कैलाली उद्योग वाणिज्य संघको अध्यक्षमा पुष्करराज ओझा विजयी
कैलाली । आइतबार आज सम्पन्न कैलाली उद्योग वाणिज्य संघको निर्वाचनमा अध्यक्ष पदमा पुष्करराज ओझा विजयी भएका छन्। रुपेश स्वाँरलाई ६१ मतले पराजित गर्दै ओझा अध्यक्षमा निर्वाचित भएका हुन्। ओझा नेतृत्वको प्यानलबाट तीन उपाध्यक्ष र एक महासचिव विजयी भएका छन्। यस्तै स्वाँर नेतृत्वको प्यानलबाट दुई उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा विजयी भएका छन्। यस्तै वरिष्ठ उपाध्यक्षमा स्वाँर प्यानलका केशवराज जोशी विजयी भएका छन्। उनी ओझा प्यानलका ओम बिष्टलाई पराजित गर्दै विजयी भएका हुन्। यस्तै उद्योग उपाध्यक्षमा स्वाँर प्यानलकै लक्ष्मणराज पन्त, एसोसियट उपाध्यक्षमा ओझा प्यानलका मनोज अग्रवाल, वाणिज्य उपाध्यक्षमा पनि ओझा प्यानलकै गगनराज केसी र वस्तुगत उपाध्यक्षमा ओझा प्यानलकै भीमराज ओझा…


















