बौनियामा श्री कृष्ण जन्माअष्टमीको अवसरमा आकाशे घैटाफोड कार्यक्रम हुँदै: प्रथम पुरस्कार ५१ हजार ५५५
बौनिया साउन ३० । कैलालीको बर्दगोरीया गाउपालिकामा श्री कृष्ण जन्माअष्टमीको अवसरमा हरेक वर्ष मनाउदै आएको आकाशे घैटाफोड कार्यक्रम हुने भएको छ । युवाहरुको अभियान स्थानिय कला संस्कृतिको पहिचान भन्ने नारा दिईएको आकाशे घैटाफोड कार्यक्रम घैटाफोड तथा सास्कृतिक समितिको आयोजनामा यहि भाद्र १ गते बौनियामा हुने शुक्रबार समितिका अध्यक्ष कृष्ण प्रसाद ओझाले जानकारी गराएका हुन । साथै बैठक बाट पदाधिकारीहरुलाई विभिन्न जिम्मेवारी पनि प्रदान गरिएको छ । मंच ब्यबस्थापकको जिम्मेवारी अध्यक्ष कृष्ण प्रसाद ओझा संयोजक रहने गरि तीन सदस्यीय रहेको छ । यसै गरि आकाशे घैटाफोडका लागी भरत ताम्राकार संयोजक सहित तीन सदस्यीय रहेको छ । यसै गरि सुरक्षा व्यबस्थापन तथा …


















