सुदुरपश्चिम विशेष

बर्दगोरिया गाउँपालिकाले मनायो संविधान दिवस (फोटो फिचर)

बर्दगोरिया गाउँपालिकाले मनायो संविधान दिवस (फोटो फिचर)

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकामा संविधान दिवस मनाइएको छ। पालिकाको मुख्य बजारको रूपमा रहेको बौनिया बजारमा राष्ट्रिय झन्डा फहराउँदै दीप प्रज्वलन गरी भव्य रूपमा मनाइएको हो।   सार्वभौम संविधानसभाबाट २०७२ असोज ३ गते संविधान संघीयतासहितको संविधान जारी भएको थियो। त्यसैले हरेक वर्ष असोज ३ गतेलाई राष्ट्रिय दिवसको रूपमा मनाइन्छ।  फोटो फिचर
पुरा पढ्नुहाेस्
कैलालीमा लागूऔषधसहित ६ जना पक्राउ

कैलालीमा लागूऔषधसहित ६ जना पक्राउ

बर्दगोरिया । कैलाली जिल्लाको लम्कीचुहा नगरपालिका बाट लागूऔषधसहित ६ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा लम्कीचुहा नगरपालिका–२ मोतिपुर बस्ने १९ वर्षीय पुरन साउँदसहित ६ जना रहेका छन । उनीहरु लागुऔषधसहित बुधवार नगरपालिकाको वडा नं. ३ स्थित चिसापानीबाट पक्राउ गरेको हुन उनीहरुको साथबाट तरमाडोल लेखिएको दुई पत्तामा रहेको १९ क्याप्सुल र फेनारगन अभिल ५ लेखिएको दुई पत्तामा रहेको १९ ट्याब्लेटसहित फेला नियत्रणमा लिएको प्रहरीले जनाएको छ। साथै उनीहरुले प्रयोग गरेको मोटरसाइकल १ थान र एक थान स्कुटरसमेत नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय चिसापानीले जनाएको छ।  
पुरा पढ्नुहाेस्
बर्दगोरियामा संविधान दिवसको पूर्वसन्धयामा बजार सरसफाई

बर्दगोरियामा संविधान दिवसको पूर्वसन्धयामा बजार सरसफाई

बर्दगोरिया । संविधान दिवसको पूर्वसन्धयामा कैलालीको बर्दगोरिया गाउँपालिकाको मूख्य बजार सडकपुर बौनिया बजार सरसफाई गरिएको छ । बर्दगोरिया गाउँपालिका कैलालीको आयोजनामा उक्त बजार सरसफाई कार्यक्रम गरिएको हो । बजार सरसफाई कार्यक्रममा बौनियाँ बजार व्यवस्थापन समिति, इलाका प्रहरी कार्यालय सडकपुर बौनियाँ, शस्त्र वेश क्याम्प झगडपुर, अस्थायी ट्राफीक पोष्ट बौनीयाँ, स्थानीय व्यापारी र स्थानीय समाजसेवी लगायतकाको उपस्थिति रहेको थियो । यस्तै भोली अर्थात असोज ३ गतेका दिन मनाइने संविधान दिवस बर्दगोरिया गाउँपालिकामा पनि दिप प्रज्वलन गरि भव्य रुपमा मनाइने भएको छ ।
पुरा पढ्नुहाेस्
श्री महुन्याल मा.वि.को वार्षिक सामाजिक परिक्षण प्रतिवेदन सार्वजनिकीकरण कार्यक्रम सम्पन्न

श्री महुन्याल मा.वि.को वार्षिक सामाजिक परिक्षण प्रतिवेदन सार्वजनिकीकरण कार्यक्रम सम्पन्न

बर्दगोरिया । श्री महुन्याल माध्यमिक विद्यालयले आर्थिक वर्ष २०८०/०८१ को वार्षिक सामाजिक परिक्षण प्रतिवेदन सार्वजनिकीकरण कार्यक्रम सम्पन्न गरेको छ । कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ मा रहेको उक्त माध्यमिक विद्यालयले आर्थिक वर्ष २०८०/०८१ को वार्षिक सामाजिक परिक्षण प्रतिवेदन सार्वजनिकीकरण गरेको हो । विद्यालयको सामाजिक परिक्षण समिति संयोजक बिनोद कुमार चौधरीको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष रामकृष्ण डगौरा थारु रहेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष डगौरा ले आफू निरन्तर यश विद्यालयको स्तर उन्नतिको लागि काम गर्दै आएको बताउदै आफ्नो बालबालिकाको भविष्य प्रति अभिभावक पनि चिन्तित हुन जरुरी रहेको बताए ।…
पुरा पढ्नुहाेस्
अखिल क्रान्तिकारी सुदुरपश्चिम प्रदेशको कोषाध्यक्षमा गौतम निर्बिरोध निर्वाचित

अखिल क्रान्तिकारी सुदुरपश्चिम प्रदेशको कोषाध्यक्षमा गौतम निर्बिरोध निर्वाचित

कैलाली । नेकपा माओवादी केन्द्र निकट बिद्यार्थी संगठन अखिल क्रान्तिकारी को सुदुरपश्चिम प्रदेशको कोषाध्यक्ष पदमा सुन्दर गौतम निर्बिरोध निर्वाचित भएका छन । मंगलबार भएको प्रदेश सम्मेलन बाट गौतम निर्बिरोध सुदुरपश्चिम प्रदेशको कोषाध्यक्ष पदमा निर्वाचित भएका हुन । गौतम राष्ट्रिय कलेज सुखका स्ववियु सभापति समेत रहेका छन । अध्यक्ष सहित अन्य पदका लागि भने निर्वाचन भएको छ। निर्वाचनको अन्तिम मतपरिणाम आउन बाकी रहेको छ । निर्वाचित भएपछि गौतमले संगठन एकढिक्का बनाएर कार्यबिधि हकहितमा आवाज बोल्ने बताएका छन।
पुरा पढ्नुहाेस्
घोडाघोडीमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु

घोडाघोडीमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु

बर्दगोरिया । कैलालीको घोडाघोडी नगरपालिकामा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ। पालिकाको वडा नम्बर ४ भालुफाटा स्थित पूर्व–पश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–०११ प ७४६९ नम्बरको मोटरसाइकल र सोही दिशा तर्फ जाँदै गरेको से ७ प ७६०१ नम्बरको मोटरसाइकलले नामथर नखुलेका पुरुषलाई ठक्कर दिएको थियो। दुर्घटना आइतबार राति १०ः४५ तिर भएको हो । दुर्घटनामा करिब ५० वर्षीय पुरुष घाइते भएका थिए। उनको उपचारका क्रममा सेती प्रादेशिक अस्पताल धनगढीमा सोमबार बिहान ३ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। सुदूरपश्चिम प्रदेश ०१–०११ प ७४६९ नम्बरको मोटरसाइकल चालक गौरीगंगा नगरपालिका–५ बस्ने २० वर्षीय रमेश जैगडी र…
पुरा पढ्नुहाेस्
बझाङमा पहिरोमा पुरिएर एकै परिवारका ४ जनाको मृत्यु, अन्य केहि घाइते

बझाङमा पहिरोमा पुरिएर एकै परिवारका ४ जनाको मृत्यु, अन्य केहि घाइते

कैलाली। बझाङमा आइतबार राति पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु भएको छ । आइतबार राति करिव १ बजेको समयमा बझाङको बुङ्गल नगरपालिका–१० स्थित टुमेडामा पहिरोले बीरबहादुर धामीको घर पुर्दा ४ जनाको ज्यान गएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घरमा सुतेका १० जनामध्ये ६ जना भागेर बचेका हुन भने ४ जनाको घटना स्थलमै मृत्यु भएको हा । भागेकाहरु मध्ये केही समान्य घाइते भएका छन् । मृत्यु हुनेमा काली धामी, गोल्की धामी, आकृति धामी र लक्ष्मी धामीको शव फेला परेको प्रहरीले जनाएको छ ।
पुरा पढ्नुहाेस्
सुदूरपश्चिमेलीहरुले आज ओल्के पर्व मनाउदै

सुदूरपश्चिमेलीहरुले आज ओल्के पर्व मनाउदै

कैलाली । आज सुदूरपश्चिमेलीहरु ओल्के पर्व मनाइदैछ। आफन्तजनलाई काँक्रा, भाण्टा, मुला, दही, पिँडालुका पात र हरियो सागपात लगाएरका परिकारहरु बाँडेर ओल्के पर्व उल्लासपूर्वक मनाइँदैछ। हरेक वर्ष साउन मसान्तसँगै सुदुरपश्चिममा ओल्के पर्वको रमझम सुरु हुन्छ। साउने झरी सकिएलगत्तै दैवी प्रकोपबाट बाँचिएको खुशियालीमा सुदुरका पहाडि जिल्लामा ओल्के पर्व मनाउने चलन छ। साउनको अन्तिम दिन र भदौको पहिलो दिनमा विशेष महत्वका साथ ओल्के पर्व मनाइने परम्परा रहिआएको छ। ओल्को भन्नाले ’उपहार’ वा ’कोसेली’ भन्ने बुझिन्छ। आफूभन्दा ठूलाबडा मान्यजन वा ज्येष्ठ नागरिकलाई सम्मानस्वरुप कर्कलाको भित्री पात, फलफूल आदि दिनु, मिठो÷मसिनो खानु, हातमा मेहेन्दी लगाउनु यस पर्वको विशेषता हो। ओल्के चाडको दिन गाउँ नजिकको डाँडामा…
पुरा पढ्नुहाेस्
धनगढीबाट दिपायलतर्फ गइरहेको यात्रुवाहक बस दुर्घटना

धनगढीबाट दिपायलतर्फ गइरहेको यात्रुवाहक बस दुर्घटना

डोटी । धनगढीबाट दिपायलतर्फ गइरहेको शैलेश्वरी यातायातको ना५ख ४४५१ नम्बरको यात्रुवाहक बस दुर्घटना भएको छ ।   बस दिपायल सिलगढी नगरपालिका–४ समूहगाडमा दुर्घटनामा परेको हो । बस दुर्घटना हुँदा बसमा सवार १४ जना पुरुष र २ जना महिला गरि १६ जना यात्रु घाइते भएका छन् ।   बस आज बिहान करि बिहान ५ बजेतिर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । दुर्घटनामा घाइते भएकाहरूको राजपुरस्थित सुजङ अस्पतालमा उपचार भइरहेको छ । बस सडकबाट करिब ३५ मिटर तल खसेको छ । घटनाबारे थप बिवरण आउन बाँकी रहेको डोटी प्रहरीले जनाएको छ।
पुरा पढ्नुहाेस्
जुवा मुद्दामा फरार डडेल्धुराका ५ जना पक्राउ

जुवा मुद्दामा फरार डडेल्धुराका ५ जना पक्राउ

डेल्धुराः जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरी टोलीले जुवा मुद्दामा फरार रहेका डडेल्धुराका ५ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा अमरगढी नगरपालिका–१ मरौडाका ६५ वर्षीय गणेश चुनारा, ३७ वर्षीय उद्धब सार्की, अमरगढी–१ कै २८ वर्षीय दिपक कामी रहेका छन्। यस्तै अमरगढी नगरपालिका–२ का बिरेन्द्रबहादुर खडायत र भागेश्वर गाउँपालिका–५ का रुपाली बस्ने ३९ वर्षीय खगेन्द्र नाथ रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ। प्रहरीका अनुसार पाँचै जनालाई जिल्ला प्रशासन कार्यालय डडेल्धुराले जुवा मुद्दामा पाँच हजार जरीवाना ठहर गरेपछि फरार रहेका थिए। उनीहरुलाई बुधवार पक्राउ गरिएको हो।
पुरा पढ्नुहाेस्