राजनीति

तीन संसदीय समितिको बैठक आज बस्दै

तीन संसदीय समितिको बैठक आज बस्दै

काठमाडौँ । आज तीन वटा संसदीय समितिको बैठक बस्ने भएका छन । जसअनुसार बिहान १० बजे राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दै छ । बैठकमा अध्यागमनमा देखिएको समस्या, मानव तस्करी र गृह मन्त्रालयसँग सम्बन्धित विषयमा छलफल हुने भएको छ । त्यस्तै बिहान ११ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा सुरक्षण मुद्रण विधेयकको सम्बन्धमा छलफल हुनेछ । दिउँसो १ बजे बस्ने सार्वजनिक लेखा समितिको बैठकमा गौतम बुद्धको अस्ति धातु समाधिस्थ गरिएको रामग्राम क्षेत्रमा उत्खनन तथा बौद्ध स्तुपा निर्माण लगायतका विषयमा लुम्बिनी विकास कोष र द प्रमिसड ल्याण्ड प्रा.लि.बीच भएको समझदारसम्बन्धमा छलफल हुनेछ ।
पुरा पढ्नुहाेस्
एमाले सुप अधिवेशन; कैलाली जिल्ला भुगोल तर्फ बाट सदस्यमा कर्ण बहादुर कुँवर अत्याधिक मत ल्याउदै विजयी

एमाले सुप अधिवेशन; कैलाली जिल्ला भुगोल तर्फ बाट सदस्यमा कर्ण बहादुर कुँवर अत्याधिक मत ल्याउदै विजयी

बर्दगोरिया । नेकपा एमाले सुदुरपश्चिम प्रदेशको प्रथम अधिवेशनबाट कैलाली जिल्ला भुगोल तर्फ बाट सदस्यमा कर्ण बहादुर कुँवर अत्याधिक मत ल्याउदै विजयी भएका छन । असोज २१ गते बाट सुरु भएको नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीको अधिवेशनमा कैलाली जिल्ला भुगोल तर्फ बाट सदस्यमा कुँवर अत्याधिक मत ल्याउदै विजयी भएका हुन । अधिवेशन करिब ६ दिन पछि शुक्रबार सम्पन्न भएको छ । उद्घाटन सत्र पश्चात् बन्द सत्रमा सहमति जुट्न नसक्दा बिहिवार भएको मतदानको नतिजा शुक्रबार सार्बजनिक भएको हो । जसमा नेकपा एमाले सुदुरपश्चिम प्रदेश अध्यक्षमा  कृष्ण प्रसाद जैशि सर्वसम्मत निर्वाचित भएका थिए । यसै गरि उपाध्यक्षमा काली बहादुर शाही, सचीवमा रण बहादुर चन्द,…
पुरा पढ्नुहाेस्
एमाले सुदूरपश्चिमको प्रथम अधिवेशन ११ बजेबाट सुरु

एमाले सुदूरपश्चिमको प्रथम अधिवेशन ११ बजेबाट सुरु

कैलाली । नेकपा एमालेको सुदूर पश्चिम प्रदेशको प्रथम अधिवेशन आजबाट धनगढीमा सुरु हुँदै छ । अधिवेशनको धनगढी स्थित सौराइ ब्यांक्वाइटमा ११ बजे एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने छन् । प्रदेश अधिवेशनका लागि पार्टीका महासचिव शङ्कर पोखरेल, पार्टीका सचिव तथा कर्णाली इन्चार्ज लेखराज भट्ट, सचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज छविलाल विश्वकर्मा, स्थायी कमिटी सदस्य तथा सङ्गठन विभाग प्रमुख काशीनाथ अधिकारी, स्थायी कमिटी सदस्य तथा खेलकुद विभाग प्रमुख कर्णबहादुर थापासहित केन्द्रीय सदस्यहरू उपस्थित हुने छन् । भट्ट, विश्वकर्मा र थापा लगायतका केही नेताहरू धनगढी पुगिसकेका छन् भने अध्यक्ष ओली सहितको केही नेताहरू अहिले बिहान ८ बजेको बुद्ध एयरको जहाजमार्फत धनगढी…
पुरा पढ्नुहाेस्
प्रधानमन्त्री प्रचण्ड आज मानसरोवर जाँदै

प्रधानमन्त्री प्रचण्ड आज मानसरोवर जाँदै

ल्हासा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज कैलाश पर्वत र मानसरोवर जाने भएका छन् । चीनको औपचारिक भ्रमणमा रहेका उनी बुधबार तिब्बतको ल्हासा आएका थिए । प्रधानमन्त्री दाहाल कैलाश पर्वतको भ्रमणका लागि बिहान ल्हासाको गङ्गा विमानस्थल पुग्नेछन् र तिब्बत एयरलाइन्सबाट त्यसतर्फ प्रस्थान गर्नेछन् । कैलाश पर्वत र मानसरोवरको भ्रमणका लागि उनका साथमा भ्रमण दलमा रहेका सदस्यहरू पनि रहनेछन् । बुधबार ल्हासामा प्रधानमन्त्री दाहालले विभिन्न द्विपक्षीय भेटघाट र निरीक्षण अवलोकनमा व्यस्त रहेका थिए । प्रधानमन्त्री दाहाल गत शनिबारदेखि चीनको औपचारिक भ्रमणमा रहेका छन् । रासस  
पुरा पढ्नुहाेस्
यी हुन् नेपाल र चीनबीच भएका १३ सम्झौता र समझदारी

यी हुन् नेपाल र चीनबीच भएका १३ सम्झौता र समझदारी

नेपाल र चीनबीच विभिन्न १२ वटा सम्झौता र एउटा समझदारी पत्रमा हस्ताक्षर भएको छ। चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उनका चिनियाँ समकक्षी प्रधानमन्त्री लि छ्याङबीच सोमबार ग्रेट हल अफ द पिपलमा भएको द्वीपक्षीय वार्तापछि विभिन्न विषयमा सहमति तथा सम्झौता भएको हो। विभिन्न मन्त्रालय अन्तर्गतका ती सम्झौताका सहमतिपत्रमा नेपालका तर्फबाट सम्बन्धित मन्त्रालयका सचिव तथा चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ र चिनियाँ अधिकारीबीच हस्ताक्षर भएको छ। चीनको राष्ट्रिय विकास र सुधार आयोग र नेपालको राष्ट्रिय योजना आयोगबीच सहकार्यका लागि सम्झौता भएको छ। सो सम्झौतामा आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठ र चिनियाँ अधिकारीले हस्ताक्षर गरे। नेपालको उत्तरी पहाडी क्षेत्रमा विभिन्न…
पुरा पढ्नुहाेस्
सांस्कृतिक भ्रमणको सिलसिलामा पूर्वराजा ज्ञानेन्द्र शाह भरतपुर

सांस्कृतिक भ्रमणको सिलसिलामा पूर्वराजा ज्ञानेन्द्र शाह भरतपुर

भक्तपुर । सांस्कृतिक भ्रमणको क्रममा पूर्वराजा ज्ञानेन्द्र शाहलाई चितवनको भरतपुरमा पुगेका छन । सांस्कृतिक भ्रमणका सिलसिलामा उनि आज भक्तपुर पुगेका हुन । उनको स्वागतमा स्थानीय जनताको ठूलै भिड जम्मा भएको थियो । भक्तपुर दरबार स्क्वायरमा पूर्वराजाको प्रतीक्षामा घन्टौं अगाडिदेखि स्थानीयवासी भेला भएका थिए । उनीहरूमध्ये धेरैले हातमा नेपालको झण्डा बोकेका छन् । धेरैले जातीय पहिरन लगाएका छन् । स्थानीयको भिडमा महिला र वृद्धवृद्धाको संख्या ठूलो छ । भिड छिचोल्न सुरक्षाकर्मी र स्वयम्सेवकलाई सकस परेको थियो । स्थानीय जनताले राजसंस्थाको पक्षमा नाराबाजी गरिरहेका थिए । ‘हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ’ ‘राजसंस्था जिन्दावाद’, ‘राजा आऊ देश बचाऊ’ ‘जनता आऊ राजा…
पुरा पढ्नुहाेस्
सुदूरपश्चिम प्रदेश सभा अन्तर्गतका विषयगत समितिको निर्वाचन कार्यतालिका सार्वजनिक

सुदूरपश्चिम प्रदेश सभा अन्तर्गतका विषयगत समितिको निर्वाचन कार्यतालिका सार्वजनिक

कैलाली । सुदूरपश्चिम प्रदेश सभा अन्तर्गत गठित चारवटा विषयगत समितिको निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ। प्रदेश सभा सचिवालयका अनुसार चारवटा विषयगत समितिलाई पूर्णता दिन आइतबार प्रदेश सभा सदस्यहरुसँग सभामुख भीमबहादुर भण्डारीले छलफल गरेपछि निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको हो। प्रदेश सभा सचिवालयले सार्वजनिक गरेको कार्यतालिका अनुसार ११ गतेदेखि निर्वाचन प्रक्रिया शुरु गरिने छ। मतदाताको नामावली प्रकाशन, सभापतिका उम्मेदवारको उम्मेदवारी दर्ता, उम्मेदवारी फिर्ता लगायतका काम पूरा गरिने छ। त्यस्तै असोज १२ गते शुक्रबार दिउँसो ११ बजे सभापतिको चुनाव गरिने छ। समितिले सभापति पाउन नसक्दा ज्येष्ठ सदस्यको अध्यक्षतामा बैठकहरु बस्ने गरेको छ। जेठ ६ गते बसेको प्रदेश सभाको दोस्रो कार्यकालको प्रथम अधिवेशनको नवौं…
पुरा पढ्नुहाेस्
जनतासंग माओवादी अभियानको देशभर उद्घाटनः प्यूठानको माण्डवी र स्वर्गद्धारीमा सामाजिक काम गरियो

जनतासंग माओवादी अभियानको देशभर उद्घाटनः प्यूठानको माण्डवी र स्वर्गद्धारीमा सामाजिक काम गरियो

स्वर्गद्धारी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को जनतासँग पार्टीलाई जोड्ने केन्द्रीय योजना अनुसार देशव्यापी रुपमा ’जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ को उत्साहजन ढंगले विविध सामाजिक काम गरेर उद्घाटन भएको छ । माओवादी केन्द्रले हिजो भाद् १६ गते उक्त तीन महिने अभियानको देशका सबैं वडा, गाउँबस्तीहरुबाट नेता कार्यकर्ता र जनताको व्यापक सहभागीतामा अभियानको उद्घाटन गरेको हो । माओवादी केन्द्रको हालै सम्पन्न (श्रावण १७–२१) केन्द्रीय समिति बैठकबाट ठोस गरिएको अभियानका क्ममा माओवादी केन्द्रका पदाधिकारी, स्थायी समिति, केन्द्रीय समिति, सल्लाहकार, आयोग, प्देश पदाधिकारी र संघ संगठन मोर्चाका जिम्मेवार नेताहरुलाई अन्तर जिल्ला तथा अन्यलाई अन्तर पालिका, अन्तर वडामा हुने गरि कार्यक्षेत्र विभाजन गरेको…
पुरा पढ्नुहाेस्
“जनतासँग माओबादि बिशेष रुपान्तरण अभियान” बर्दगोरिया र घोडाघोडी स्वागत

“जनतासँग माओबादि बिशेष रुपान्तरण अभियान” बर्दगोरिया र घोडाघोडी स्वागत

बर्दगोरिया । नेकपा माओवादी केन्द्रको "जनतासँङ्ग माओबादि बिशेष रुपान्तरण अभियान" आज बाट देशभर शुभारम्भ भएको छ। जस अनुसार कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिकामा रहेको नेकपा ( माओबादी केन्द्र) गाउँ कमिटीले पनि आज एक औपचारिक कार्यक्रमको आयोजना गर्दै अभियानको शुभारम्भ भएको जनाएको छ । कार्यक्रममा प्रमुख अतिथि पार्टीका सुदुरपश्चिम प्रदेश अध्यक्ष तथा बर्दगोरिया गाउँपालिकाका लागि मनोनीत अभियानका संयोजक हरि चौधरी (उत्सव) रहेका थिए । कार्यक्रम लाई सम्बोधन गर्दै प्रमुख अतिथि चौधरीले अब पार्टीलाई बलियो मजबुत बनाउने जिम्मा सबैको रहेको बताए । उनले भने पार्टी कसरी बिग्रन पुग्यो? कस्को कारण बिग्रीयो? किन बिग्रीयो ? भन्ने कुरा सहायक राख्दै पार्टी केन्द्रको निर्देशन अनुसार सबैले…
पुरा पढ्नुहाेस्
तीन महिने अभियान; वडा–वडामा माओवादी केन्द्रका नेताहरू

तीन महिने अभियान; वडा–वडामा माओवादी केन्द्रका नेताहरू

काठमाडौँ । नेकपा ( माओवादी केन्द्र) का नेताहरू यतिखेर वडा–वडामा पुग्न थालेका छन् । प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचन सकिएको ९ महिनापछि सत्तारूढ दल नेकपा ( माओवादी केन्द्र) का नेताहरु यतिखेर ‘जनतासँग माओवादी विशेष रूपान्तरण’ तीन महिने अभियान लिएर वडा तहमा पुग्न थालेका हुन । साउन (१७–२१)सम्म राजधानीको कमलादीमा बसेको केन्द्रीय समिति बैठकले तीन महिने अभियानका लागि पदाधिकारीसहित केन्द्रीय समितिहरूको जिम्मेवारी हेरफेर गर्ने निर्णय गरेको थियो । सोही बमोजिम पदाधिकारी, स्थायी कमिटी, केन्द्रीय कमिटी र प्रदेश कमिटी सदस्यहरूको कार्य विभाजन टुङ्ग्याएर वडा वडामा खटाइएको छ । भदौ १६ गते प्रधानमन्त्री एवं अध्यक्ष प्रचण्डले अभियानको भव्य समारोहबीच ७५३ वटै पालिकामा एकसाथ…
पुरा पढ्नुहाेस्