रातिभन्दा दिउँसो धेरै वर्षाको सम्भावना
काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार देशका केही स्थानमा आज भारी वर्षाको सम्भावना छ । चारवटा प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको हो । विभागले दिउँसो देशभर साधारणतया बदली रहने बताएको छ । क वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भूभागका केही स्थानमा तथा बाँकी भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ । कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ । विभागका अनुसार राति कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशलगायत देशका बाँकी पहाडी भूभागमा साधारणतया बदली रहनेछ । बाँकी तराई भूभागमा आंशिक बदली रहनेछ । कोसी, मधेस,…
















