जेनजी युवाको प्रदर्शनका क्रममा भागेकामध्ये ५ हजार ६९७ कैदी अझै फरार
२१ असोज, काठमाडौं । जेनजी युवाको प्रदर्शनका क्रममा देशका विभिन्न कारागार र सुधारगृहबाट भागेकामध्ये झण्डै ५ हजार ६९७ कैदी अझै फरार रहेको कारागार व्यवस्थापन विभागले जनाएको छ । मुलुकभर जेनजी प्रदर्शन चर्केपछि विभिन्न २८ वटा कारागारबाट १३ हजार ५८९ कैदी र ९ वटा बालसुधारगृहबाट ९६४ बालबन्दी गरी १४ हजार ५५३ बन्दी भागेका थिए । त्यसमध्ये आठ हजार ५१० कैदी र ३४१ बालबन्दी गरी कूल आठ हजार ८५१ बन्दी कारागार फर्केका छन् । कारागार व्यवस्थापन विभागका निर्देशक चोमेन्द्र न्यौपानेका अनुसार पाँच हजार ७९ कैदी र ६१८ बालबन्दी गरी कूल ५ हजार ६९७ बन्दी अझै फरार छन् । गृह मन्त्रालयले यही असोज…
















