राजनीति

प्रतिनिधि सभा विगठन लगतै सुशीला कार्कीले पद तथा गोपनीयताको शपथ

प्रतिनिधि सभा विगठन लगतै सुशीला कार्कीले पद तथा गोपनीयताको शपथ

काठमाडौं । पूर्वप्रधान्यायाधीश सुशीला कार्की आजै प्रधानमन्त्री हुने भएकी छन्। शीतलनिवास स्रोतका अनुसार आजै पद तथा गोपनीयताको शपथ हुनेछ।   प्रतिनिधि सभा विघटन गरेरै अन्तरिम सरकार गठनका लागि शीतलनिवासमा सहमति जुटेको हो।   सैन्य स्रोतका अनुसार, पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको अडान र आन्दोलनरत जेनजीहरूको दबाबपछि राष्ट्रपति रामचन्द्र पौडेल संसद् विघटन गरेर अन्तरिम सरकार गठनका लागि निकास दिन तयार भए।   राष्ट्रपति पौडेलले शुक्रबार बिहानैदेखि विभिन्न दलका नेता, प्रधानसेनापति र जेनजीका प्रतिनिधिहरूसँग छलफल गरेका थिए। गएराति अन्तरिम सरकार प्रमुखको रूपमा प्रस्ताव गरिएकी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीसँग पनि छलफल गरेका थिए।   कार्कीले संसद् विघटनसहितका मागहरू जेनजीको माग भएको र आफू पनि उक्त मागभन्दा…
पुरा पढ्नुहाेस्
जेनजी प्रदर्शन:गोली लागेर फोटो पत्रकारद्वय ढुंगाना र कार्की घाइते

जेनजी प्रदर्शन:गोली लागेर फोटो पत्रकारद्वय ढुंगाना र कार्की घाइते

२३ भदौ, काठमाडौं । सोमबार काठाडौं स्थित नयाँ बानेश्वरमा भइरहेको प्रदर्शनका क्रममा रबरको गोली लागेर फोटो पत्रकारद्वय दिपेन्द्र ढुंगाना र उमेश कार्की घाइते भएका छन् ।   नयाँ पत्रिकामा कार्यरत ढुंगाना र नेपाल प्रेसमा कार्यरत कार्कीलाई प्रहरीले चलाएको रबरको गोली लागेको हो ।   नयाँ बानेश्वर क्षेत्रमा फोटो खिच्ने क्रममा प्रहरीले लागेको गोली लागेर घाइते भएका हुन् ।   उनलाई अहिले सिभिल अस्पताल लगिएको छ ।
पुरा पढ्नुहाेस्
रास्वपा सचिवालय बैठक आज बस्दै, यस्ता छन् छलफलका एजेन्डा

रास्वपा सचिवालय बैठक आज बस्दै, यस्ता छन् छलफलका एजेन्डा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आव्हान गरिएको छ। आज दिउसो ३ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बैठक बस्ने भएको हो ।   बैठकमा समसामयिक राजनैतिक एवं पार्टी गतिविधि सम्बन्धमा छलफल हुनुको साथै संसदीय दलको बैठक रुपन्देही, रुपन्देही ३ उपनिर्वाचनको तयारी र सुदूरपश्चिम प्रदेश समस्या समाधान कार्यदलको प्रगति अपडेटबारे पनि छलफल हुने बताइएको छ ।   विधान व्याख्या ९अनुशासन आयोगको प्रयोजनको लागि० अनुमोदन सम्बन्धमा, रुपन्देही उपनिर्वाचन प्रयोजनको लागि निर्वाचन आयोगमा दल दर्ताका सम्बन्धमा र प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन सुचीबाट नाम हटाउने सम्बन्धी निवेदनका विषयमा पनि आजको बैठकमा छलफल हुनेछ ।   अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा फ्युचर लिडर्स समिट आयोजना…
पुरा पढ्नुहाेस्
आज प्रतिनिधिसभा बैठक बस्दै, प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

आज प्रतिनिधिसभा बैठक बस्दै, प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौँ। सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज दिउँसो १ः०० बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दै छ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरूको प्रश्नको जवाफ दिने कार्यसूची रहेको छ । यस्तै, सभामुख देवराज घिमिरेले ‘राष्ट्रियसभामा उत्पत्ति भएको पानीजहाज ९सञ्चालन तथा व्यवस्थापन० विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको छ । त्यस्तै, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले ‘विश्व व्यापार सङ्गठनको मत्स्य उद्योगमा सहुलियतसम्बन्धी सम्झौतामाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । तीन संसदीय समितिको बैठक पनि आजै आजै तीन वटा संसदीय समितिको बैठक बस्दै छ…
पुरा पढ्नुहाेस्
मुख्यमन्त्री शाहले गरे वन मन्त्री चौधरीलाई बर्खास्त

मुख्यमन्त्री शाहले गरे वन मन्त्री चौधरीलाई बर्खास्त

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री रामेश्वर चौधरीलाई बर्खास्त गरेका छन ।   सत्तारुढ दलको सहमतिअनुसार नागरिक उन्मुक्ति पार्टीका प्रदेशसभा सदस्य रामेश्वर चौधरी ४ जेठमा सुदूरपश्चिम प्रदेशको उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री नियुक्त भएका थिए । मन्त्रीमा नियुक्त भएको महिना दिन पुगेको थिएन, ३ असारमा मुख्यमन्त्री कमलबहादुर शाहले बन चौधरीलाई मन्त्री पदबाट राजीनामा दिन निर्देशन दिएका थिए । तर, मन्त्री चौधरीले पदबाट राजीनामा दिएका थिनन् । मन्त्री पदबाट बर्खास्त गरिदिन चुनौती दिएका चौधरीलाई मुख्यमन्त्री शाहले बिहिवार पदमुक्त गरेका हुन् । मुख्यमन्त्री शाहले मन्त्री चौधरीको राजीनामा माग्नुको पछाडि तीन कारण चर्चामा थियो । नियुक्तिमा सल्लाह…
पुरा पढ्नुहाेस्
रास्वपा सचिवालय बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा

रास्वपा सचिवालय बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा

काठमाडौँ । प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दै छ । बैठक आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने भएको हो । बैठकमा समसामयिक पार्टी र राजनीतिक गतिविधि, रुपन्देही क्षेत्र नम्बर ३ उपनिर्वाचन सम्बन्धमा छलफल हुनेछ । साथै बैठकमा कुलिङ पिरियडमा भइरहेको विवाद र संसद्मा आफ्नो पार्टीले गर्दै आएको विरोधको बारेमा पनि छलफल हुने बताइएको छ ।
पुरा पढ्नुहाेस्
आज प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

आज प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ । सङ्घीय संसद् अन्तर्गत आज प्रतिनिधिसभाको बैठक बस्ने भएको छ । बैठक बिहान ११ बजे संसद् भवन नयाँवानेश्वरमा बस्नेछ । बैठकमा राष्ट्रिय सभामा उत्पत्ति भएको “पानी जहाज ९सञ्चालन तथा व्यवस्थापन० विधेयक, २०८१” का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश सहितको विधेयक टेबुल गरिने कार्यसूचीमा उल्लेख छ । त्यस्तै राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ुसंघीय निजामती सेवा विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८२ु बैठकमा पेस गर्नेछन् । उपप्रधानमन्त्री तथा अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित आगामी आर्थिक २०८२–०८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव सभासमक्ष प्रस्तुत गर्नेछन् । आजको बैठकमा आगामी आर्थिक वर्ष २०८२–०८३…
पुरा पढ्नुहाेस्
सरकारले ल्याएको बजेट चित्तबुझ्दो छैनः कांग्रेसका सभापति देउवा

सरकारले ल्याएको बजेट चित्तबुझ्दो छैनः कांग्रेसका सभापति देउवा

काठमाडौं । सरकारले ल्याएको बजेटका कतिपय कुरामा आफूलाई चित्त नबुझेको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बताएका छन्। नेपाली कांग्रेस केन्द्रीय आपूर्ति तथा उपभोक्ता विभागले मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा देउवाले अहिलेको नेपालको अवस्थालाई हेर्दा सरकारले ल्याएको बजेटका कतिपय कुरामा आफू र पार्टीलाई चित्त नबुझेको बताए। उनले नेपाल भारतको खुला सीमाका कारण तस्करी हुने गरेको भन्दै कडाइ गर्न जरुरी रहेको बताए। सभापति देउवाले सुनको आयातलाई पूर्णरूपमा खुला गरे लुकीछिपी ल्याउने काम बन्द हुने उल्लेख गरे। उनले भ्रष्टाचार नियन्त्रणका लागि संवैधानिक आयोग विद्यमान रहेकाले यसलाई प्रभावकारी बनाएर भ्रष्टाचार न्यूनीकरण गर्नुपर्ने बताए। उनले उद्योगपतिले उद्योग खोल्ने, व्यापारीले व्यापार गर्ने कुरालाई सरकारले सहयोग गर्नुपर्ने…
पुरा पढ्नुहाेस्
रास्वपाले बोलायो सचिवालय र दलको बैठक

रास्वपाले बोलायो सचिवालय र दलको बैठक

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय सचिवालय र संसदीय दलको बैठक बोलाएको छ । रास्वपा प्रवक्ता समेत रहेका नेता मनिष झाका अनुसार सोमबार अपराह्न १ बजे सचिवालय बैठक बस्नेछ भने ३ बजे संसदीय दलको बैठब बस्ने भएको हो । दुवै बैठक पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने गरी बोलाइएको छ । बैठकमा पछिल्लो राजनीतिक अवस्था, भिजिट भिसा प्रकरण र गृहमन्त्रीको राजीनामाका साथै पार्टी गतिविधिका बारेमा छलफल गर्ने एजेन्डा तय भएको छ ।
पुरा पढ्नुहाेस्
नेकपा एमालेले बोलायो संसदीय दलको बैठक

नेकपा एमालेले बोलायो संसदीय दलको बैठक

काठमाडौँ । सोमबार आजका लागि नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । समसामयिक विषय र संसद्मा प्रस्तुत आर्थिक वर्ष २०८२/०८३ को बजेटका सम्बन्धमा छलफल गर्न सोमबार दिउँसो १ बजे बस्ने गरी दलको बैठक बोलाएको एमाले प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए । उनका अनुसार नयाँ बानेश्वरस्थित संसद् भवन लोत्सेहलमा बस्ने गरी बैठक बोलाइएको हो । बजेटमाथिको छलफल मंगलबारबाट सुरु हुँदैछ । विपक्षी दलले गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै संसद् बैठक अवरोध गर्दै आएका छन् ।
पुरा पढ्नुहाेस्