समाचार

आजका लागि विदेशी मुद्राको विनिमय दर

आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले मंगलबार (आज) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ३९ पैसा र बिक्रीदर १४० रुपैयाँ ९९ पैसा निर्धारण गरिएको छ । अस्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ११ पैसा र बिक्रीदर ९१ रुपैयाँ ५० पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ पाँच पैसा र बिक्रीदर १०० रुपैयाँ ४७ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ ६० पैसा र बिक्रीदर १६४ रुपैयाँ ३० पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८८ रुपैयाँ २७ पैसा र बिक्रीदर १८९ रुपैयाँ सात पैसा कायम…
पुरा पढ्नुहाेस्
कस्ताे रहला आजको मौसम पूर्वानुमान?

कस्ताे रहला आजको मौसम पूर्वानुमान?

काठमाडौँ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउसो सबै प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया सफा रहने छ । कोशी प्रदेश र कर्णाली प्रदेशहरूका पहाडी भूभागका एक–दुई स्थानमा फाटफुट वर्षाको सम्भावना रहेको छ। आज राति देशभर मौसम मुख्यतया सफा रहने छ । बुधवार भने सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रहने छ । कर्णाली र सुदूरपश्चिम प्रदेश थोरै स्थानहरूमा तथा गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना  रहेको छ ।
पुरा पढ्नुहाेस्
आज तिहारको तेस्रो दिन : नरक चतुर्दशी, कुकुर तिहार

आज तिहारको तेस्रो दिन : नरक चतुर्दशी, कुकुर तिहार

३ कात्तिक, काठमाडौं । तिहारको तेस्रो दिन आज घरघरमा कुकुरलाई पूजा गरी मीठा खानेकुरा दिइ कुकुर तिहार मनाइँदैछ । कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भएपनि यस वर्ष तिथिको घटबढका कारण तेस्रो दिन पर्न गएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । समितिका सदस्य एवं वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका अध्यक्ष प्रा डा देवमणि भट्टराई नरक चतुर्दशी र कुकुर तिहार सूर्योदय कालमा चतुर्दशी भएको दिन मनाउनुपर्ने बताउँछन् । कात्तिक  कृष्ण चतुर्दशीका दिन कुकुरलाई मीठा परिकार खान दिए यमराजको ढोकामा द्वारपालका रूपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छोडिदिने धार्मिक विश्वासका आधारमा कुकुर तिहार मनाउने…
पुरा पढ्नुहाेस्
कैलालीमा मलामी बोकेको ट्याक्टर दुर्घटना: ३ जनाको मृत्यु, १२ घाइते 

कैलालीमा मलामी बोकेको ट्याक्टर दुर्घटना: ३ जनाको मृत्यु, १२ घाइते 

बौनिया । कैलालीको बर्दगोरीया गाँउपालिका बाट मलामी बोकेर चिसापानी जाँदै गरेको ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। अन्य १२ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहका अनुसार दुर्घटनामा परी मृत्यु हुनेमा बर्दगोरिया गाउँपालिका– ४ का ६४ वर्षीय दानबहादुर साउद, ३६ वर्षीय हर्कबहादुर साउँद र १४ वर्षीय सितल साउँद रहेका छन् । डीएसपी सिंहका अनुसार पूर्वपश्चिम राजमार्गको लम्कीचुहा नगरपालिकास्थित धोबेनी खोलामा सुपप्र ०१–००२ त ४९९१ नम्बरको ट्याक्टर दुर्घटना भएको हो। यस्तै सोही ट्याक्टर दुर्घटनामा परी अन्य १२ जना घाइते भएका छन् । घाइतेको लम्की चुहा स्थीत लालरन्त अस्पतालमा उपचार भइरहेको छ। यस्तै…
पुरा पढ्नुहाेस्
कात्तिक ६ गते बिहान ११ः३९ बजे भाइटीकाको शुभ साइत

कात्तिक ६ गते बिहान ११ः३९ बजे भाइटीकाको शुभ साइत

  ३१ असोज । अन्तरराष्ट्रिय पञ्चाङ्ग निर्णयक समितिले २०८२ साल तिहार (शुभ दीपावली) का लागि विभिन्न देशहरूमा भाइटीकाको शुभ साइत सार्वजनिक गरेको छ ।   समितिका सभापति प्रा डा माधव भट्टराई र सदस्यसचिव आचार्य लक्ष्मण पन्थीद्वारा जारी विज्ञप्तिअनुसार काठमाडौँमा भाइटीकाको शुभ साइत कात्तिक ६ गते बिहान ११ः३९ बजे रहेको जनाइएको छ ।   भारत, अमेरिका, युरोप, अष्ट्रेलिया, जापान, कोरिया, मलेसिया, युएई, कतारलगायत देशमा स्थानीय समयअनुसार ११ः०० देखि १२ः०० बजेसम्म टीका लगाउने शुभ समय निर्धारण गरिएको सभापति भट्टराईले जानकारी दिनुभयो । समितिले उक्त साइतलाई सबैभन्दा उपयुक्त समय मानेर सो समयमा टीका लगाउन सिफारिस गर्दै आफ्नो स्थानअनुसार अनुकूल समयमा पनि टीका लगाउन…
पुरा पढ्नुहाेस्
जिल्ला प्रशासन कार्यालय कैलालीः एक महिनापछि सेवा पूर्ण रूपमा सञ्चालनमा

जिल्ला प्रशासन कार्यालय कैलालीः एक महिनापछि सेवा पूर्ण रूपमा सञ्चालनमा

कैलाली । जेन–जी पुस्ताको भदौ २३ र २४ गतेको आन्दोलन पछि अवरुद्ध भएको जिल्ला प्रशासन कार्यालय, कैलालीको सेवा पूर्ण रुपमा सञ्चालनमा आएको छ।   गत भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा तोडफोड तथा आगजनी गरिएको थियो । तोडफोड तथा आगजनी पछि जिल्ला प्रशासन द्धारा दिइने सेवाहरु एक महिनापछि मात्र पूर्ण रूपमा सञ्चालनमा आएको हो।   जिल्ला प्रशासन कार्यालय, कैलालीका सूचना अधिकारी शिवराज जोशीले नागरिकता, राष्ट्रिय परिचय पत्र, राहदानी, मुद्दा दर्ता तथा फैसला कार्यान्वयन लगायतका सेवाहरू पूर्ण रूपमा सञ्चालनमा आएका बताए। उनले भने, ‘राहदानीको सेवा पनि सुचारु भएको छ। राष्ट्रिय परिचय पत्र र नागरिकताको सेवा पहिलैबाट सुरु गरेका थियौ। निर्वाचन…
पुरा पढ्नुहाेस्
कस्तो रहला आजको मौसम पूर्वानुमान?

कस्तो रहला आजको मौसम पूर्वानुमान?

काठमाडौँ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो कोशी प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया सफा रहने छ । कोशी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । आज राति देशभर मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।
पुरा पढ्नुहाेस्
देशभरको मौसम आज सामान्यतः सफा रहने

देशभरको मौसम आज सामान्यतः सफा रहने

काठमाडौं । देशभरको मौसम आज सामान्यतः सफा रहने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो सबै प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहनेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोसी प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ । विभागका अनुसार राति देशभर मौसम मुख्यतया सफा रहनेछ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको विभागले बताएको छ ।
पुरा पढ्नुहाेस्
आज कुन विदेशी मुद्राको भाउ कति ?

आज कुन विदेशी मुद्राको भाउ कति ?

२७ असोज, काठमाडौं । आज सोमबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको मूल्य स्थिर छ । सोमबारका लागि अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ६० पैसा र बिक्रीदर १४२ रुपैयाँ २० पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६४ रुपैयाँ ५४ पैसा र बिक्रीदर १६५ रुपैयाँ २४ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १८९ रुपैयाँ १७ पैसा र बिक्रीदर १८९ रुपैयाँ ९७ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७७ रुपैयाँ १९ पैसा र बिक्रीदर १७७ रुपैयाँ ९४ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ…
पुरा पढ्नुहाेस्
कैलाली उद्योग वाणिज्य संघको अध्यक्षमा पुष्करराज ओझा विजयी

कैलाली उद्योग वाणिज्य संघको अध्यक्षमा पुष्करराज ओझा विजयी

कैलाली । आइतबार आज सम्पन्न कैलाली उद्योग वाणिज्य संघको निर्वाचनमा अध्यक्ष पदमा पुष्करराज ओझा विजयी भएका छन्।   रुपेश स्वाँरलाई ६१ मतले पराजित गर्दै ओझा अध्यक्षमा निर्वाचित भएका हुन्। ओझा नेतृत्वको प्यानलबाट तीन उपाध्यक्ष र एक महासचिव विजयी भएका छन्। यस्तै स्वाँर नेतृत्वको प्यानलबाट दुई उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा विजयी भएका छन्।   यस्तै वरिष्ठ उपाध्यक्षमा स्वाँर प्यानलका केशवराज जोशी विजयी भएका छन्। उनी ओझा प्यानलका ओम बिष्टलाई पराजित गर्दै विजयी भएका हुन्। यस्तै उद्योग उपाध्यक्षमा स्वाँर प्यानलकै लक्ष्मणराज पन्त, एसोसियट उपाध्यक्षमा ओझा प्यानलका मनोज अग्रवाल, वाणिज्य उपाध्यक्षमा पनि ओझा प्यानलकै गगनराज केसी र वस्तुगत उपाध्यक्षमा ओझा प्यानलकै भीमराज ओझा…
पुरा पढ्नुहाेस्