समाचार

मौसम पूर्वानुमान, सुदूरपश्चिमका विभिन्न स्थानमा मध्यम वर्षाको सम्भावना

मौसम पूर्वानुमान, सुदूरपश्चिमका विभिन्न स्थानमा मध्यम वर्षाको सम्भावना

काठमाडौँ । देशभर हाल मनसुनी वायुको प्रभाव जारी रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली रहनेछ। महाशाखाले दिएको जानकारीअनुसार कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा अन्य प्रदेशका पहाडी र तराई भू-भागमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। आज राति पनि कोशी, लुम्बिनी,कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रहने अनुमान गरिएको छ।
पुरा पढ्नुहाेस्
दशैंको टीका कता फर्किएर लगाउने?

दशैंको टीका कता फर्किएर लगाउने?

काठमाडौं । आज बडा दशैं । गुरुपुरोहित र मान्यजनको हातबाट टीका लगाएर बडादशैं मनाइँदै छ । टीका लगाउने उत्तम साइत ११ बजेर ५३ मिनेटमा छ भन्ने त धेरैलाई थाहा भइसकेको हुनुपर्छ र टीका लगाउँदा कता फर्किएर लगाउने भन्ने पनि थाहा नै होला । हो, दशैंको टीका लगाउँदा टीका थाप्ने व्यक्ति पूर्व फर्किनुपर्छ र लगाइदिने व्यक्ति पश्चिम फर्किनुपर्छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा।डा। देवमणी भट्टराईका अनुसार परम्परा अनुसार पूर्व–पश्चिम टीकाको साइत हो । ‘सामान्यतयास् पूर्व–पश्चिम नै हाम्रो पुरानो परम्परा हो,’ प्रा।डा। भट्टराई भन्छन्, ‘दशैंको टीका थाप्ने व्यक्ति पूर्वपट्टि फर्किने र टीका लगाइदिने मान्यजन पश्चिमतिर फर्किनुपर्छ ।’ कोही–कोही दक्षिणतिर…
पुरा पढ्नुहाेस्
आज बडादशैं, टीकाको उत्तम साइत ११ः५३ बजे

आज बडादशैं, टीकाको उत्तम साइत ११ः५३ बजे

काठमाडौं । नेपालीहरुको महान चाड बडादशैंको आज मुख्य दिन, मान्यजनको हातबाट टीका र जमरा लगाएर मनाइँदै छ । टीका लगाउने उत्तम साइत बिहान ११ बजेर ५३ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । टीका लगाउने व्यक्ति पूर्व र लगाइदिने व्यक्ति पश्चिम फर्किनुपर्ने समितिले जनाएको छ । त्यसपछि घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट वैदिक विधिपूर्वक अभिषेक गरी विजयादशमीको टीका लगाइन्छ । आज गुरु पुरोहित, हजुरबुबा, हजुरआमा, बा, आमा, मान्यजन तथा ठूलाबडाको हातबाट नव दुर्गा भवानीको टीका, जमरा तथा प्रसाद थापी यश, ऐश्वर्य वृद्धि, काम गर्ने क्षमतामा वृद्धि एवं दीर्घायु प्राप्त होस् भनी आशीर्वाद लिइन्छ । आज नभ्याउनेले कोजाग्रत…
पुरा पढ्नुहाेस्
मौसम पूर्वानुमान : कहाँ-कहाँ वर्षाको सम्भावना ?

मौसम पूर्वानुमान : कहाँ-कहाँ वर्षाको सम्भावना ?

काठमाडौँ । सोमबार दसैँको फूलपाति । दसैँको बेला पनि मौसम सफा छैन । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायूको प्रभाव कमजोर रही स्थानीय वायूको समेत प्रभाव रहेको छ। महाशाखाले सोमबार बिहान जारी गरेको आगामी २४ घण्टाको मौसमसम्बन्धी बुलेटिनका अनुसार आज दिउँसो सबै प्रदेशका पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ । यसैगरी कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ। यस्तै तराई भू-भागका एक-दुई स्थानमा पनि मध्यम वर्षाको सम्भावना रहेको छ । यसैगरी कोशी प्रदेश,…
पुरा पढ्नुहाेस्
नवरात्रको सातौँ दिन: आज कालरात्रि देवीको पूजा गरिँदै

नवरात्रको सातौँ दिन: आज कालरात्रि देवीको पूजा गरिँदै

काठमडौं । आज फूलपाती पर्व मनाइँदै छ, जसमा माता कालरात्रिको पूजा गरिन्छ। कालरात्रिको आराधनाले साहस, धैर्य र आत्मविश्वास प्रदान गर्ने धार्मिक विश्वास छ। गोरखा दरबारबाट काठमाडौँमा फूलपाती ल्याउने ऐतिहासिक परम्परा आजकै दिनसँग सम्बन्धित छ। बडादसैँको अवसरमा आज सप्तमी अर्थात् फूलपाती पर्व मनाइँदै छ। यस दिन शक्तिस्वरूपा भगवतीको सातौँ रूप माता कालरात्रिको पूजा आराधना गर्ने परम्परा रहेको छ। कालो वर्ण, गधा वाहन, तीन आँखा र चार हात भएकी कालरात्रि देवीले क्रमशः तरबार, मसाल, वरमुद्रा र अभयमुद्रा धारण गरेकी छिन्। उनको स्वरूप डरलाग्दो भए पनि भक्तजनलाई शुभ फल दिने भएकाले उनलाई ‘शङ्करी’ नामले पनि चिनिन्छ। मान्यता अनुसार, देवी कालरात्रिको स्मरण गर्दा दानव,…
पुरा पढ्नुहाेस्
नवरात्रको छैटौँ दिन: देवी कात्यायनीको पूजा आराधना

नवरात्रको छैटौँ दिन: देवी कात्यायनीको पूजा आराधना

काठमाडौँ । बडादसैँ अन्तर्गत नवरात्रको छैटौँ दिन आज देवी कात्यायनीको पूजा आराधना गरी मनाइँदै छ। अष्टमातृका भगवतीको छैटौँ शक्तिका रूपमा कात्यायनीको पूजा गर्ने परम्परा रहँदै आएको छ। धार्मिक विश्वासअनुसार आजको दिनमा कात्यायनी देवीको पूजा गरे रोग, शोक, भय, दुःख र दरिद्रता नाश भई प्रगतिको मार्गमा अगाडि बढ्न सकिन्छ। शास्त्रीय मान्यताअनुसार महर्षि कात्यायनको तपस्याबाट प्रसन्न भई भगवती उनकी पुत्रीका रूपमा जन्मिएपछि उनी कात्यायनी नामले परिचित भएकी हुन्। पुराण अनुसार, त्रिलोकमा आतङ्क मच्चाएका महिषासुरको वधका लागि ब्रह्मा, विष्णु र महेश्वरको तेजबाट उत्पन्न भएकी देवी कात्यायनीले आश्विन शुक्ल सप्तमीदेखि नवमीसम्म पूजा ग्रहण गरेर दशमीका दिन महिषासुरको संहार गरेकी थिइन्। त्यसपछि उनी धर्म र…
पुरा पढ्नुहाेस्
आज यी दुई प्रदेशमा भारी वर्षाको सम्भावना

आज यी दुई प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर रही स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशको पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ। कोशी र बागमती प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको भइरहेको छ। आज दिउँसो देशको पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी र तराई भूभागका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश र बागमती प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।…
पुरा पढ्नुहाेस्
सुदूरपश्चिम प्रदेश सरकारले छोटा आयोजना र भत्ता कटौती गर्दै

सुदूरपश्चिम प्रदेश सरकारले छोटा आयोजना र भत्ता कटौती गर्दै

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि खर्च कटौती गर्ने निर्णय लिएको छ। शुक्रबार मुख्यमन्त्री निवासमा बसेको मन्त्रिपरिषद्को बैठकले आगामी दिनमा हुने खर्चलाई नियन्त्रण गर्ने उद्देश्यसहित विभिन्न नीतिगत निर्णय गरेको हो। बैठकले १० लाख भन्दा कम विनियोजन भएका आयोजना कार्यान्वयन नगर्ने समेत निर्णय गरेको छ। यससँगै, उपभोक्ता समितिमार्फत कुनै पनि आयोजना सञ्चालन नगर्ने पनि स्पष्ट गरेको छ। त्यस्तै, एउटै क्रियाकलाप नम्बरमा समावेश भएका दुई वा दुई भन्दा बढी आयोजना तथा कार्यक्रम (खानेपानी र सिँचाइबाहेक) कार्यान्वयन नगर्ने निर्णय भएको छ। खर्च कटौतीका लागि छपाइ तथा प्रकाशनतर्फ विनियोजन रकममा ७० प्रतिशत, र बैठक भत्ता, भ्रमण भत्ता, अनुगमन तथा मूल्याङ्कन खर्च,…
पुरा पढ्नुहाेस्
दसैँका लागि मुस्ताङबाट ३५ करोडभन्दा बढी मूल्यका भेडाच्याङ्ग्रा निकासी

दसैँका लागि मुस्ताङबाट ३५ करोडभन्दा बढी मूल्यका भेडाच्याङ्ग्रा निकासी

मुस्ताङ। मुस्ताङबाट यसवर्ष करिब रु ३५ करोडभन्दा बढी मूल्यका भेडाच्याङ्ग्रा निकासी गरिएको छ । यहाँको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका अनुसार दसैँका लागि मुस्ताङसहित कर्णाली प्रदेशको डोल्पा, मुगु र जुम्लाबाट मुस्ताङको घाँसा हुँदै बेनी—जोमसोम कोरला सडकमार्गबाट १४ हजार ६६८ भेडाच्याङ्ग्रा निकासी गरिएको हो । केन्द्रका पशु चिकित्सक डा लालमणि अर्यालका अनुसार यहाँबाट निकासी भएका भेडाच्याङ्ग्रा र रमा ९च्यालु०को औसत अनुमान गर्दा रु ३५ करोड बढीको च्याङ्ग्रा निकासी भएको हो । यसवर्ष निकासी भएका भेडाच्याङ्ग्रामध्ये सात हजार ६६८ वटा स्थानीय र छ हजार ८६८ वटा भेडाच्याङ्ग्रा डोल्पा, मुगु र जुम्लाका रहेका उनले बताए। यसमा मुस्ताङको हिस्सा अनुमानित रु २० करोड…
पुरा पढ्नुहाेस्
नवरात्रको पाँचौ दिन स्कन्दमातालाई पुजिँदै, यस्तो छ पूजा विधि

नवरात्रको पाँचौ दिन स्कन्दमातालाई पुजिँदै, यस्तो छ पूजा विधि

काठमाडौं । आज बडादशैंको नवरात्रको पाँचौ दिन, हिन्दूधर्मालम्बीहरूले देवी स्कन्दमाताको पूजा–आराधना गर्दै छन् ।   भगवान स्कन्दकुमार कार्तिकेयको बालस्वरुपलाई सदैव काखमा राखी ममतामयी स्नेह प्रदान गर्ने हुनाले नवरात्रको पाँचौ दिन यिनलाई स्कन्दमाताको नामबाट पुकार्ने गरिन्छ ।   त्यस्तै ज्ञानशक्ति र कर्मशक्तिको देवी स्वरुपलाई स्कन्दमाता नामले चिन्ने गरिएको हो । सूर्य मण्डलकी अधिष्ठात्री देवी हुनाले यिनको वर्ण पनि सूर्यकै जस्तै देदिप्यमान हुने बताइन्छ ।   चार हातमध्ये दायाँतर्फको माथिल्लो हातले स्कन्दकुमार कार्तिकेयलाई काखमा च्याप्दै बायाँतर्फको तल्लो हातमा कमलको फूल र माथिल्लो हातले बरमुद्रा धारण गर्ने यिनी पद्मासनसहित सिंहमा सवार रहने वर्णन छ ।   दुर्गा पक्षसमेत भनिने दशैंको पहिलो दिन शैलपुत्री,…
पुरा पढ्नुहाेस्