
सकिन्छ जनतालाई नि सुल्क पुर्जा बाँडौँ सकिदैन राजस्व घटाऔं: कर्ण कुँवर
कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर कुँवरले अव्यवस्थित बसोबासीहरुलाई नि सुल्क लालपुर्जा वितरण गर्नु पर्ने बताएका छन् । मङ्गलवार भूमि आयोग कैलालीले धनगढीमा आयोजना गरेको पालिकाका पदाधिकारीका लागि अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो सुझाव दिएका हुन । सरकारले अव्यवस्थित जग्गाको राजस्व निकै चर्को तोकेको र स्थानीयले सोही अनुरूप राजस्व तिर्न सक्ने अवस्था नभएकाले राजस्व घटाउनु पर्ने वा नि सुल्क रूपमा पुर्जा वितरण गर्नु पर्ने धारणा राखे । “मलाई कता कता जनतालाई लालपुर्जा नदिने हो कि भन्ने लागिरा छ । हामीले कति दुख गरेर नापी सम्पन्न गरेका छौ तर पुर्जा दिन सक्ने अवस्था छैन । पुर्जाको राजस्व…