु च्याउ खाएको जनाइएको छ । जिल्ला प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक ईश्वरीप्रसाद भण्डारीले तिनै जनाको न्याय हेल्थ अस्पताल बयलपाटामा उपचार भइरहेको बताए।  
पुरा पढ्नुहाेस्
दोधारा चाँदनीमा सुक्खा बन्दरगाह निर्माण तीव्र

दोधारा चाँदनीमा सुक्खा बन्दरगाह निर्माण तीव्र

कञ्चनपुर ।  दोधारा चाँदनीमा सुक्खा बन्दरगाह निर्माण तीव्र भइरहेको छ । नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले बन्दरगाह निर्माणका लागि तीव्र रूपमा काम भइरहेको जानकारी दिए । उनका अनुसार बन्दरगाह निर्माणका लागि दोधारा चाँदनी नगरपालिका–१ स्थित मायापुरी सामुदायिक वनमा हालसम्म एक हजार रुख कटानी भएका छन् । “बन्दरगाह निर्माणस्थलमा एक हजार पाँच सय ९३ रुख काट्नुपर्ने थियो । हालसम्म एक हजार रुख कटानी भइसकेका छन्,” उनले भने, “यो महिनाभित्र रुख कटानको काम सम्पन्न गरेर निर्माण कार्य अगाडि बढाउने तयारी छ, त्यसका लागि भारतले निर्माण कम्पनी छनौट गरिसकेको छ ।” भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण हुने…
पुरा पढ्नुहाेस्
अछाममा भीषण हावाहुरी; दर्जन बढी घर तथा सार्वजनिक संरचनाहरूमा क्षति

अछाममा भीषण हावाहुरी; दर्जन बढी घर तथा सार्वजनिक संरचनाहरूमा क्षति

कैलाली । अछाममा आइतबार साँझ अएको भीषण हावाहुरीक कारण दर्जनभन्दा बढी घर तथा सार्वजनिक संरचनाहरूमा क्षति पुगेको छ । आइतबार साझ करिब ५ बजेको समयमा आएको भीषण हावाहुरीका कारण  जिल्लाको पञ्चदेवल विनायक नगरपालिका र रामारोशन गाउँपालिकाका दर्जनभन्दा बढी घर तथा सार्वजनिक संरचनाहरूमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दिएको छ। सबैभन्दा बढी क्षति पञ्चदेवल विनायक नगरपालिका–२ मा बसोबास गर्ने हवाजै कामीको घर वरपर देखिएको छ। बगैँचामा रहेको रुखको हाँगा भाँचिएर शौचालय र सोलार प्यानल पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। त्यस्तै सो ठाउँको  लेख काडाँगाउँकी पवित्रा देवी धामीको दुई तले चारकोठे कच्ची घरको छाना उडाएको छ। पञ्चदेवल विनायक–३ का सिरे…
पुरा पढ्नुहाेस्
कैलालीमा टिप्परको ठक्करबाट पैदल यात्रीको मृत्यु

कैलालीमा टिप्परको ठक्करबाट पैदल यात्रीको मृत्यु

कैलाली । कैलालीको धनगढीमा टिप्परको ठक्करबाट एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बैतडी जिल्लाको पाटन नगरपालिका–६ निवासी ५३ वर्षीय मन्दिर सिंह विष्ट रहेका छन । जिल्लाको धनगढी उपमहानगरपालिका–१३ स्थित राजपुर चोक नजिकै सुदूरपश्चिम प्रदेश ०१००१–त २६४५ नम्बरको टिप्परले ठक्कर दिँदा गम्भीर घाइते भएका विष्टको ज्यान गएको हो। कैलालीको गोदावरी नगरपालिका–५ का २७ वर्षीय अर्जुन चौधरीले चलाएको उक्त टिप्परले बाटो काट्ने क्रममा ५३ वर्षीय मन्दिर सिंह विष्टलाई ठक्कर दिएको थियो। टिप्परको ठक्कर गम्भीर घाइते भएका विष्टलाई उपचारका लागि तत्काल माया मेट्रो अस्पताल, धनगढी पुर्‍याइएको थियो। तर, उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। हाल उनको शव…
पुरा पढ्नुहाेस्
सुदूरपश्चिम सरकारको नीति तथा कार्यक्रम सार्वजनिक

सुदूरपश्चिम सरकारको नीति तथा कार्यक्रम सार्वजनिक

२०८२ जेठ १६, धनगढी/ सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम सार्वजनिक गरिएको छ। सुदूरपश्चिमका प्रदेश प्रमुख नजिर मियाले शुक्रवार आगामी आर्थिक वर्ष को नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्। प्रदेशको विकासका लागि उच्च प्राथमिकता दिइने नीति तथा कार्यक्रममा जनाइएको छ। विशेषगरी रोजगार सिर्जना, गरिबी निवारण, पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य र कृषि प्रवर्धनमा जोड दिइएको छ। सरकारले आर्थिक रूपले विपन्न वर्गलाई लक्षित गरी सहुलियत ब्याजमा ऋण सुविधा, श्रमिकहरूका लागि सामाजिक सुरक्षाको कार्यक्रम र स्वरोजगार प्रवद्र्धन गर्ने योजनाहरू अघि सारेको छ। त्यस्तै, गाउँ–गाउँमा आवासीय विद्यालय, खेलकुद मैदान निर्माण, स्वास्थ्य बीमा, तथा पूर्वाधारको विकासका कार्यक्रमलाई पनि अगाडि बढाउने…
पुरा पढ्नुहाेस्
घरमाथि रूख ढल्दा डडेल्धुरामा बुहारीको मृत्यु, सासू घाइते

घरमाथि रूख ढल्दा डडेल्धुरामा बुहारीको मृत्यु, सासू घाइते

डडेल्धुरा । बुधवार बिहान आएको हावाहुरीसँगै रुख ढल्दा डडेल्धुरा एक महिलाको ज्यान गएको छ। जिलाको आलिताल गाउँपालिका–६ दोबाटामा घरमाथिबाट सल्लाको रुख ढल्दा २७ वर्षीया रविना कामीको घटनास्थलमै मृत्यु भएको हो भने उनकी सासू राधा कामी गम्भीर घाइते भएकी छन्। स्थानीयले बिहान करिब ६ बजेतिरको समयमा घटना भएको बताएका छन्। घर पूर्णरूपमा क्षतिग्रस्त भएको छ। राधा कामीको कम्मर र टाउकोमा चोट लागेको छ। मृतक रविना कामीका एक छोरा र एक छोरी छन्। प्रहरीले अनुसन्धान सुरु गरिसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
पुरा पढ्नुहाेस्