आजबाट श्रीस्वस्थानी व्रत कथा आरम्भ, यस्तो छ व्रत सुरु गर्ने विधि
काठमाडौँ। हिन्दु धार्मिक मान्यताअनुसार पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म श्रद्धालु नारीहरूले एक महिना लामो श्रीस्वस्थानी व्रत बस्ने परम्परा रहेको छ । तिथिका आधारमा मनाइने भएकाले यो पर्व प्रत्येक वर्ष फरक–फरक मितिमा पर्छ । यस वर्ष आजबाट आरम्भ भएको श्रीस्वस्थानी व्रत माघ १८ गते पूर्णिमाका दिन समापन हुनेछ । यस अवधिमा व्रत बस्दा वा कथा श्रवण गर्दा सत्य मार्गमा अग्रसर हुने प्रेरणा मिल्ने, धर्मपालन र भक्ति मार्गमा मन केन्द्रित हुने विश्वास गरिन्छ । पौराणिक मान्यताअनुसार श्रीस्वस्थानी व्रतको सुरुवात सत्ययुगमा भएको मानिन्छ । हिमालय पर्वतकी पुत्री पार्वतीले भगवान् शिवलाई पति रूपमा प्राप्त गर्न कठोर तपस्या र श्रीस्वस्थानी माताको व्रत गरेकी…


















